Thursday 16 Ashwin, 2071 |
Menu

समाज

softworica

ब्राउनसुगरसहित दुई जना पक्राउ

(0 votes)
नेपालगन्ज- वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागु औषधको कारोबार गर्ने दुई जनालाई आज यहाँ पक्राउ गरेको छ। प्रहरी टोलीले नेपालगन्ज नगरपालिका—१४ का राबिया खाँ र अब्बासअली खाँलाई चार ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो।

यसैबीच भारतीय नागरिक आशाराम गडरियालाई नेपालको नागरिकता बनाउनका लागि सिफारिस गर्ने बाँके जिल्ला बनकट्टी गाविस—६ का बृजमोहन गडरियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

हिँडिरहेकी महिलाको घाँटीबाटै सुन लुटियो

काठमाडौं- बानेश्वर हाइटमा हिँडिरहेकी एक महिलाको सुन लुटिएको छ। बानेश्वर हाइट पिपलबोट मार्गमा हिँडिरहेकी ५५ वर्षीया स्थानीय उर्मिला बस्नेतले लगाएको साढे ३ तोलाको सुनको सिक्री मोटरसाइकलमा आएका दुई जनाले लुटेर...

दसैंको भैसी किनेर घर फर्कँदै गर्दा मृत्यु

जुम्ला-सदरमुकाम खलंगादेखि दसैंमा खाने भैंसी लिएर घर फर्केका एक जनाको बसको ठक्करबाट ज्यान गएको छ। जुम्ला लाम्रा गाविसको धौलापानी नजिकै भैसीं लिएर हिँडिरहेको अवस्थामा ना४ख ९२०६ नम्वरको बसले ठक्कर दिँदा...

सप्तरीमा गोली प्रहार, एक जना घाइते

विराटनगर- सप्तरी जिल्लाको कल्याणपुर-४ मा अपरिचित समूहले एक युवकमाथि गोली प्रहार गरी घाइते बनाएको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार कल्याणपुर–४ बस्ने ३० वर्षीय मोहमद सम्सुल मियाँलाई अपरिचित समूहले...

लागूऔषधसहित भारतीय पूर्व सेना पक्राउ

सर्लाही- भारतीय पूर्व सेनालाई ६ सय ९५ थान लागूऔषधसहित सर्लाही सदरमुकाम मलंगवाबाट नेपाल प्रहरीले पक्राउ गरेको छ।

नुवाकोट विजय उत्सव

त्रिशूली(नुवाकोट)- पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणको थालनी गरेको दिन विसं १८०१ असोज १५ का दिनलाई नेपाल एकीकरणको थालनी मानी आज नुवाकोट दरबार परिसरमा पहिलो पटक नुवाकोट विजय उत्सव कार्यक्रम आयोजना गरियो।

तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता निकासा

फलेवास (पर्वत)- जिल्ला विकास समिति पर्वतले रु तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ। जिविसले रु तीन करोड १८ लाख सामाजिक सुरक्षा भत्ता निकासा गरेको हो। रकम ढिलो...

आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौं- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीहरुले बडादसैंका रुपमा दुर्गा भवानीको पूजा आजा गरी भब्यताका साथ मनाउँदैछन्। बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको बिशेष पूजा...

टुँडिखेलमा फूलपाती बढाइँ (फोटो फिचर)

टुँडिखेलमा फूलपाती बढाइँ (फोटो फिचर)

काठमाडौं- राष्ट्रपति रामवरण यादव नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष फूलपाती बढाइँ समारोहमा सरिक भएका छन्। सो अवसरमा नेपाली सेनाका जवानले राइफल र तोपको बढाइँ गरेका थिए। छिटो लहरे...