Sunday 9 Kartik, 2071 |
Menu

समाज

भत्केको डाइभर्सन बनाउन केही समय लाग्ने

(0 votes)
काठमाडौं - नवलपरासीमा गएराति र आज बिहान परेको अविरल वर्षापछि आएको बाढीले महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको लोकाहा खोलामा बनाइएको डाइभर्सन बनाउन अझै आधा घण्टा लाग्ने भएको छ।
१ वर्षअघि लोकाहा पुल भाँच्चिएपछि विकल्पको रुपमा २ वटा डाइभर्सन बनाइएको थियो। डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर नरेन्द्र भट्टका अनुसार एउटा डाइभर्सन बनाउन आधा घण्टा र अर्को बनाउन २ घण्टा लाग्छ । 'हामीले २ वटा डाइभर्सन बनाउँदै छौं,' उनले भने, 'एउटा बन्ने वित्तिकै सवारीसाधन सुचारु हुन्छ।'
बाटो अवरुद्ध भएपछि महेन्द्रराजमार्ग भएर गुड्ने लामो तथा छोटो दूरीका सवारीसाधनमा यात्रारत यात्रुहरु अलपत्र परेका छन् । नारायणगढको कावासोती खण्डमा सायौं सवारीका साधान रोकिएका छन् ।
यसैगरी इन्जिनियर भट्टका अनुसार भाँच्चिएको पुलको मर्मत कार्य तीब्र भइरहेको छ। आउँदो जेठ १५ गते भित्र पुल मर्मतकार्य सकेर पुल सुचारु गरिने छ। 'पुल मर्मत ८५ प्रतिशत पुरा भइसकेको छ। हामीले जेठ १५ गतेभित्र सबै काम सकेर गाडी चलाउने बनाउँछौं।'

बाघले आक्रमणबाट गम्भिर घाइते

चितवन-बाघले आक्रमण गर्दा चितवन मंगलपुर-५ का भीम बोटे गम्भीर घाइते भएका छन्। आइतबार बिहान साढे १० बजे तिर बोटेलाई ज्ञानेश्वर सामुदायिक वनभित्र पर्ने नारायणी नदी किनारमा बाघले आक्रमण गरेको हो।...

चट्याङ लागेर बालिकाको मृत्यु

सोलुखुम्बु-काँकुमा चट्याङ लागेर १३ वर्षीया बालिकाको ज्यान गएको छ। हिजो राति करिब ११ बजेतिर परेको चट्याङ लागेर काँकु–७ का १३ वर्षीया बालिका रमिला विश्वकर्माको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर...

कौडा खेल्ने १२ जना पक्राउ

भक्तपुर-तिहारको बेलामा कौडा खेल्दै गर्दा महानगरीय प्रहरी वृत्त थिमिको टोलीले १२ जनालाई पक्राउ गरेको छ।

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

दाङ– मोटरसाइकलको ठक्करबाट दाङमा शनिबार एक वृद्धको मृत्यु भएको छ।

सिङ्गो गाउँमै सामूहिक टीका

गजुरी- उत्तरी धादिङको लापा गाविसस्थित कपुरगाउँमा सबै मानिसले एकै ठाउँमा जम्मा भएर सामूहिक भाइटीका लगाएका छन्।

करेन्ट लागेर प्रहरीको मृत्यु

सप्तरी-कोसी अञ्चल प्रहरी कार्यालय धरानमा कार्यरत एक सहायक प्रहरी निरीक्षकको गएराति करेन्ट लागेर मृत्यु भएको छ।

नुवाकोट बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० को सनाखत

नुवाकोट— काठमाडौंबाट रसुवाको स्याफ्रुवेशी जाँदै गरेको बा २ ख २२६६ नम्बरको यात्रुबाहक बस बेलकोटको आरुबोटे भिरमा दुर्घटनाग्रस्त हुदाँ ३ विदेशी सहित १४ जनाको मृत्यु भएकोमा १० जनाको सनाखत भएको छ। जिल्ला...

बन्दीको मृत्युपछि सिजुवामा तनाव, हवाइफायर र अंश्रुग्यास प्रहार

बन्दीको मृत्युपछि सिजुवामा तनाव, हवाइफायर र अंश्रुग्यास प्रहार

विराटनगर– चाडपर्वको बेला 'समान्य मदिरा सेवन' गरेको आरोपमा पक्राउ गरिएका एक स्थानीयको प्रहरी हिरासतमै मृत्यु भएपछि मोरङको दक्षिणपूर्वी गाविस सिजुवा शनिवार बिहानैदेखि तनावग्रस्त बनेको छ । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन...