Wednesday 18 Bhadra, 2071 |
Menu

समाज

स्थानीयले बुझाए, वन कर्मचारीले मारेर खाए

(0 votes)
रौतहट - गाउँलेले उद्दार गरेर बुझाएको हरिण जिल्ला वन कार्यालयका कर्मचारीले मारेर खाएको स्थानीयले आरोप लगाएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले कुनै पनि वन्यजन्तुको ओसारपसार र शिकार गर्नेलाई पा“चदेखि १५ वर्ष कैद वा ५० हजारदेखि एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ। जिल्लामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अर्न्तगतका कार्यालय नहुँदा त्यस क्षेत्रका वन्यजन्तु संरक्षण गर्ने सबै जिम्मेवारी वन कार्यालयको हो।
शनिबार बिहानै नेपाल प्रहरीका पूर्वआइजिपी प्रदीप शमशेर जबराको बसबिट्टी जिंगडियाको निवासनजिकै देखापरेको ठूलो हरिण स्थानीयले समातेर जिल्ला वन कार्यालयलाई बुझाएका थिए। बिहान बुझाएको हरिणको मासु बेलुकी केही स्थानीयको घरमा आएपछि हरिण मारिएको रहस्य खुलेको स्थानीय रामलाल यादवले बताए।
गाउँमा हरिण आएको खबर फैलिनासाथ स्थानीयले लखेटेर समात्न खोज्दा भाग्ने क्रममा वडा नं. ३ का शेख मजहरको घरमा पसेको थियो। भाग्ने क्रममा हरिणको खुट्टा र टाउको साइकलमा फसेको थियो। स्थानीयले समातेर पूर्वआइजिपी जबराको निवासमा लगेपछि जबराकै सल्लाहमा हरिणबारे जिल्ला वन कार्यालय रौतहटलाई खबर गरिएको थियो। त्यसलगत्तै आएको वनको टोलीलाई स्थानीयले कागज बनाई हरिण हस्तान्तरण गरेका थिए। 
पूर्वआइजिवी जबराकै रोहबरमा वनका जमदार शेख वबैदुल्लाहलाई हस्तारण गरिए पनि साँझ जिंगडियाकै केही घरमा हरिणको मासु आएपछि आफूहरुले बुझाएको हरिण मारिएको खुलासा भएको स्थानीयको भनाइ छ।
जिल्ला वन कार्यालयले भने हरिण ल्याउँदाल्याउँदै बाटोमा नै मरेको जनाएको छ। जिल्ला वन कार्यालय रौतहटका प्रमुख नन्दलाल यादवले मरेको हरिणको दाहसंस्कार गरिएको र खुर, छाला तथा सिङलाई प्रमाणको रुपमा राखिएको यादवलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले बताए।
हरिण वन कार्यालयमा बुझाउन सहयोग गरेका पूर्व आइजिपी जवराले स्वस्थ अवस्थाको हरिण आफ्नै रोहबरमा कागज गराएर बुझाएको जानकारी दिए। 'त्यो कसरी मर्योथ, म आफैं आश्चर्यमा परेको छु,' उनले भने। 
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी ध्रुवराज राउतले जिंगडियाबासीले समातेर बनलाई बुझाएको हरिण आफूले मरेको अवस्थामा देखेको जानकारी दिए। 'घाँटीमा डोरीको दाग जस्तो देखिएकोले वनको मुचुल्कामा मैले सहिछाप गरिन। प्रहरीको रोहबरमा हरिणको दाह संस्कार पनि भएको छैन,' उनले भने। 
आफूहरुले बुझाएको हरिण आरक्षमा बुझाउनुको साटो मारेर खाने वनका कर्मचारीको विषयमा छानबिन गरी कार्यवाही हुनुपर्ने स्थानीयले माग गरेका छन्।
वन प्रमुख यादवले हरिण गाउँलेको लखेटाइबाट दौडदादौडदै थाकेपछि बेहोस भएकाले जंगलमा छोडन नमिलेको उल्लेख गर्दै भने, 'कार्यालयमा आफैं मरेपछि वन ऐनअनुसार दाहसंस्कार गर्यौं ।'
वीरगन्ज भन्सारमा आगो, करोडौंको क्षति (फोटो फिचर)

वीरगन्ज भन्सारमा आगो, करोडौंको क्षति (फोटो फिचर)

वीरगन्ज- भन्सार कार्यालय वीरगन्जको प्राङगणमा रहेको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाका टोलीले ६ वटा दमकलको मद्दतले साढे आठ घण्टापछि आगो नियन्त्रणमा...

तीन सय ७० धामीझाँक्रीलाई तालिम

भीमदत्तनगर— दार्चुलाका गर्भवती तथा सुत्केरी महिला तथा बालबालिकाका, युवा, वयस्कदेखि वृद्धवृद्धासम्म सामान्य बिरामी हुँदा धामीझाँक्रीको भर पर्ने गरेकोमा अहिले स्थानीय बासिन्दा धामीझाँक्रीकहाँ नगई स्वास्थ्य संस्थामा जान थालेका छन्।

दुई श्रीमती भएका ओली बालिका बलात्कार अभियोगमा पक्राउ

रुकुम–बलात्कार गरी एक बालिकालाई गर्भवती बनाएको आरोपमा गरायला–४ का ३६ वर्षीय भिमे ओली पक्राउ परेका छन्। घरनजिकैकी १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा ओलीलाई प्रहरीले पक्रेको हो।

दिनमै चार परिवार टुक्रिन्छन्

पोखरा-संयुक्त परिवार र दम्पतीको आजीवन सम्बन्धलाई नेपाली समाजको सौन्दर्य मान्ने हो भने कास्कीमा त्यसलाई अस्वीकार गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ। यहाँ दिनमै ४ परिवार टुक्रिने गरेको छ। यसमध्ये पनि दम्पतीबीचको...

राप्तीले टुटायो नौ गाउँको सम्पर्क

राप्तीले टुटायो नौ गाउँको सम्पर्क

पेनरिया (बाँके)-स्नातक तेस्रो वर्षमा अध्ययनरत फत्तेपुर–७ का राधेश्याम थारू नेपालगन्जस्थित कलेज नगएको २० दिन पुग्यो। बाढीले ठाउँ–ठाउँमा बाटो भत्काएपछि नेपालगन्जसँग गाउँको सम्पर्क टुटेको छ। राप्ती नदीछेउमा घर रहेका राधेश्याम सडक...

शिक्षाका लागि पसिना चुहाउँदै माझी

सिन्धुपाल्चोक- भोटसिपा–९ झोलुंगेस्थित माझी बालबालिका पढ्ने सूर्योदय प्राविका व्यवस्थापन समिति अध्यक्ष हुन्, बलबहादुर माझी। स्थानीय एक स्कुलका शिक्षक पनि। मंगलबार सार्वजनिक बिदा भएकाले उनी एकाबिहानै अभिभावक पछि लगाउँदै झ्याँडी खोलातिर...

‘निजी अस्पतालको प्रसूतिसेवा लापरबाहीपूर्ण'

दोलखा-जिल्लामा सञ्चालित निजी अस्पतालले सरकारी मापदण्ड नपुर्यायईकनै प्रसूतिसेवा सञ्चालन गर्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। शनिबार चरिकोटस्थित सामुदायिक अस्पतालमा सुत्केरी गराउने क्रममा एक महिलाको निधन भएपछि अनुसन्धान थालेको कार्यालयले...

रिहाना उपचारमा खर्च अभाव

रिहाना उपचारमा खर्च अभाव

काठमाडौं-रिहानाको छ महिनाअघि जलेको घाउ अहिले पनि पोलेको पोल्यै छ। त्यही समय उनको मन जलेको छ आफूलाई जलाउने पति फरिद ढपालीले अहिलेसम्म कारबाही नपाउँदा।