Wednesday 15 Ashwin, 2071 |
Menu

समाज

softworica

गाविसको खाता नेताको नाउँमा

(0 votes)
बारा - डुमरवाना गाविसको आन्तरिक आम्दानी सर्वदलीय समितिका प्रतिनिधिको व्यक्तिगत खातामा जम्मा भएको पाइएको छ। त्यस्तो आम्दानी दलहरुले समितिमार्फत विकासका नाउँमा जथाभावी खर्चंदै आएका छन्।
गाविसको रकम दलहरुले आलोपालो गरी आ–आफ्नो नामबाट खातामा राख्दै आएका छन्। आर्थिक वर्ष २०६७/०६८ मा गाविसको खातामा जम्मा गर्नुपर्ने ३० लाख रुपैयाँ समितिका सदस्यले मनोमानी खर्चेका छन्। साना किसान कृषि सहकारी संस्थामा माओवादीका तत्कालीन प्रतिनिधि केशवप्रसाद थपलिया र फोरम प्रतिनिधि कृष्णबाबु चौधरीको नाउँबाट बैंक खाता नं ३/२/२९७ मा सञ्चालन गरिएको छ।
थपलियाले सुरुमा समितिको खातामा ढुंगा, बालुवा र ठेक्काको १५ लाख, गाविसभित्रको सिसौका रुख ठेक्काका लागि ७ लाख र अन्य ३० लाख रुपैयाँ नगद जम्मा गरिएको र समितिको निर्णयअनुसार विकासमा खर्च भएको बताए। 
अहिले एकीकृत माओवादीका टेकप्रसाद अधिकारी, कांग्रेसका राजकुमार सेढाईं र एमालेका रुपलाल चौधरीको नाउँबाट बैंक खाता संयुक्त रुपमा सञ्चालन गरिएको छ।
२०६९ साउन १४ गते सर्वदलीय समितिका तिनै सदस्यको नाउँका पुनः सञ्चालन गरिएको खातामा १ लाख ९ हजार रकम मात्र छ। चौधरीले खाताको रकमबारे थाहा नभएको बताए। उनले १५ हजार रुपैयाँ निकालेर सदरमुकाम डेलिगेसन गएको र बाँकी खातामै हुनुपर्ने बताए। 
समितिको नाउँबाट अर्थिक वर्ष २०६९/०७० को गाविसभित्र पर्ने ढुंगा, बालुवा ठेक्का राजकुमार अर्यालले १५ लाख ६६ हजार रुपैयाँमा सकारेका थिए। 
गाविसमा गैरकानुनी रुपमा समितिको नाउँबाट ढुंगा, बालुवाको राजस्व उठिरहेको गुनासो आएपछि बारा प्रशासनले त्यसो गर्न रोक लगाएको थियो। प्रशासनले रोक लगाएपछि उक्त राजस्व अहिले डुमरवाना क्याम्पसको नाउँबाट उठिरहेको छ। 
डुमरवाना गाविस सचिव कमलप्रसाद भुर्तेलले दलहरुले समितिको नाउँबाट पहिलादेखि नै खाता सञ्चालन गरेको बताए। सचिवले समितिको नाउँमा रहने गाविसको आन्तरिक स्रोतको रकम जथाभावी खर्च भएको गुनासोसमेत गरे। 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन सचिव भगवतीप्रसाद काफ्लेको पालामा करोडौं रकम अनियमितता भएको भन्दै आयोगले देशभरका स्थानीय निकायका सर्वदलीय समिति खारेज गर्न निर्देशन दिएको थियो। लगत्तै स्थानिय विकास मन्त्रालयले २०६८ पुसदेखि खारेज गरेको थियो। 
तर, डुमरवानामा खारेज भएन। स्थानीय विकास अधिकारी बद्रिकृष्ण संखदेवले सर्वदलीय समितिको नाउँबाट गाविसले खर्च गर्नुपर्ने रकम खर्च गरेकोबारे अनुसन्धान गरी कारवाही गर्ने बताए।

हेलो सरकारको निर्देशन अवज्ञा, पाँच मन्त्रालयको सुनुवाइ शून्य

काठमाडौं- जनताको गुनासा सुन्नका लागि स्थापना गरिएको 'हेलो सरकार' कक्षले दिएको निर्देशन पछिल्ला दिनमा कार्यान्वयन हुन छाडेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना भएको कक्षमा आएका गुनासा सुनुवाइका लागि विभिन्न...

‘एग्रोब्रिज' राखेर ट्र्याक सञ्चालनमा

सिन्धुपाल्चोक– मुलुकमै पहिलोपटक ‘एग्रोब्रिज' राखेर नेपाली सेनाले खोलेको सडक ट्र्याक सञ्चालनमा आएको छ। सेनाले टोलीले डेढ महिनाभन्दा बढी समय लगाएर खोलेको ११ किमि लामो खाडीचौर–ड्याम–टेकानपुर–धुस्कुन ट्र्याक प्रधानसेनापति गौरवशमशेर जबराले सोमबार...

बाढीले बगाएका ३ बालबालिकाको सेनाद्धारा उद्धार

चितवन-पूर्वी चितवनको खैरहनीमा बाढीले बगाएका तीन बालबालिकाको नेपाली सेनाले सकुसल उद्धार गरेको छ। खैरहनी नगरपालिकामा पर्ने रसौली खोलामा पौडी खेल्दै गर्दा एक्कासी आएको बाढीले बगाएका यहाँका तीन बालकालिकालाई सेनाको विपद् व्यवस्थापन...

रौतहटमा बसको ठक्करबाट एक को मृत्यु

रौतहट-पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका-८ पौराइ जंगलमा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

चुरे संरक्षण गुरुयोजना तयारी

काठमाडौ-राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले 'चुरे–तराई मधेस संरक्षण गुरुयोजना' को पूर्वतयारी सुरु गरेको छ। समितिले सोमबार गोष्ठी गरेर गुरुयोजना बनाउने प्रक्रिया, समावेश गर्नुपर्ने मुख्य विषयवस्तु, ढा"चा, कार्यान्वयन निकाय र...

दशैँले बढ्यो राजधानीमा चहलपहल

काठमाडौं— दशैँको शुरुवातीसँगै राजधानीका मुख्य बजार क्षेत्र र व्यापारीक मलहरुमा उपभोक्ताको चहलपहल बढ्दै गैरहेको छ। दशैँको किनमेलका कारण राजधानीको मुख्य व्यापारीक क्षेत्र न्युरोड, असन क्षेत्रमा सबैभन्दा बढी भिडभाड बढेको छ।

चाबहिलबाट ६ जुवाडे पक्राउ

काठमाडौं–महानगरीय प्रहरी अपराध महशाखाले चावहिलको एक घरमा छापा मारेर जुवा खेलेको अरोपमा ६ जनालाई पक्राउ गरेको छ। महाशाखाले २ लाख रुपैंया र ३ लाखको चेकर जुवा खेल्न प्रयोग गरिएको २९...

हाँडीगाउँ र डाँफेमार्गमा ७ लाख बढी चोरी

काठमाडौँ–काठमाडौँ महानगरपालिका–३५ सहयोगी डाँफेमार्गको एक घरबाट ६ लाख बराबरका धनमाल चोरी भएको छ। नवराज गौतमको कोठाबाट ४ लाख ५० हजार रुपैयाँ, विभिन्न सुनका गहना तथा सोही घरमा डेरा गरी बस्ने...