Thursday 15 Shrawn, 2071 |
Menu

समाज

विदेशी पनि करोडौं सम्पत्तिको स्रोत खुलाउन नसक्दा सम्पत्ति मुद्दामा

(0 votes)
काठमाडौं - करोडौं सम्पत्तिको स्रोत खुलाउन नसक्दा दुई वर्षयता एक दर्जन विदेशीविरुद्ध विशेष अदालतमा सम्पत्ति मुद्दा पर्यों। अदालतले बिगो जफत, जरिवाना र कैद फैसला पनि सुनायो, तर अभियुक्त न सम्पर्कमा आए, न पुनरावेदन लिएर सर्वोच्च नै पुगे। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चार चिनियाँ र आठ भारतीयविरुद्ध सम्पत्ति मुद्दामा सजाय सुनाए पनि उनीहरूको पूरा ठेगाना नखुल्दा कार्यान्वयन अलपत्र छ।
विभिन्न समयमा मुद्दा चलाइएका उनीहरुबाट बरामद रकम र विभिन्न बैंकमा रहेका करोडौं सम्पत्ति भने अदालतले बिगोबापत जफत गरेको छ। 
सम्पत्ति मुद्दामा तानिएका विदेशी व्यापार र घुमघाम सिलसिलामा नेपाल आएकाहरू हुन्। केही नेपालीसँग सम्बन्धित भएर पनि कानुनी दायरामा आएका छन्।
विशेषले चार चिनियाँबाट करिब ८ करोड रुपैयाँ बिगोबापत असुल गरेको जनाएको छ। फैसला भएको वर्षदिन बित्दा पनि ठेगाना नखुलेपछि नेपाली र अंग्रेजी पत्रपत्रिकाबाट म्यादी सूचना जारी गरिएको विशेषका रजिस्ट्रार धीरबहादुर चन्दले बताए। 
चन्दका अनुसार दुई वर्ष अवधिमा सजाय सुनाइएका चिनियाँमा उलिङ साङ, सोनाम नोर्बु, लिउ सिउ लिन र अर्का एकजना छैन। उनका अनुसार सबै चिनियाँ अभियुक्तबारे अंग्रेजी पत्रिकामा म्यादी सूचना दिइएको छ।
उलिङले असीम क्षेत्रीका नाममा नेपाल–बंगलादेश बैंक भैंसेपाटीमा पठाएको १० लाख अमेरिकी डलरको स्रोत नखुल्दा अदालतले त्यसबाट ६ करोड ७४ लाख ५० हजार रुपैयाँ बिगो जफत गरेको छ। बिगोबमोजिमको जरिवाना र एक वर्ष कैद फैसला भएकोमा उलिङको अत्तोपत्तो छैन।
त्यस्तै, बौद्धमा सोनाम नोर्बुबाट बरामद भएको २२ लाख रुपैयाँको स्रोत नखुलेकोमा उक्त रकम जफत र सोहीबराबर जरिवाना र एक वर्ष कैद सुनाइएको छ। लिउविरुद्धको मुद्दामा गत मंंसिरमा २१ लाख २५ हजार जरिवाना र एक वर्ष कैद सजाय सुनाइएको थियो। लिउको एक लाख ५० हजार निजी आर्जनको मात्र स्रोत खुलेको थियो। उनले नेपालमा चढ्ने गरेको गाडीसमेत अवैध खुलेपछि जफत गरिएको अदालतका एक कर्मचारीले बताए। अर्काे नाम खुल्न नसकेका चिनियाँको खातामा रहेको ४९ लाख रुपैयाँ पनि जफत गरिएको छ।
यसैगरी, भारतीयहरु भने भ्रमणका क्रममा नेपाल आउँदा बोकेको रकम र यहाँका बैंकमा राखेको रकमको स्रोत नखुल्दा कानुनी दायरामा तानिएका हुन्। नेपाल आउने क्रममा सुनील जैसवाल र श्रवण साहबाट बरामद २८ लाख ४० हजार रुपैयाँको स्रोत उनीहरुले खुलाउन सकेनन्। अदालतले जैसवाललाई १९ लाख २० हजार जरिवाना, १ वर्ष कैद एवं साहलाई ९ लाख २० हजार जरिवाना र एक वर्ष कैद सजाय सुनाएको छ।
यसैगरी, जनकपुरमा चेकजाँचका क्रममा धर्मवीर पासवानबाट २० लाख ५० हजार रुपैयाँ बरामद भयो। त्यसको स्रोत खुलाउन सक्दा गत असारमा उनीबाट बिगो जफत गर्दै सोहीबराबर जरिवाना र कैद सजाय सुनाइएको थियो। यसैगरी, भारतीय उमेशकुमार शर्मा, मुकेशकुमार शर्मा र आदित्यकुमार शर्मालाई गत चैतमा बरामद जफत गर्दै कैद सजाय सुनाइयो। उनीहरुबाट १ करोड ६५ लाख बराबरको बिगो असुल गरिएको थियो।
यसैगरी, प्रदीपकुमार रस्तोगीले विभिन्न बैंकमा राखेको २ करोड १५ लाख ३२ हजार ४ सय ३७ रुपैयाँ स्रोत खुलाउन सकेनन्। उनीविरुद्ध दर्ता भएका दुइटा मुद्दामा गत वैशाखमा भएको फैसलामा बिगो जफत र तीन वर्षको कैद जरिवाना तोकिएको छ।
रजिस्ट्रार चन्दका अनुसार मुद्दामा हारेका विदेशी पुनरावेदनका लागि सर्वोच्च जान सक्छन्। ‘विशेषको फैसला सर्वोच्च अदालतले सदर गरेमात्र उनीहरुले कैद भुक्तान गर्नुपर्छ,'उनले भने।

अंश विवादमा झडप

रौतहट– फतुवा महेशपुर– ६ मा अशंबण्डाको विषयलाई लिएर दाजुभाइबीच झडप हुँदा ६ जना गम्भीर घाइते भएका छन्।

नुहाउन निस्केका वृद्धको शव भेटियो

कोहलपुर– दुई दिनदेखि वेपत्ता खासकुश्मा–२ का ८४ बर्षीय जगराम कुमालको शव बुधबार फेला परेको छ। राप्ती नदीमा नुहाउने भन्दै सोमबार घरबाट निस्केका कुमालको कचनापुर–२ स्थित नदीमा शव फेला परेको ईलाका...

पानी नपरेपछि भ्यागुताको बिहे

काँकडभिट्टा– साउन दोस्रो साता बित्दा पनि पानी नपरेपछि झापाका किसानले भ्यागुताको बिहे गराएका छन्। कन्काइ नगरपालिका–१ दुर्गापुरस्थित दुर्गा मन्दिरमा पानी पर्र्ने आशमा किसानले भव्यरूपमा भ्यागुताको बिहे गरेका हुन्।

आत्महत्याको कलंकले बाँच्नेलाई पीडा

इलाम— छोरीको रुप जति राम्रो थियो, पढाई उत्तिकै अव्बल। अनुशासन र अभिभावकप्रति आदर सद्भाव पनि उत्तिकै । 'पढेर केही गर्ने' हिम्मत बोकेकी छोरीको चाहना पूरा गर्न परिवारले कुनै कन्जुस्याईं गरेको...

खुलेआम नेपाल भित्रिँदै विषादीयुक्त भारतीय तरकारी

झापा– भारतबाट भित्रने विषादीयुक्त तरकारी राजधानीमा किनबेच गर्न प्रतिबन्ध लगाइए पनि नेपालको पूर्वी प्रवेश नाका काँकडभिट्टाबाट दैनिक ठूलो परिमाणका भारतीय तरकारी परीक्षण बेगरै भित्रिरहेका छन्। पूर्वका अधिकांश जिल्लाका बजारसम्म पुग्ने...

विष सेवनबाट महिलाको ज्यान गयो, एक सिकिस्त

खोटाङ– विष सेवनबाट खोटाङमा एक महिलाको ज्यान गएको छ। अर्की एक सिकिस्त छिन्। विष सेवनबाट धितुङ–४ की ५० वर्षीया दिलकुमारी विश्वकर्माको ज्यान गएको हो। विश्वकर्माले घरमा कोही नभएको मौकामा मंगलबार...

च्याउले लग्यो ४ जनाको ज्यान

दैलेख – गोठाला गएको बेला जंगलबाट ४० वर्षीया आमा चन्द्रा गाहाले टिपेर ल्याएको च्याउ साँझको तरकारी रुपमा खाँदा डाँडाँपराजुल –१ आरुखर्कका गाहा  परिवारै विरामी परे।

स्कुटर खोलामा खस्दा युवकको मृत्यु, युवती बेपत्ता

पाल्पा— स्कुटर सहित दुईजना दोभान खोलामा खसेर बेपत्ता भएका छन्। साथीहरुको एक टोली मोटरसाइकल तथा स्कुटरमा बुटवलबाट केराबारी आएर फर्कंदै गर्दा एक स्कुटर खोलामा खसेको हो। दुई साथी सहित स्कुटर...