Wednesday 20 Falgun, 2071 |
Menu

समाज

HUB

नक्कली छोटा राजन पक्राउ

(0 votes)
काठमाडौं – भारतीय अन्डरवर्ल्डका नाइके छोटा राजनको नाम लिएर बालुवाटारका व्यापारीलाई धम्क्याएको अभियोगमा एकजना पक्राउ परेका छन्। विदेशबाट फोन गरेर अनिल विश्वकर्मा गजमेरलाई अपहरण र हत्याको धम्की दिएको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले ठाकुरप्रकाश विश्वकर्मालाई पक्राउ गरेको हो।
विभिन्न विदेशी फोन नम्बरबाट अपहरण र हत्याको धम्की आउन थालेपछि अनिलले प्रहरीलाई जानकारी गराएको ब्युरोले जनाएको छ। ब्युरोबाट खटिएको अनुसन्धान टोलीले प्राविधिक सूचना विश्लेÈणका आधारमा दुई दिनअघि ठाकुरलाई बसुन्धराबाट पक्राउ गरेको थियो। 
प्रारम्भिक अनुसन्धानमा अभियुक्त ठाकुरले व्यावसायिक रिसइवीको कारण मलेसिया, अस्ट्रेलियालगायत देशमा रहेका साथीलाई फोन गर्न लगाएर छोटा राजनको नाममा धम्क्याएका थिए।
फोन गर्नेले आफूहरु राजन समूहको सदस्य भएको दाबी गर्दै मागअनुसार रकम नदिए अपहरण गरी हत्या गर्ने चेताएका थिए। ठाकुरले अनिललाई धम्क्याउन साथीलाई अनिलको व्यक्तिगत र व्यावसायिक पहिचान खुल्ने तस्बिर इमेलमा पठाएको खुलेको छ। 
प्रहरीका अनुसार घटनाको मुख्य योजानकार ठाकुर नै हुन्। उनलाई मलेसियाबाट विजय, अस्ट्रेलियाबाट रवि र मुन्ना नामका व्यक्तिले फोन गरेर धम्क्याउने गरेको खुलेको छ। ब्युरोले अपहरणको अभियोगमा अनुसन्धान अघि बढाउन आइतबार ठाकुरलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको जनाएको छ।

काँकडभिट्टा हेल्थ डेक्सबाट स्वाइनफ्लुका शङ्कास्पद चारजनाको नमुना पठाइयो

काँकडभिट्टा-स्वाइन फ्लु भित्रिन नदिन काँकडभिट्टामा स्थापना गरिएको हेल्थ डेक्सबाट शङ्कास्पद चारजनाको नमुना परीक्षणका लागि पठाइएको छ । हेल्थ डेक्सका एचए योगराज घिमिरेका अनुसार नमूना मंगलबार पठाइएकामा बैंगलोरबाट काँकडभिट्टा नाका हुँदै नेपाल...

११ वर्षीया भतिजी बलात्कार गर्ने काका प्रक्राउ

रसुवा–जिल्लाको दक्षिण पश्चिमी भेगको भोर्ले १ का ठाकुर देवकोटाले भतिजी नाता पर्ने ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। गत फाल्गुण १६ गते बालिका आफन्तकँहा गएर फर्कदै...

भू उपग्रह उपयोगको संयन्त्र नहुँदा कुहिरोको काग

काठमाडौं– कर्णाली नदी 'थुनिएको' खबरले मंगलबार सबै झस्किए। सुरुमा 'पहिरोले थुनियो' भन्ने खबर आयो, त्यसपछि 'हिमपात' लाई कारण बताइयो लगत्तै कर्णाली तल्लोतटीय क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँ सार्ने तम्तयारीमा लाग्यो, गृह...

१३ वर्षे किशोरी बलात्कृत

गोरखा— केराबारी गाविस ८ का ५६ वर्षे बिरबहादुर गुरुङलाई १३ वर्षे बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। १६ गते साँझ घर भन्दा केही पर लगेर उनले बालिकालाई ललाईफकाई...

तेलको भाउ ५ रुपैयाँसम्म घटे वा बढे नयाँ भाडादर तोकिने

काठमाडौं– पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेको सरकारले अब यात्रुबाहक र मालबाहक सवारी साधनको भाडामा पनि स्वचालित मूल्य लागु गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा भएको घटबढसँगै...

जापानले बनेपा–बर्दिबास सडक हस्तान्तरण गर्ने

काठमाडौं– जापानले सहयोग स्वरुप निर्माण गरिदिएको बनेपा–बर्दिबास सडक खण्ड आगामी मे महीनामा नेपाललाई हस्तान्तरण गर्ने भएको छ। नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले अर्थमन्त्री रामशरण महतलाई मङ्गलबार अर्थमन्त्रालयमा भेटी यस्तो...

रुस पठाउने प्रलोभनमा रकम ठगी गर्ने दुई पक्राउ

कपिलवस्तु—वैदेशिक रोजगारीका लागि रुस पठाइदिने प्रलोभनमा स्थानीय युवालाई ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले कपिलवस्तु नगरपालिका वडा नं १७ का ३२ वर्षीय इजाज अहमद र सोही स्थान...

एक करोड मुल्य पर्ने अवैध हिरासहित तीनजना पक्राउ

एक करोड मुल्य पर्ने अवैध हिरासहित तीनजना पक्राउ

चितवन-चितवन प्रहरीले अनुमानित एक करोड १० लाख रुपैयाँ मुल्य पर्ने हिरासहित तीनजनालाई पक्राउ गरेको छ। पर्यटक ओसार्न प्रयोग हुने हरियो रंगको नम्बर प्लेट भएको ग १ य ३३० नम्बरको कारमा...