14 Bhadra, 2071 |
Menu

समाज

विस्ताररित सडक पेटी मापदण्डभन्दा कम

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • नारायण न्यौपाने/रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - काठमाडौं उपत्यकामा विस्तारित कतिपय सडकका पेटी तोकिएको मापदण्डभन्दा कम चौडाइका पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा नेतृत्वको सरकारी टोलीले सोमबार निरीक्षण गर्दा सडक पेटी निर्माणमा स्थानीयबाट अझै अवरोध भइरहेको पनि भेट्यो।
२०३३ सालको मापदण्डअनुसार अहिले विस्तारित राजधानीका ११ मिटर चौडा सडकमा डेढदेखि दुई मिटर तथा आठ मिटर चौडामा एक मिटर सडकपेटी निर्माण गर्ने नीति बनाइएको छ। 
'सामान्यतया सडक पेटी दुई मिटरको बन्नुपर्ने हो, तर विस्तारित सडकको छेउमा बनाइएका पेटी ठाउँठाउँमा कम देखिन्छ' सचिव बाँस्कोटाले भने, 'फुटपाथ कायम गर्ने सम्बन्धमा काठमाडौं र ललितपुर दुवै जिल्लामा उस्तै समस्या देखिएको छ।' 
सडक विस्तार क्रममा छेउका संरचना भत्काउँदा निस्केको फोहर, टेलिफोन र केबुल चुँडिएका तार असरल्ल भेटिएको टोलीमा सहभागी अधिकारीले बताए। 
कतिपय विस्तारित सडक कालोपत्रे गरेको ठाउँमा समेत खाल्टाखुल्टी परिसकेको छ। एक वर्षभित्र खाल्टाखुल्टी परे वा बिग्रिए सम्बन्धित निर्माण व्यवसायीले बनाउनुपर्ने व्यवस्था सम्झौतामा छ।
विस्तारित सडकमा भइरहेको प्रगतिबारे मन्त्रिपरिषद अध्यक्ष, मुख्यसचिव तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले निकै चासो राखेर निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएको अनुगमनका क्रममा सचिव बाँस्कोटाले बताए। 
सरकारले राजधानीका सडक विस्तार गर्दा आउने बाधा र अप्ठेरो सुल्झाउन तथा निर्माणमा भइरहेको प्रगति अनुगमन गर्न सरकारी सचिवहरू सम्मिलित समिति गठन गरेको छ। समितिले प्रत्येक महिना कम्तीमा एकपटक सडक विस्तारमा भइरहेको आकस्मिक निरीक्षण गर्दै आएको छ। सडक विभागले हात हालेका सडक आगामी असार मसान्तसम्ममा ९० प्रतिशत पूरा गर्ने लक्ष्यसाथ काम भइरहेको बाँस्कोटाले बताए। 
उनका अनुसार हालसम्म १६ किलोमिटर सडकको कालोपत्रे सकिएको छ। ३६ किलोमिटर ग्राभेल भएको छ। विभागले हात हालेको मध्ये ८१ किलोमिटरमा आगामी असारभित्र निकै काम सकिने उनले बताए। 
त्यसैगरी, महानगरपालिकाले पनि केही सडक विस्तारमा काम गरिरहेको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले २०३ किमी सडक दायाँवायाँ चिह्न लगाएर विस्तार कार्य अघि बढाइरहेको छ। काठमाडौंमा सडक विस्तार गर्दा सम्भव भएसम्म साइकल लेन र अपांगमैत्री सडक बनाउने लक्ष्य सरकारको छ।
बाटो निर्माण गरिएको ठाउँमा टेलिफोन र विद्युत् तारमा पनि आधुनिकीकरण गर्ने सोच छ। त्यसका लागि निश्चित र उपयुक्त स्थानमा मात्र टेलिफोन क्याबिनेट र बिजुलीका ट्रान्सफर्मर राख्ने व्यवस्था मिलाइएको छ। राणाकालीन समयमा बिच्छ्याइएका र अत्यन्तै पुराना खानेपानीका पाइप हटाएर सडकको दुवै किनारमा आधुनिक पाइप राख्ने काम भइरहेको सचिव बाँस्कोटाले बताए। 
पहिलो चरणमा राजधानीको २०० किमी सडक विस्तार भइरहेको छ। दोस्रो चरणमा ४०० किमी सडक विस्तार गरिनेछ। सडक विस्तारमा ढिलाइ गर्नेको ठेक्का रद्द गर्ने तथा छिटो र गुणस्तरीय काम गर्नेलाई पुरस्कार दिने नीति अवलम्बन गरिएको छ। 
सोमबार सडक विस्तारसँग सम्बन्धित मन्त्रालयका सचिव, महानगरीय ट्राफिक प्रहरी कार्यालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, नेपाल टेलिकम, विद्युत् प्राधिकरणका प्रमुखसहितको टोलीले निरीक्षण गरेको थियो।
बाढीपहिरो पीडितको नाममा वन अतिक्रमण

बाढीपहिरो पीडितको नाममा वन अतिक्रमण

सुर्खेत- बाढी–पहिरोबाट विस्थापितका नाममा सुर्खेतमा वन अतिक्रमण सुरु भएको छ। विगतमा वनक्षेत्रबाट हटाइएका र घरजग्गा भएकाहरू पनि अतिक्रमणमा तल्लीन देखिएका छन्। यसले जिल्ला वन कार्यालय र अतिक्रमणकारीबीच द्वन्द्व बढाएको छ।

८३ जोडीको सम्बन्धविच्छेद

बागलुङ- आर्थिक वर्ष २०७०/०७१ मा बागलुङमा ८३ जोडीले सम्बन्धविच्छेद गरेका छन्। बागलुङ जिल्ला अदालतका स्रेस्तेदार मोहनबहादुर अधिकारीले ९४ महिला सम्बन्धविच्छेदका लागि आएकोमा ८३ जनाको सम्बन्धविच्छेद भएको जानकारी दिए। 'सुरुमा मिलापत्रको...

'५० प्रतिशत विद्यालय भवन असुरक्षित'

पोखरा- मुलुकका आधाजसो सरकारी तथा निजी विद्यालय भवन भूकम्पीय सुरक्षाका दृष्टिले निकै जोखिमपूर्ण मानिएका छन्। असुरक्षित भवनमा विद्यार्थीलाई पढाउँदा जुनसुकै बेला जोखिम निम्तिन सक्ने विज्ञ बताउँछन्। उनीहरूका अनुसार सबैभन्दा बढी...

विषादी छर्दा चार दिन बेहोस

चितवन- धानखेतमा गम्बारो रोगको विषादी छर्दै गर्दा बेहोस भएका एक किसानको चार दिनपछि होस खुलेको छ। उनको अहिले पनि चितवन मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको छ। विषादीको घातक असरले उनी...

सिँचाइ कर्मचारी आन्दोलित

सर्लाही- दैनिक ज्यालादारीका करार कर्मचारी हटाएको विरोधमा बागमती सिँचाइ आयोजना, कर्मैयाका कर्मचारी आन्दोलित भएका छन्। बुधबारदेखि धर्नामा उत्रिएका ज्यालादारी कर्मचारीले कार्यालयको दैनिक कामकारबाही ठप्प पार्दै आएका छन्।

भारतीय कलेजमा ५ सयलाई छात्रवृत्ति

काठमाडौं- थापाथलीस्थित युनिभर्सिटी भिलेजले भारतका विभिन्न कलेजमा उच्च शिक्षाका लागि ५ सय विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ। भिलेजद्वारा आयोजित तीनदिने अन्तर्राष्ट्रिय शैक्षिक मेलाको पहिलो दिन शुक्रबार प्रमुख कार्यकारी अधिकृत सोमनाथ...

चुरेमा पहिरो अध्ययन केन्द्र खोलिँदै

चुरेमा पहिरो अध्ययन केन्द्र खोलिँदै

काठमाडौं– सरकारले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिमा सुनितासिंह ठकुरी, विजयकुमार सिंह दनुवार, फुर्बा तामाङ र नागेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ। असार २ मा गठित समितिलाई शुक्रबार मन्त्रिपरिषद...

हिन्दु परम्पराबाट अमेरिकी नागरिकको दाहसंस्कार

कोहलपुर– भदौ ५ गते पूर्वपश्चिम राजमार्गको महादेवपुरी–७ स्थित परुवाखोलाको बाढीले बगाउँदा मृत्यु भएका अमेरिकी नागरिक ८२ वर्षीय जोसेव इडवाड हुलरको हिन्दूसंस्कार अनुसार शुक्रबार दाहसंस्कार गरिएको छ।