Wednesday 14 Shrawn, 2071 |
Menu

समाज

स्कुटरमा आएकी महिलाले ट्राफिकको युनिफर्म च्यातिदिइन्

(1 Vote)
काठमाडौड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गर्ने काठमाडौँ महानगरपालिका२५ मखनटोल बस्ने ३६ बर्षीया सम्झना बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान सवा ८ बजे बा.३४ प ३५५४ नम्वरको स्कुटीमा ३ जना बसी आएपछि पुतलीसडक चोकमा खटिएका ट्राफिक प्रहरीले स्कुटी रोकी कागजपत्र माग्दा उनले ट्राफिक प्रहरी जवान गोविन्द राना र विकास गिरीलाई गाली गलौज गर्नुको साथै युनिफर्म समेत च्याती दिएको प्रहरीले बताएको छ।

ट्राफिक प्रहरीले निजको स्कुटी नियन्त्रणमा लिने क्रममा ट्राफिक प्रहरी जवान विका गिरीलाई निजले हेलमेटले टाउकोमा प्रहार गर्दा हेल्मेट छेक्ने क्रममा निज बस्नेतको मुखमा सामान्य चोट लागेको थियो।

उक्त घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सिहदरबारको बा.१ झ ५७५ नम्वरको मोवाइल भेन उक्त स्थानमा पुग्दा निजका श्रीमान ६० बर्षीय बिष्णुमान श्रेष्ठ समेतका ४/५ जनाको समुहले सवारी आगमनमा अवरोध पुर्‍याई प्रहरी भेनको साँचो खोसेकोले बिष्णुमान श्रेष्ठ सहित ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिए सम्झाई बुझाई गरी छाडेको थियो।

प्रहरी थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

मेलम्ची सुरुङको मुहान क्षेत्रमा पाँच महिनादेखि निर्माण अवरुद्ध

हेलम्बु- लाङटाङ राष्ट्रिय निकुञ्ज र मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्ने ठेकेदार कम्पनीबीचको विवादले आयोजनाको सुरुङको मुहान क्षेत्रमा पाँच महिनादेखि निर्माण कार्य अवरुद्ध भएको छ।

बहुलाहा स्यालको टोकाईबाट पाँच घाइते, विद्यालय बन्द

खोटाङ– बहुलाहा स्यालको टोकाईबाट खोटाङमा पाँच जना घाइते भएका छन्। बहुलाएको स्यालको टोकाईबाट दोर्पाचिउरीडाँडा–५ का ७८ वर्षीय थरप्रसाद खनाल, २७ वर्षीया सुशीला खनाल, २१ वर्षीया रञ्जु खनाल, २७ वर्षीया सुनिता...

खोलाले बगाउँदा चेपाङको मृत्यु, नदीमा बगेकालाई सेनाले बचायो

चितवन - जिल्लाको पहाडी गाउँ पिप्ले गाविसको वडा नं. ९ धमिले बस्ने वर्ष ४५ को दिलबहादुर चेपाङ्गको खोलाले बगाउँदा ज्यान गएको छ। मंगलबार साँझ स्थानीय मार्तल खोला तर्ने क्रममा चेपाङ्गलाई...

पूरक परीक्षाको तयारी, पुनः योगको नतिजा चाँडै

काठमाडौं - एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण विद्यार्थीले परीक्षा दिन पाउने पूरक परीक्षाको तयारी पूरा भएको छ।

झैँझगडा गर्नेलाई रूखमा बाँधेर सजाय दिने निर्णय

पानीट्याङ्की (मोरङ)- गाउँमा बढ्दै गएको झैँझडामा रक्सी र लागुऔषध मुख्य कारण रहेको ठान्दै मोरङ राजघाट–८ चक्रेटोलवासीले लागुऔषध र रक्सी सेवन गरेर झगडा गर्नेलाई गाउँमा १२ घण्टा बाँधेर सजाय दिने  निर्णय...

सरकारी निर्णयमै वनक्षेत्र कब्जा

इटहरी -देशका विभिन्न स्थानमा अनेक बाहनामा चारकोसे जंगल क्षेत्रको जग्गा ओगट्ने क्रम बढिरहे पनि सुनसरीका तीन वटा गाविसमा भने सरकारी निर्णयकै आधारमा जग्गा हड्प्ने क्रम तीव्र भएको छ। सरकारी निर्णयले...

गाउँमा आत्महत्या, सहरमा सनसनी

इलाम-'इलाम झट्ट हेर्दा जति सुन्दर छ, यहाँका मानिसले गर्ने आत्महत्या उत्तिकै कुरुप,' एक अनुसन्धाताले लेखेका छन्,'खुसीका अनेक सम्भावनाबाट पन्छिँदै मृत्यु रोज्नु डरलाग्दो पाटो हो।'

माइक्रोमा बल्ल आरक्षण

काठमाडौं- मंगलबार सुन्धाराबाट शंखमुल जान लागेको माइक्रोबसमा सुनिल कार्की अघिल्ला दुई सिट छोडेर सिधै पछाडि बसे। अघिल्लो सिटमा बस्न मन नलागेर हैन, यी सिटदेखि सर्तक भएर।