Thursday 13 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

युवकले आफ्नै लिङ्ग काटे

(0 votes)

रत्ननगर — चितवनको भरतपुरमा एक युवाले आफ्नो लिङ्ग आफैंले काटेका छन्।  लमजुङ घर भइ भरतपुर १२ मा बस्दै आएका लेखमान गुरुङले लिङ्ग आफैंले काटेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। चक्कुको प्रयोग गरेर लिङ्ग छिनाएका उनलाई स्थानीयले उपचारका लागि भरतपुर अस्पताल पुर्‍याएका थिए।

nepali-patro-may
लिङ्ग पुरै छिनेको र एउटा अण्डकोष समेत निस्किएको अवस्थामा घाइते अस्पताल आइपुगेको भरतपुर अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार मानसिक तनावका कारण लिङ्ग काटेको प्रारम्भिक जानकारी आएको छ। तनावको कारण भने खुलिसकेको छ्रैन।  कहिलेकाही मानसिक अवस्था ठीक नहुने गरेकाले सोही क्रममा लिङ्ग काटेको हुनसक्ने श्रीमतीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ।

भरतपुर अस्पतालबाट रिफर गरिएका उनको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। हिजो भएको यो घटनापछि पिसाव फेर्ने भाग पुरै काटिएकाले शल्यक्रिया गरिएको छ।

प्रतिक्रिया

नेपाल प्रहरीद्वारा सर्वसाधारणका लागि बस संचालन

काठमाडौं-विभिन्न यातायात मजदुर संघ,संगठन तथा व्यवसायीले गरेको चक्काजामलाई मध्य नजर गर्दै नेपाल प्रहरीले बिहीबार सर्वसाधारणलाई सुविधा दिने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा दुई वटा बस संचालन गरेको छ।

कतै छुटे, कतै थपिए

गोरखा- लाभग्राही सूचीमा नाम छुटेपछि भूकम्पपीडितले धमाधम उजुरी गर्न थालेका छन्। यो सूचीमा नपरेससम्म सरकारले घर बनाउन अनुदान दिने दुई लाख रुपैयाँ पाउन सकिँदैन। सरकारले विद्युतीय माध्यमबाट पीडितको लगत संकलन...

कतै छुटे, कतै थपिए

गोरखा- लाभग्राही सूचीमा नाम छुटेपछि भूकम्पपीडितले धमाधम उजुरी गर्न थालेका छन्। यो सूचीमा नपरेससम्म सरकारले घर बनाउन अनुदान दिने दुई लाख रुपैयाँ पाउन सकिँदैन। सरकारले विद्युतीय माध्यमबाट पीडितको लगत संकलन...

घर भत्कँदा एक जनाको मृत्यु

बैतडी–बर्षापछि खहरे खोलामा आएको बाढीले घर भत्कँदा बैतडीमा एक जनाको मृत्यु भएको छ। कुलाँउ–४ डुङ्रीका करनसिंह साउदकी ३५ वर्षीया श्रीमती कलावतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

कक्षा ११ र १२ को परीक्षा सकियाे

भक्तपुर-गत जेठ २ गतेदेखि देशभर एकैसाथ सुरु भएको कक्षा ११ को परीक्षा सम्पन्न भएको छ। उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख ३१ गते कक्षा १२ को परीक्षा सम्पन्न गरेलगत्तै जेठ...

दमनविरुद्ध हिरासतमा भोक हडताल

काठमाडौं- देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारबाटै जनतामाथि दमन र अत्याचार भएको भन्दै काठमाडौं बबरमहलका २१ वर्षीय ईशान अधिकारीले प्रहरी हिरासतभित्रै भोक हडताल सुरु गरेका छन्।

खोला थुनिएपछि स्थानीय समस्यामा

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं ३२ घट्टेकुलो धोबीखोलाकी मनिका भण्डारी सुरु हुन लागेको बर्खाबाट निकै चिन्तित भएकी छन्। बर्खामा परेको पानी थुनिएको धोबीखोलाबाट घरमा पस्ने भएपछि भण्डारी चिन्तित भएकी हुन्। 'केही...

यातायात व्यवसायीद्वारा चक्काजाम, भाडाका सवारीसधान चलेका छैनन्

यातायात व्यवसायीद्वारा चक्काजाम, भाडाका सवारीसधान चलेका छैनन्

काठमाडौं- ट्राफिक नियम उल्लङ्घन गरेकोमा लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले काठमाडौँ उपत्यकामा आज बिहानैदेखि चक्काजाम गरेका छन्।