Sunday 17 Shrawn, 2072 |
Menu

समाज

ist-cc

सञ्चारिका पुरस्कार 'चेलीको चित्कार'लाई

  • बिहीबार २ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(1 Vote)
काठमाडौं- सञ्चारिका समूह नेपालले यस वर्षको 'सञ्चारिका समानता पुरस्कार' नेपाल साप्ताहिकका पत्रकार जनकराज सापकोटा र मनबहादुर बस्नेतलाई संयुक्तरुपमा प्रदान गर्ने भएको छ।
'चेलीको चित्कारनामक आलेखका लागि पुरस्कार प्रदान गरिएको हो। सो पुरस्कारको राशि रु १५ हजार रहेको छ। २०६९ वैशाख १ देखि चैत मसान्तसम्म लेखिएका आलेखमध्येबाट सो उत्कृष्टमा परेको हो। 

सो पुरस्कार छनोट गर्न पत्रकार मोहन निरौलानेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष यशोदा तिम्सिना र सञ्चारिका समूहकी उपाध्यक्ष सुचित्रा श्रेष्ठ रहेको समिति गठन गरिएको थियो।  

त्यसैगरी आज बसेको बैठकले 'स्व. उमासिंह पत्रकारिता पुरस्कारनागरिक दैनिकमा कार्यरत पत्रकार चाँदनी हमाललाई प्रदान गर्ने निर्णय गरेको छ। सो पुरस्कार मोफसलमा रही पत्रकारिता गर्ने महिला पत्रकारलाई दिने गरिन्छ। हमाल चितवनमा बसेर पत्रकारिता गर्नुहुन्छ। यसको राशि रु सात हजार १११ रहेको छ। 

'सञ्चारिका प्रोत्साहन पुरस्कार' 'सामुदायिक सूचना नेटवर्क'का सम्वाददाता सविता विश्वकर्मा र तराई टेलिभिजनका संवाददाता स्नेहा झालाई प्रदान गरिने भएको छ।संस्थाको १७औं वार्षिकोत्सवका अवसरमा यही जेठ १२ गते सो पुरस्कार प्रदान गरिने समूहकी महासचिव नितु पण्डितले जानकारी दिए। 

प्रतिक्रिया

पूर्ण प्रेस स्वतन्त्रता रहने

काठमाडौं- संविधानको मस्यौदामा पूर्ण प्रेस स्वतन्त्रता थप गर्नेलगायत केही महत्वपूर्ण विषयमा राजनीतिक सहमति जुटेको छ। संविधानमा थाती राजनीतिक विवाद टुंग्याउन गठित विशेष समितिअन्तर्गतको कार्यदलले शनिबार यस्तो सहमति गरेको हो।

लामखुट्टेको टोकाइबाट महिलाको मृत्यु

सुरुङ्गा (झापा)-क्यूलेक्स नामको लामखुट्टे (सेतो मच्छड)को टोकाइबाट झापामा एक महिलाको शनिबार मृत्यु भएको छ। मृृत्यु हुनेमा झापा दुवागढी–७ की ५२ वर्षीया बसन्ती घिमिरे रहेको मृतकका आफन्तलाई उधृत गर्दै नेपाल पत्रकार...

नेतृत्व विकास कार्यशाला सम्पन्न

काठमाडौं–भूकम्पपछि पूर्ननिर्माणमा लाग्न प्रोत्साहित गर्दै युवाहरुलाई नेतृत्व विकाससम्बन्धी कार्यशाला प्रदान गरियो । शनिबार कमलपोखरीस्थित इस्लिङटन कलेजमा 'युवा नेतृत्व कार्यशाला' सम्पन्न भएको थियो ।

ह्यात्रुङ झरनामा सडक पुग्यो

ह्यात्रुङ झरनामा सडक पुग्यो

तेह्रथुम– तेह्रथुमको सम्दु र इसिबु गाबिसको सिमानामा रहेको ह्यात्रुङ्ग झरना सम्म सडक पुगेको छ। लामो समयसम्म ओझेलमा रहेको एसियाकै लामो झरनासम्म सडक पुगे पछि अब यहाँ आउने पर्यटकलाई सहज हुने...

मृत्यु भइसक्दा घरमै पुग्छ ५,०००

चमैंता (इलाम)– धनीको मरणमा होस् या गरिबको, मृत्यु आँशु बोकेर आउँछ । एकको मृत्युले धेरैलाई रुवाउँछ । यसले परिवारलाई मात्र दुःखाउँदैन, आफन्तजन र छरछिमेकलाई पनि उत्तिकै पिरोल्छ ।

अपहरित बालिकाको उद्धार, अपहरणकारी पक्राउ

पर्सा–भेडीहाडी–४ बस्ने मकुन हजाराकी छोरी १२ वर्षीया सरस्वती कुमारीको अपहरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरिया नगरपालिका–२ बस्ने ३० वर्षीय भुपेन्द्रप्रसाद साह, २३ वर्षीय रामकलश...

सुदूरपश्चिम बन्दले जनजीवन प्रभावित

धनगढी– संविधानमा नेपाललाई हिन्दू राज्य घोषणा गरिनुपर्ने मागसहित हिन्दू समर्थकहरुले शनिबार गरेको सुदूरपश्चिम बन्दले जनजीवन प्रभवित भएको छ ।

२३ हजार घुस लिँदा विद्युतका कर्मचारी अख्तियारकाे फन्दामा

नेपालगन्ज– नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सुपरभाइजर विनोद पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु २३ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ।