Tuesday 7 Ashwin, 2071 |
Menu

समाज

softworica

दुर्घटना छानबिन गर्न समिति गठन

  • बिहीबार २ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको जहाज दुर्घटनाको छानबिनका लागि समिति गठन गरेको छ।

मन्त्रालयका प्रवक्ता मोहन कृष्ण सापकोटाका अनुसार सो समितिमा तारा एयरका वरिष्ठ पाइलट प्रभाकर घिमिरेसिनियर एरोनटिकल इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ सदस्य  र मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहेका छन्। 

आज बिहान निगमको नौ एनएबिओडिएचसि६ टि्वनअटर जहाज जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट बाहिर गई दुर्घटना भएको थियो। सो विमानमा जापानी आठनेपाली १०नाबालक एक तथा चालकदलका सदस्य तीनसहित २२ जना सवार थिए।

सो जहाजका सात घाइतेमध्ये पाँच जनालाई एयर डाइनेस्टीको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो। पोखरा अस्पतालमा उपचाररत चालक दलका दुई सदस्यलाई पोखरास्थित गण्डकी अस्पतालका डा भरतबहादुर खत्रीको सिफारिससमेतका आधारमा थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याई उपचार भइरहेको तथा सामान्य अवस्थाका पाँच घाइते यात्रु जोमसोममा नै उपचार गराई आआफ्नो गन्तव्यतर्फ गइसक्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिए। 

सो समितिलाई दुई  महिनाभित्र सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। सो समिति गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमहरू२०२४ को नियम १४ बमोजिम नेपाल सरकारले गठन गरेको हो। 

जर्मनीको पशुपतिनाथ मन्दिर सहिष्णुताको प्रतिक

म्युनिख (जर्मनी) - साँझपख कयौं म्युनिखबासीहरू वेस्टपार्कमा टहल्न पुग्ने गरेका छन्। हरियाली जंगल, सुन्दर बगैंचा र नेपाली परम्परा झल्काउने मूर्तिबिनाको पशुपतिनाथको मन्दिरले वेस्टपार्कको सुन्दरता बढाएको छ।

६० किलो चरेस सहित दुई भारतीय पक्राउ

काठमाडौं– ६० किलो चरेस सहित एक भारतीय नागरिक सहित २ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले चरेस ओसार्न प्रयोग गरिएको भारतीय टाटा सुमो सहित पर्साका लालबाबु चौधरी र भारतको...

यसरी घर फर्के पूर्वराजा (फोटो फिचर)

यसरी घर फर्के पूर्वराजा (फोटो फिचर)

काठमाडौं-हृदयघात भएर नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार बिहान डिस्चार्ज भएका छन्। अस्पतालबाट बाहिरिँदै गर्दा उनको समर्थनमा शुभेच्छुकहरुले नाराबाजी गरेका थिए। पूर्वराजाले अस्पतालबाट बाहिरिँदै गर्दा शुभेच्छुकहरुलाई सम्बोधन गरे। 'म...

बहुलाहा स्यालले टोकेर दुईलाई घाइते बनायो

खोटाङ– बहुलाहा स्यालको टोकाइबाट खोटाङमा एकै गाउँका थप दुई जना घाइते भएका छन्। बहुलाहा स्यालको टोकाईबाट दोर्पाचिउरीडाँडा–१ की २३ वर्षीया बबिता राई र ११ वर्षीय धिरण राई घाइते भएका हुन्।

पाँच शिक्षक प्रहरी खोरमा

जनकपुर— जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्न पुगेका पाँच जना शिक्षकलाई प्रहरीले पक्राउ गरी थुनेको छ।

उत्तरपुस्तिका आउट गर्ने शिक्षक र ८ परिक्षार्थी पक्राउ

उत्तरपुस्तिका आउट गर्ने शिक्षक र ८ परिक्षार्थी पक्राउ

लहान— विविएस प्रथम वर्षको विजनेस ईकोनोमिक्स विषयको उत्तर पुस्तिका आउट गर्ने एक शिक्षक र ८ जना परिक्षार्थीलाई पक्राउ गरी प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ। ९ जनैमाथि सार्वजनिक अपराध ऐन...

चिनियाँ कैदी शौचालयबाट भागे

काठमाडौं— वनसम्बन्धी मुद्दामा १५ वर्ष जेल सजाय काटिरहेका चिनियाँ नागरिक जु याङ खा सोमबार पाटन अस्पतालबाट फरार भएका छन्। शैचालय जाने बाहनामा प्रहरीको आँखा छलेर उनी फरार भएका हुन्। त्यहाँ...

एम्नेस्टी इन्टरनेशनलमा अधिकारी

विराटनगर— अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेशनल(एआई)को २३ औं वार्षिक सधारणसभाले अध्यक्षमा सूर्यवहादुर अधिकारीलाई चयन गरेको छ । अधिकारी एआई नेपाल समूह ८० काठमाडौंका हुन्।