Sunday 29 Ashad, 2071 |
Menu

समाज

सर्पको डसाइबाट दुईको मृत्यु

  • बिहीबार २ जेष्ठ, २०७०
  • र्पको बिगबिगी हुने गर्दछ। दिउँसो दुलो वा ढुङ्गा, काठको थुप्रोमा लुकेर बस्ने विषालु सर्पहरू खानाको खोजीमा राति सर्वसाधारणका घरभित्र पस्ने गर्छन्।
  • DISQUS_COMMENTS
(0 votes)
धनगढी- कैलालीमा विषालु सर्पको डसाइबाट आज दुई जनाको मृत्यु भएको छ।सर्पले डसेका व्यक्तिको उपचारको प्रयासस्वरुप विष चुस्ने क्रममा एक जना गुरुवा (वैद्य) समेत बेहोस भएका थिए।जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूमा फूलबारी गाविस३ की ६५ वर्षीया चन्द्ररुपा सिंह र गोदावरी गाविस५ की ११ वर्षीया लावती नेपाली रहेका छन्।
सर्पले डसेर बेहोस भएकी नेपालीलाई उपचार गर्ने भन्दै विष चुस्ने क्रममा बेहोस भएका फूलबारीका गुरुवा बाबुराम चौधरीको धनगढी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

सर्पको डसाइबाट बेहोस भएकी बालिकालाई उपचारका लागि सेती अञ्चल अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो। राति सुतिरहेको अवस्थामा विषालु सर्पले दुवैलाई डसेको मृतकका आफन्तहरूले बताएका छन्।

गर्मीयामको सुरुवातसँगै यस क्षेत्रमा बर्सेनि गोमनकरेतलगायतका विषालु सरासस 

ढुंगागिट्टी भारत लैजाने टिपर नियन्त्रणमा

रौतहट– चुरेक्षेत्रका ढुंगागिट्टी भारत लैजाँदै गरेका चारवटा टिपरलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ। बारा, निजगढमा सञ्चालित अब्निस एग्रिगेट क्रसर उद्योगको ढुंगागिट्टी रौतहट नाका हुँदै भारत लैजान लागेका ती टिपरलाई प्रशासनले...

नेपाली खेलकुदको वर्तमान अवस्थाबारे छलफल

नेपाली खेलकुदको वर्तमान अवस्थाबारे छलफल

काठमाडौं-चिया गफको तेस्रो श्रृङ्खलामा खेलकुदको वर्तमान द्धन्द्धबारे छलफल गरिएको छ। कार्यक्रममा खेल पत्रकार प्रकाश तिमिल्सिनाले नेपाली खेलकुदको वर्तमान द्धन्द्धबारे बोलेका थिए।

डुबेर बालिकाको मृत्यु

कोहलपुर– पौडी खेल्ने क्रममा खोलामा डुवेर चिसापानीमा एक बालिकाको मृत्यु भएको छ। शनिबार स्थानीय करेली खोलामा पौडी खेल्ने क्रममा चिसापानी–३ की १२ बर्षीय सरिता खड्काको मृत्यु भएको हो।

ट्रान्सफर्मर पड्कँदा दुईको मृत्यु

खोटाङ– करेन्ट लागेर खोटाङमा दुई जनाको ज्यान गएको छ। दुई जना गम्भीर घाइते भएका छन्। बिद्युतको ट्रान्सफर्मर पडि्कँदा बुइपा–१ का ५४ वर्षीय कालीमाया राई र ४९ वर्षीय पदमसरी राईको ज्यान...

प्यूठानमा १३ वर्षिया बालिका बलात्कृत

प्यूठान - गाई चराउन गएका बेला प्यूठानमा एक बालिका बलात्कृत भएकी छिन्। शुक्रबार दिउँसो स्थानीय युवकबाट बलात्कारको सिकार भएकी १३ वर्षिय बालिकाको अहिले जिल्ला अस्पताल बिजुवार उपचार भइरहेको छ।

प्रहरीको 'ज्यादती'को विरोधमा बन्द

महोत्तरी - प्रहरीले स्थानीयमाथि ज्यादति गरेको भन्दैं जलेश्वर उद्योग वाणिज्य संघ जलेश्वरले तीन दिन बजार बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ स्थानीय युवासँगको सामान्य भनाभनमा प्रहरीले बल प्रयोग गर्दै...

एउटै गाउँलाई पाँच सडक

डडेल्धुरा- सानो गाउँ, जम्मा २० परिवारको बसोबास। विकासका नाममा राष्ट्रिय ढुकुटी रित्याउन पल्केकालाई भने यही सानो गाउँ दुहुनो गाई भएको छ। अमरगढी नगरपालिकाको चिरकट्टे गाउँमा कमिसनकै निम्ति पाँच–पाँचवटा सडक निर्माण...

हत्या अभियोगमा पति थुनामा

पर्वत– बाच्छा–५ की अञ्जु सिलवालको हत्या आरोपमा पक्राउ परेका पति सञ्जीवलाई जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाएको छ। न्यायाधीश माधवेन्द्रराज रेग्मीको इजलासले शुक्रबार सासू तिलकुमारीलाई भने ४० हजार धरौटीमा छाड्न आदेश...