14 Bhadra, 2071 |
Menu

समाज

खोज पत्रकारिता पुरस्कारको घोषणा

(0 votes)
काठमाडौं – भ्रष्टाचार लगायतका विषयमा खोजमूलक पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गर्न १० हजार अमेरिकी डलर बराबरको कोष स्थापना गरिएको छ। बारबरा पिस फाउन्डेसनकी संस्थापक अध्यक्ष बारबरा एडम्सले उक्त रकम बराबरको पुरस्कार कोश स्थापना गरेकी हुन्।

बिहीबार बारबरा पिस फाउन्डेसन र त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले 'बारबरा एडम्स खोजी पत्रकारिता सम्मान' घोषणा गरे। 'नेपाल संसारमा सबैभन्दा सुन्दर देश हो। यहाँ नभएको कुरा भनेको नैतिकता नै हो,' पुरस्कारण घोषणा गर्दै एडम्सले भनिन्, 'खोजी पत्रकारिताबाट भ्रष्टाचार बाहिर ल्याउन यो पहल गरेकी हुँ।' उनले युवाहरुलाई भ्रष्टाचारविरुद्धको अभियानमा लाग्न आग्रह गरिन्।


यो पुरस्कार पत्रकारिता तथा आमसञ्चार विभाग मातहतमा रहने छ। 'बारबरा एडम्सको व्यक्तित्व र पत्रकारितासँग उहाँका लामो आवद्धता रहेका कारण नै हामीले विभाग अन्तर्गत यसलाई स्वीकारेका हौं,' विभागीय प्रमुख प्राध्यापक पी खरेलले भने, 'जोसुकैले स्थापना गर्न खोज्ने पुरस्कार हामी स्वीकार्दैनौं।' खरेलले हरेक वर्ष ५१ हजार रुपियाँको पुरस्कार दिने तय भएको जानकारी दिए। लोकतन्त्र दिवश वैशाख ११ गते यो पुरस्कार दिने तय गरिएको छ।


५० वर्षअघि देखि नेपालमा रहँदै आएकी अमेरिकी एडम्सले केही वर्षअघि मात्रै नेपाली नागरिकता पाएकी थिइन्। उनी सुदूर पश्चिमका जिल्लाहरुमा महिला अधिकारका लागि अहिले पनि सक्रिय छिन्। पहिलो पटक रिपोर्टिङ गर्न नेपाल आएकी उनी त्यसपछि नेपाललाई नै घरकारुपमा मान्दै आएकी छिन्। पछिल्लो समय अखबारमा स्तम्भ लेखनमा सक्रिय उनी ९० वर्ष नाघेकी छिन्।

स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौं-त्रिभुवन विश्वविद्यालय मानविकी संकायअन्तर्गतको स्नातक तह तेस्रो वर्ष-२०७० को नतिजा प्रकाशन भएको छ।

गोरखामा बस दुर्घटना, ३ को मृत्यु

गोरखा-बगुवा गाविस वडा नं ३ थानचोक भन्ज्याङमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आरु घाटबाट गोरखा सदरमुकाम आउँदै गरेको ना ४ ख १३९५ नम्वरको यात्रुवाहक वस दुर्घटना भएको...

कक्षा १२ को विज्ञानतर्फको परीक्षाफल प्रकाशित

काठमाडौं- उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान विषयको परीक्षाफल प्रकाशित गरेको छ। परीक्षामा नियमिततर्फ ७० दशमलव ४३ प्रतिशत विद्यार्थी र आशिंकतर्फ ३८ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको...

बाढीपहिरो पीडितको नाममा वन अतिक्रमण

बाढीपहिरो पीडितको नाममा वन अतिक्रमण

सुर्खेत- बाढी–पहिरोबाट विस्थापितका नाममा सुर्खेतमा वन अतिक्रमण सुरु भएको छ। विगतमा वनक्षेत्रबाट हटाइएका र घरजग्गा भएकाहरू पनि अतिक्रमणमा तल्लीन देखिएका छन्। यसले जिल्ला वन कार्यालय र अतिक्रमणकारीबीच द्वन्द्व बढाएको छ।

८३ जोडीको सम्बन्धविच्छेद

बागलुङ- आर्थिक वर्ष २०७०/०७१ मा बागलुङमा ८३ जोडीले सम्बन्धविच्छेद गरेका छन्। बागलुङ जिल्ला अदालतका स्रेस्तेदार मोहनबहादुर अधिकारीले ९४ महिला सम्बन्धविच्छेदका लागि आएकोमा ८३ जनाको सम्बन्धविच्छेद भएको जानकारी दिए। 'सुरुमा मिलापत्रको...

'५० प्रतिशत विद्यालय भवन असुरक्षित'

पोखरा- मुलुकका आधाजसो सरकारी तथा निजी विद्यालय भवन भूकम्पीय सुरक्षाका दृष्टिले निकै जोखिमपूर्ण मानिएका छन्। असुरक्षित भवनमा विद्यार्थीलाई पढाउँदा जुनसुकै बेला जोखिम निम्तिन सक्ने विज्ञ बताउँछन्। उनीहरूका अनुसार सबैभन्दा बढी...

विषादी छर्दा चार दिन बेहोस

चितवन- धानखेतमा गम्बारो रोगको विषादी छर्दै गर्दा बेहोस भएका एक किसानको चार दिनपछि होस खुलेको छ। उनको अहिले पनि चितवन मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको छ। विषादीको घातक असरले उनी...

सिँचाइ कर्मचारी आन्दोलित

सर्लाही- दैनिक ज्यालादारीका करार कर्मचारी हटाएको विरोधमा बागमती सिँचाइ आयोजना, कर्मैयाका कर्मचारी आन्दोलित भएका छन्। बुधबारदेखि धर्नामा उत्रिएका ज्यालादारी कर्मचारीले कार्यालयको दैनिक कामकारबाही ठप्प पार्दै आएका छन्।