Friday 24 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु एक घाइते

(0 votes)
सल्यान - सल्यानमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। खलङ्गाबाट कालीमाटी रामपुरतर्फ जाँदै गरेको बा१ब ९३९१ नम्बरको मोटरसाइकल आज बिहान कालीमाटी– ७ रोक्चामा दुर्घटना हुँदा जिल्ला कृषि विकास कार्यालय सल्यानमा प्राविधिक सहायक पदमा कार्यरत बर्दिया तारातालका २५ वर्षीय पुनाराम चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
nepalipatr-april
उक्त दुर्घटनामा सोही कार्यालयका कृषि प्रसार अधिकृत तनहुँ बन्दीपुरका तीर्थ ढकाल घाइते भएका जनाइएको छ।
दुवै कर्मचारीहरु कालीमाटी रामपुरमा बिहीबारदेखि सुरु हुन लागेको मकै बालीसम्बन्धी तालिम दिन गएका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। 
जिल्ला प्रहरी कार्यालय सल्यान तथा इलाका प्रहरी कार्यालय कालीमाटीबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरिरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका ढकाललाई थप उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सडक बनाउन माग गर्दै जलेश्वरमा प्रदर्शन

सडक बनाउन माग गर्दै जलेश्वरमा प्रदर्शन

महोत्तरी– भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक खण्डमा उड्ने धुलोले सर्वसाधारणको स्वास्थ्यमै प्रत्यक्ष असर पार्न थालेपछि उक्त सडक तत्काल निर्माण गर्न दवावस्वरुप महोत्तरीका स्थानीय आन्दोलित भएका छन्।

छोराको रिस ६६ बर्षीय बाबुमाथि पोखेपछि...

दाङ-दाङमा कुटपिटबाट एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । लक्ष्मीपुर–२ निवासी ६६ वर्षीय ईश्वर दमाईको स्थानीय युवाको कुटपिटबाट मृत्यु भएको हो ।

इलामकाे बाँझो गाविसका ४५३ ले पाए नागरिकता

इलाम– इलामको पश्चिमी बाँझो गाविसमा २ दिनसम्म सञ्चालित घुम्ती शिविरमा ४ सय ५३ जनालाई नेपाली नागरिकताकाे प्रमाण पत्र वितरण गरिएको छ।

युवाकाे कुटपिटबाट ६६ वर्षीय वृद्धकाे मृत्यु

दाङ– दाङमा कुटपिटबाट एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ। लक्ष्मीपुर–२ निवासी ६६ वर्षीय ईश्वर दमाईको स्थानीय युवाको कुटपिटबाट मृत्यु भएको हो।

तीन तलामाथिकाे झ्यालबाट खसेर बालकको मृत्यु

इलाम– झ्यालबाट खसेर शुक्रबार बिहान इलाममा एक बालकको मृत्यु भएको छ। पाँचथर जिल्ला रानीटार घर भई हाल इलाम नगरपालिका–८ स्थित फुपूको घरमा बस्दै आएका १० वर्षीय अभिषेक राईको मृत्यु भएको...

राजधानीमै गाँजाखेती, ७९ जना पक्राउ

राजधानीमै गाँजाखेती, ७९ जना पक्राउ

काठमाडौं- सरकारले लागुऔषध गाँजालाई प्रतिबन्धित सूचीमा राखे पनि काठमाडौं उपत्यकामै यसको व्यावसायिक खेती हुने गरेको पाइएको छ। प्रहरीले बिहीबार राजधानीको गोकर्णेश्वरमा ११ सय रोपनीमा लगाइएको गाँजाखेती नष्ट गर्नुका साथै १...

सडकमा टिपर र ट्याङ्करको दादागिरी

काठमाडौं- राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ। बिहीबार बिहान राजधानीको दक्षिणढोका र नयाँबानेश्वरमा पानी ट्यांकर र टिपरले स्कुटर र पैदलयात्रीलाई ठक्कर दिएका थिए।

अझै हटेन भक्तपुरमा भग्नावशेष

भक्तपुर- भक्तपुरको पुरानो मुख्य बजार सुकुलढोकाबाट चासुखेल निस्कने सानो गल्ली पस्नासाथ भूकम्पमा ध्वस्त घर पुनर्निर्माणका लागि जग हाल्ने काम भइरहेको छ। जग हाल्दै गरेको घरबाट अगाडि बढेपछि कुनामा रहेको भूकम्पबाट...