Thursday 6 Kartik, 2071 |
Menu

समाज

महिनामा साझाको साढे ६ लाख नाफा

(1 Vote)
काठमाडौं – १२ वर्षपछि पुनः सञ्चालित साझा बसले वैशाख महिनामा साढे ६ लाख नाफा कमाएको छ। यस अवधिमा ३८ लाख २६ हजार १ सय ५६ रुपैयाँको टिकट बिक्री भएकोमा कर्मचारीको तलबभत्ता र तेल खर्च कटाएर ६ लाख ५६ हजार ७ सय ८ रुपैयाँ नाफा कमाएको साझाले जनाएको छ।
२०७० वैशाख १ देखि नियमित सेवा दिन थालेको साझाले एक महिनामा २ लाख ६८ हजार ५ सय ८२ जनालाई सेवा प्रदान गरेको छ। राजधानीबासीले साझा बसलाई माया गरेको साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले बताए। साझाले सुरुदेखि नै यात्रुको मन जितेको र आउँदा दिनमा पनि स्तरीय सेवा प्रदान गरिने उनको भनाइ छ। साझाको रुट विस्तार गर्न यात्रुबाट माग आए पनि हाल त्यस्तो योजना नरहेको पाण्डेले जनाए। 
साझाले उपत्यकाका दुई रुटमा १६ बस सञ्चालन गर्दै आएको छ। कमजोर व्यवस्थापनका कारण साझा बसले २०५८ सालमा सेवा बन्द गरेको थियो। कलंकी, कालिमाटी, त्रिपुरेश्वर, नयाँ बानेश्वर, सिनामंगल हुँदै एयरपोर्ट एउटा रुट र लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, जमल, लैनचौर, टिचिङ अस्पताल, महाराजगन्ज हुँदै नयाँ बसपार्क (गोंगबु) अर्को रुट तय गरिएको छ। साझा बसले यात्रुका लागि १५, १७ र २० रुपैयाँ भाडादर तोकेको छ। विद्यार्थी, अपांग र वृद्धवृद्धालाई १० रुपैयाँ भाडामा यात्रा गराउँदै आएको छ।

खुकुरी हानाहानमा तीन घाइते

सुरुङगा-झापाको गरामनी–२ स्थित खोपबारीमा दुई समूहबीच खुकुरी हानाहान हुँदा तीनजना गम्भीर घाइते भएका छन्।

एमपिए स्तानोकोत्तर द्वितीय वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत वर्ष सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर तह जनप्रशासन (एमपिए–द्वितीय) द्वितीय वर्षको परीक्षाफल आज प्रकाशित गरिएको छ।

बसको ठक्करबाट एकको मृत्यु

डडेल्धुरा-परिगाउँ देखि डडेल्धुरा आउँदै गरेको उग्रतारा यातायातको ना ४ ख ४३३६ नम्बरको बसले ठक्कर दिदाँ ४५ गाँखेतका बीरबहादुर सार्कीको मृत्यु भएको छ।

'नेपाली भाषाका लागि देवकोटाको योगदान अतुलनीय'

काठमाडौं— राष्ट्रपति रामवरण यादवले नेपाली भाषा र साहित्यको विकासमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अतुलनीय योगदान रहेको बताएका छन्।

५९ वर्षीया श्रीमतीको हत्या

पाँचथर—पञ्चमी–१ गोपेटारका एक व्यक्तिले कुटपिट गरी आफ्नी श्रीमतीको आज हत्या गरेका छन्।

फेसबुकमा युवतीको नक्कली अकाउन्ट बनाएर अश्लिल फोटो राख्ने पक्राउ

काठमाडौं— सामाजिक सञ्जाल फेसबुकमा युवतीको नाउँमा नक्कली अकाउन्ट बनाएर चरित्र हत्या गर्न खोज्ने काठमाडौं जिल्ला रामकोट गाविस वडा नं १ का विकासराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरीले आफ्नै घर...

कुन कुन स्थानबाट निस्कँदैछ भिन्तुना र्‍याली?

काठमाडौं— नेपाल संवत ११३५ को उपलक्ष्यमा भिन्तुना मोटरसाइकल र्‍याली आयोजना हुने भएको छ । कात्तिक ७ गते स्थानीय युवाले उपत्यकाका तीनै जिल्लामा र्‍याली गर्न लागेका हुन्।

सरकारले सर्वसाधारणलाई भन्यो– घर सिँगार्नुस्

काठमाडौं— आगामी मंसिर दोस्रो साता हुन लागेको सार्क शिखर सम्मेलनलाई राजधानी सफा, सुन्दर र आकर्षक सहरको नमुना बनाउन सडक, सरकारी भवन, पुल लगायत संरचना सिँगारिरहेको सरकारले निजी घरधनीलाई समेत घर...