Friday 6 Bhadra, 2071 |
Menu

समाज

दोषीलाई जोगाउन डाक्टरहरुको आन्दोलन

  • बिहीबार २ जेष्ठ, २०७०
  • रोहित राई
  • DISQUS_COMMENTS
(0 votes)
धरान - लापरवाहीपुर्ण तरिकाले पत्थरीको अप्रेशन गरेपछि विरामीको मृत्यु भएको घटनाका दोषी चिकित्सकलाई जोगाउन आकस्मिक बाहेक सबै उपचार सेवा ठप्प बनाएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फ्याकल्टि चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बुधबार पीडितका आफन्त र स्थानीयले उपकुलपति कार्यालयमा घेराउ गरेका छन्।
छानबिन समिति गठन भइसकेको र सर्जरी विभागमा लगाएको तालासमेत खोलिसकेको अवस्थामा चिकित्सकले छानबीन नै प्रभावित पार्ने गरि दोषीलाई जोगाउने षडयन्त्र गरेको भन्दै पीडितका आफन्त र स्थानीयले घेराउ गरेका हुन्। विरामीको मृत्युसमेत भइसकेको अवस्थामा चिकित्सकहरुले आन्दोलन गरेर पीडित परिवार र जनतालाई थप पीडा दिने काम गरेको पीडित पक्षले जनाएको छ। 
'मंगलबार बेलुका नै छानबीन समिति बनेपछि ताला पनि खोल्यौं, त्यसको केही समय पछि विरामी पनि बित्नुभयो’, समिति सदस्य जनकऋर्षि राईले भने, 'मानवीय क्षति भएको छ र, पनि हामीले संयमता अपनायौं, तर आज चिकित्सकले घटनाबारे छानबीन नै नहोस् भन्दै षडयन्त्रमा लागेपछि दबाबस्वरुप मौन आन्दोलन गर्न बाध्य भयौं।’ 
दिउसो तीन बजेदेखि करिब साढे ६ बजेसम्म उपकुलपति कार्यालयमा उनीहरु धर्ना बसेका थिए। धर्ना क्रममा आफन्त र प्रतिष्ठान पदाधिकारीबीच भएको वार्तामा बिहीबारदेखि समितिले काम शुरु गर्ने सहमति भएको थियो। समितिको संयोजकमा काठमाडौंबाट युरोलोजिष्ट गुणकुमार श्रेष्ठ आउने प्रतिष्ठानले जनाएको थियो। साता दिनअघि पत्थरीको अप्रेशन गरिएकी धरान–११ सृर्जना मार्गकी मनमाया तामाङको मंगलबार राती सघन उपचार कक्षमा मृत्यु भएको प्रतिष्ठानले घोषणा गरेको थियो। पीडित परिवारजनले समितिले निष्पक्ष काम शुरु नगरेसम्म शव जिम्मा नलिने जनाएको छ।
सर्जरी विभाग प्रमुख डा.सिएस अग्रवालले अप्रेशन गर्दा लापरवाही गरेको भन्दै आफन्तले विभागमा ताला लगाएपछि प्रतिष्ठानले मंगलबार पाँच सदस्यीय छानबीन समिति गठन गरेको थियो। समिति गठन भएपछि विरामीका आफन्तले तत्कालै विभागको ताला खोलेका थिए। 
बुधबार अचानक चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि ओपिडी सेवा ठप्प भएको थियो। चिकित्सकहरुले एक विज्ञप्ती जारी गर्दै सर्जरी विभागका प्रमुखको कार्यकक्षमा ताला लगाउन संलग्नहरुलाई कारबाहीको माग गरेको थियो।
बाढीपीडितलाई एनसेलद्वारा २० करोड नगद सहयोग

बाढीपीडितलाई एनसेलद्वारा २० करोड नगद सहयोग

काठमाडौं– एनसेलले देशका विभिन्न भागमा आएको बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिले पीडित परिवारका लागि २० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।  आफ्नो व्यवसायिक सामाजिक दायित्वअन्तर्गत एनसेलले राहत तथा उद्धारका...

सुधिर बस्नेतलाई तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौं-सर्वसाधारणको निक्षेप रकम लिएर फिर्ता नदिएको आरोपमा ठगीको मुद्दा खेपिरहेका ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतलाई सर्वोच्च अदालतले तत्तकाल पक्राउ गरी थुनामा राख्न आदेश दिएको छ।

बाढीपीडितलाई नेपाल टेलिकमको दुई करोड सहयोग

काठमाडौँ-प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आज नेपाल टेलिकमले रु दुई करोड सहयोग प्रदान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आयोजित एक समारोहमा नेपाल टेलिकमका अध्यक्ष एवम् सञ्चार सचिव सुनिलबहादुर मल्लले रु...

मानव झण्डा निर्माणमा सहभागि हुन ३३ हजार बढीले नाम दर्ता गराए

मानव झण्डा निर्माणमा सहभागि हुन ३३ हजार बढीले नाम दर्ता गराए

काठमाडौं-टुडिखेलमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गर्न बनाउन लागिएको मानव झन्डाको लागि ३३ हजार ३३ भन्दा बढीले सहभागिताका लागि नाम दर्ता गराएका छन्।

फरार चार अभियुक्त पक्राउ

लहान-लहान प्रहरीले छुट्टा–छुट्टै स्थानबाट लागुऔषध मुद्धाका तीन र कुटपिटका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ। लागु औषध मुद्धाका फरार पडरिया २ का अनिल कुमार चौधरी(१९) सोही ठाउँका उदय नारायण चौधरी(२१)...

सय परिवार सातादेखि डुबानमा

सय परिवार सातादेखि डुबानमा

राजविराज-तिलाठीका झन्डै सय परिवार पछिल्लो एक सातादेखि डुबानमा छन्। अविरल वर्षासँगै खाँडो नदीमा आएको बाढीका कारण उनीहरू डुबानमा परेका हुन्।

बागमती डुंगा दुर्घटना : बेपत्ता दुईको शव फेला

रौतहट- रौतहटको पिपरा रजवाडा-७ स्थित बागमती नदीमा बिहीबार डुंगा पल्टँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ। रजवाड-७ कै स्थानीय ४५ वर्षीया सुथनी देवी र ६५ वर्षीया...

पिएको मात्रा जाँच्न नयाँ ब्रेथलाइजर

पिएको मात्रा जाँच्न नयाँ ब्रेथलाइजर

काठमाडौं-जाँडरक्सी खाई गाडी चलाउनेलाई कडा कारबाही गर्दै आइरहेको महानगरीय टाफिक प्रहरी महाशाखाले अबदेखि सेवनको मात्रा पत्ता लगाउने ब्रेथलाइजर प्रयोगमा ल्याउने भएको छ।