Friday 4 Poush, 2071 |
Menu

समाज

बुढ्यौलीमा नागरिकता

  • बिहीबार २ जेष्ठ, २०७०
  • समुन्द्र पौडेल
  • DISQUS_COMMENTS
(0 votes)
तनहुँ - ७५ वर्षको उमेरमा हातमा नागरिकताको प्रमाणपत्र पाउँदा मंगलबार तनहुँ देउराली–९ फुर्लुङका मित्रबहादुर भुजेल मख्ख थिए। श्रीमती सेती भुजेलसंगै ३ दिन हिँडेर छिपछिपे गाविसको भृकुटी माध्यमिक विद्यालय पुगेका उनले एकिकृत घुम्ती सेवाबाट नागरिकता लिएका हुन्।
'गाईगोठाला जादाँ के का लागि चाहियो?’ उनले भने, 'गाउँमै नागरिकता बनाउन टोली आएको छ भनेपछि आयौं।’ शनिवार घरबाट हिडेका उनीहरु सोमबार माविमा पुगेका थिए। 'हिजो यताउता गर्दैमा काम सकिएन’, मित्रबहादुरले भने, 'मेरो नागरिकता बन्यो, अब बुढीको बनाउनु पर्छ।’ 
बाल्यकालमै बाबुआमा गुमाएका मित्रबहादुरले गाउँका ८ जनाले सनाखत गरेपछि नागरिकता पाएका हुन्। उनकै सनाखतको आधारमा ७२ वर्षीया सेती भुजेलले समेत नागरिकता प्रमाणपत्र लिइन्। 
जेष्ठ नागरिक भत्ताबारे अनविज्ञ रहेको भुजेल दम्पतीलाई सरकारी कर्मचारीले जेष्ठ नागरिक भत्ताबारे जानकारी गराउँदा उनीहरु झन खुसी भए। 'भत्ता पैसा पाइन्छ भन्ने केही थाहा थिएन’, उनले भने, 'अब नागरिकता बनेपछि पैसा पनि पाइन्छ भनेका छन्।’ मित्र बहादुर र सेती भुजेल दुबैले मंगलबारै फोटो सहित मतदाता नामावलीमा नाम दर्ता गराए। 
१९९० सालमा जन्मिएकी देउराली–९ कै धनकुमारी भुजेलले पनि बुधबारै नागरिकता प्रमाणपत्र लिइन्। 'गाउँमै नागरिकता पाइन्छ भनेर गाउँलेले भनेपछि बनाउन आए’, ८० वर्षीया धनकुमारीले भनिन, 'बुढेसकालमा टाढा जान सक्थिन, गाउँमै नागरिकता पाए।’ सोमबार र मंगलबार छिपछिपेमा संचालन भएको घुम्ती सेवामा ६५ वर्ष माथिका ८ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको टोली प्रमुख सुर्यदर्शन पण्डितले बताए। शिविरमा ३ सय ८६ जनाले नागरिकता प्रमाणपत्र लिएका थिए। 
जिल्ला प्रशासन कार्यालयले गाउँ गाउँमा एकिकृत घुम्ती सेवा संचालन गर्दा जेष्ठ नागरिक र महिलालाई बढी लाभ मिलेको तनहुँका प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद खरेलले बताए। कार्यालयले जिल्लाको गोठादी, साँखे र छिपछिपेमा एकिकृत घुम्ती सेवा गरिसकेको छ भने जेठ ६ र ७ गते पुर्काटको बाइसजाँगरमा सञ्चालन गर्नेछ।

बाँधमा खसेर मृत्यु

काठमाडौं-गोकर्णेश्वर नगरपालिका¬ मन्दिर नजिकै बनाइएको बाँधमा खसेर आज एक जना स्थानीय वासीन्दाले ज्यान गुमाएका छन्। गोकर्णेश्वर मन्दिर नजिकै रहेको उक्त बाँधमाथिको पुल तर्ने क्रममा स्थानीय शिव गिरीको लडेर मृत्यु भएको...

सत्यार्थी बाग्मती सफाइ अभियानमा जाने

काठमाडौं-नोबल शान्तिपुरस्कार विजेता कैलाश सत्यार्थी बाग्मती सफाइ अभियानमा सहभागी हुने भएका छन्। नेपाल भ्रमणमा रहेका सत्यार्थी शनिवार बिहान टेक पुलनजिकै रहेको विष्णुमती र बाग्मतीको दोभानमा सहभागी हुने छन्। हरेक शनिबार...

अख्तियारको डरले २७ शिक्षकले दिए राजीनामा

पुस- अख्तियारले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको शैक्षिक योग्यताको प्रमाणपत्र तथा अध्यापन अनुमति पत्रको छानबिन सुरु गरेपछि रुपन्देहीका शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन्।

सभासद् ओझाबाट १० लाख सहयोगको घोषणा

धनगढी- नेपाली कांग्रेसका युवा नेता एवम् सभासद् पुष्करनाथ ओझाले सेती अञ्चल अस्पताल धनगढीमा सघन उपचार कक्ष स्थापनाका लागि सांसद क्षेत्र विकास कार्यक्रममार्फत रु १० लाखको सहयोग गर्ने घोषणा गरेका छन्।...

'भारतमा हराइरहेका २२ नेपाली कारागारमा'

जनकपुरधाम- भारतको सतलोक आश्रममा हराइरहेका २२ नेपालीमध्ये एक जना भारतको हिसार (हरियाणा) चन्डिगढको कारागारमा रहेको परिवारजनले जनाएका छन्। गत कात्तिक २८ गतेदेखि मङ्सिर २ गतेसम्म सो आश्रममा भएको प्रहरी कारबाही...

बलात्कार आरोपीलाई अदालतद्वारा सफाइ

लहान-बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका दुईजनालाई बिहीबार जिल्ला अदालत सिरहाले सफाइ दिएको छ। जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिरहाको सिलोर्वा पछवारी गाविस-९ निवासी...

बहुविवाहका घटना बढ्दै

इलाम-इलाममा पछिल्लो समय बहुविवाहका घटना बढ्न थालेका छन्। पुस यता प्रहरीले तीन जोडीलाई बहुविवाह आरोपमा पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय पशुपतिनगरले पशुपतिनगर–६ मेहेलबोटेका मनबहादुर दर्जी र प्याङ-४ की गीता दर्जीलाई...

५० किलो गाँजा र चरेससहित एकजना पक्राउ

वीरगन्ज-पर्साको पटेर्वा सुगौलीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस र गाँजासहित एकजनालाई फक्राउ गरेको छ।