Tuesday 15 Bhadra, 2072 |
Menu

समाज

republica-header

ist-cc

दुई महिनाको सामाजिक सुरक्षा भत्ता हरायो

  • बिहीबार २ जेष्ठ, २०७०
  • मनोज अधिकारी
  • DISQUS_COMMENTS
(0 votes)
पोखरा - कास्कीको सराङ्कोट–५ का ७७ वर्षे पूर्णप्रसाद तिमल्सिना बुधबार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भेटिए। उनी वर्ष दिन पहिलको बृद्व भत्ता खोज्दै त्यहाँ पुगेका थिए। दाँत झरेर बोल्नै अप्ठेरो हुँदा पनि उनी प्रजिअ यादवप्रसाद कोइरालासँग गुनासो गरिरहेका थिए,'हाम्रो गत वर्षको दुई महिनाको भत्ता खोई?'उनले बृद्धाहरुको प्रतिनिधित्व गर्दै कोइरालालाई सोधे 'गाविस जिविसले दिएको छैन भन्छ। तपाईहरु सरकारबाटै आएको छैन भन्नुहुन्छ। कास्कीका हजारौं बृद्वबृद्वा, अपाङ र एकल महिलाले पाउने भत्ता कहाँ गयो?'
उनले जिविस पटक–पटक धाउँदा पनि भत्ता पाउने सुरसार नदेखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने चेतावनी दिए। कोइरालाले जिविसमार्फत् भत्ता वितरण हुने भएकाले बुझेर पहल गर्ने आश्वासन दिए। तर जोशिला तिमल्सिना पछि हट्ने पक्षमा थिएनन्। उनले तुरुन्तै जिविसबाट ल्याएको कागज प्रजिअलाई देखाए। पत्रमा गत आर्थिक वर्षको जेठ र असार महिनाको सामाजिक सुरक्षा भत्ता वापत रकम सरकारबाट निकासा नभएकाले वितरण गर्न नसकिएको उल्लेख थियो। उक्त कागज हेरेपछि कोइरालाले फेरी जिविस गएर भत्ताका लागि निवेदन दिन सुझाब दिएर बिदा गर्न खोजे। 
'म जिल्लाकै हाकिम सिडिओ साब् कहाँ आएको छु', तिमल्सिनाले भने,'अब फेरि भत्ता माग्दै जिविस फर्किएर जान्न बरु अख्तियार जान तयार छु। भत्ता आउँछ कि आउँदैन भन्नुस् नत्र म अख्तियारतिरै जान्छु।'
सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता वापत पाउनुपर्ने गत आर्थिक वर्षको जेठ र असार महिनाको भत्ता कास्कीमा कसैले पाएका छैनन्। हजारौं बृद्धबृद्धा, अपाडको भत्ता नपाएपछि उनी जिविस र जिल्ला प्रशासन पटक–पटक धाइरहेका छन्। आफु दुई महिनाको भत्ता वापत एक हजार रुपैयाँकै लागि धाएको नभई आफुजस्तै बृद्वबद्वाको हक स्थापित गराउन आएको उनले बताए। उनले वर्षभरलाई नून–तेल खान पुग्ने भत्ता रकम दुरुपयोग भएपछि आफु त्यसको खोजीमा हिंडेको सुनाए।
'मलाई एक हजार रुपैयाँ खाँचो परेर कुदेको होइन' उनले भने,'सरकारले दिएको त्यही रकमबाट नून–तेल किनेर खाने बुढाबुढी धेरै छन्। तिनीहरुको आँशु देखेर चुप बस्न सकिन।'
सरकारबाटै दुई महिनाको भत्ता आएको छैन भन्ने जिविसको जवाफले चित्त नबुझेपछि उनी पटक पटक प्रशासन धाइरहेका छन्। तिमिल्सिनाले प्रश्न गरे,'जसले रकम बाँड्नु पर्ने हो त्यही निकाय माथिबाटै आएको छैन भनेर पन्छिएको मात्र देख्छु, पहल गरेको देख्दिन्। के सरकारले हामी जस्ता बुढाबुढीको एक हजार रुपैयाँ खाएको हो?'
देशभर सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारबाट रकम निकासा भए पनि कास्कीमा भने गत आवको जेठ र असारको भत्ता वितरण हुन सकेको छैन। स्थानीय विकास अधिकारी ईश्वरराज पौडेल सरकारबाटै पर्याप्त रकम नआएकाले गत आवमा १० महिनाको मात्र भत्ता बाँडिएको बताए। उनकाअनुसार गत जेठ र असारको भत्ता वापत करिब ३ करोड रुपैयाँ सरकारबाट अपुग आएको थियो। त्यो रकम निकासका लागि स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरे पनि सुनुवाई भएको छैन। त्यो फाइल अर्थ मन्त्रालयमा रोकिएको उनको बुझाई छ। 
जिविसले गत आवमा सामाजिक सुरक्षा भत्ताका लागि १८ करोड रुपैयाँ सरकारसँग माग गरे पनि १६ करोड मात्र निकासा पाएकाले पुरै अवधिको भत्ता वितरण गर्न नसकेको जनाएको छ। 
गत आवमा कास्कीमा सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिक १८ हजार १ सय ६०, एकल महिला ५ हजार १ सय, विधवा (६० वर्षभन्दा कम उमेरका) ४ हजार ६ सय ५४, पूर्ण अपाङ्ग ६ सय ३०, आंशिक अपाङ्ग एक सय र विपन्न तथा दलित बालबालिका ६ हजार ८ जना थिए। उनीहरुका लागि १० महिनाको भत्ता १६ करोड ५ लाख ८९ हजार २ रुपैयाँ वितरण भएको जिविसको पञ्जीकरण शाखाकी खरिदार दुर्गा पौडेलले जानकारी दिइन्। 
प्रजिअ कोइरालाले भत्ता जिविसले वितरण गर्ने भएकाले यसबारे विस्तृतमा बुझेर मन्त्रालयसम्म पहल गर्ने बताए।

प्रतिक्रिया

प्रहरी-प्रर्दशनकारी झडपमा चिया पसले घाइते

महोत्तरी- जलेश्वर ५ स्थित महेन्द्रचोकमा प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा एक चिया पसले महिला घाइते भएकी छन्। जलेश्वर ५ मै चिया पसल संचालन गरेकी सिता उपाध्यया झडपको क्रममा घाईते भएकी...

जबर्जस्ती करणी गर्ने शाह पक्राउ

पोखरा-पोखरा–१४ घर भएकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा धादिङ जिल्ला घर भई पोखरा–८ बस्दै आएका वर्ष २४ का नारायण शाहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पक्राउ गरेको छ।

बारामा एक प्रदर्शनकारीकाे मृत्यु

बारा–बाराको कलैयामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। कलैया नागरपालिका–१० का हिफाजत मियाको प्रहरीको गोलीबाट मृत्यु भएको हो। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने क्रममा सरकारी कार्यालयमा तोडफोड गर्दा प्रहरी...

आकस्मिक बाहेकका सेवा बन्द गर्ने

काठमाडौं–आमरण अनशन बसेको नवौं दिनसम्म पनि सरकारले डा गोविन्द केसीको माग पुरा नगरेको भन्दै फ्याकल्टी डाक्टर एसोसिएशन तथा प्राध्यापक संघ आइओएम इकाई भोलीदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय...

बदलिँदो जीवनशैलीले भिटामिन 'डी'को कमी

काठमाडौं- जीउ दुख्छ, हातखुट्टा कटकटी खान्छ र बाउँडिन्छ, थकाइ धेरै लाग्छजस्ता गुनासा गर्ने व्यक्तिमा भिटामिन डी कमी हुन सक्छ। यस्ता लक्षणको उपचार गर्न अस्पताल पुग्ने अधिकांशमा भिटामिन डीको कमी पाइएको...

अान्दोलनकारीद्वारा प्रहरी चौकीमा आक्रमण, जनकपुर तनावग्रस्त

काठमाडौं— संघीय सीमाङ्कनविरुद्ध आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मंगलबार मध्यान्ह जनकपुर स्थित रेल्वे स्टेशन प्रहरी चौकीमा आक्रमण गरेका छन्। करिब पाँच सयको संख्यामा आएका आन्दोलनकारीले प्रहरी चौकीमाथि आक्रमण गरी भन्सार कार्यालय...

पहिरोले अवरुद्ध रत्नराजमार्ग सुचारु

कोहलपुर–पहिरोका कारण आइतबार साँझदेखि नेपालगन्ज–सुर्खेत रत्नराजमार्ग (८२) मंगलबार विहान दश बजेदेखि सुचारु भएको छ। मध्यपश्चिम सडक डिभिजन कार्यालय नेपालगन्जबाट लिएको रक ब्रेकर मेशिनले सडकमा रहेको चट्टान फुटाएपछि विहान दश बजेदेखि...

'आत्मरक्षाका लागि गोली हान्न आदेश चाहिँदैन'

टीकापुर (कैलाली)- सुरक्षा समिति कैलालीका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी माधव चापागाईंले सुरक्षाकर्मीले आत्मरक्षाका लागि गोली चलाउन आदेश पर्खनु नपर्ने बताएका छन्। टीकापुरमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले भने, 'यस्तो...