Monday 14 Baishak, 2072 |
Menu

समाज

sagoon

रातो मच्छिन्द्रनाथको रथ तान्दै

  • सोमबार ३० बैशाख, २०७०
  • उपेन्द्र लामिछाने
  • DISQUS_COMMENTS
(0 votes)
रातो मच्छिन्द्रनाथको रथ तान्दै
ललितपुर -पानीका मुहान मासिँदा पाटनका अधिकांश ढंुगेधारा सुकेका छन्। खेतीयोग्य जमिन नासिँदा धानका भकारी रित्तिएका छन्। तैपनि, सहकालका देवताप्रति सहरबासीको आस्था घटेको छैन। यहाँका सर्वसाधारण वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रामा उत्साहसाथ जुटेका छन्।

'धारामा पानी नआउनू र  धान नफल्नू, भगवानको होइन, हामी आफैंको दोष हो,' ललितपुर पुल्चोकका ७० वर्षीय काजीलाल महर्जनले भने,'धान खेतमा घर बन्यो। अव्यवस्थित रूपमा घर बनेपछि पानीका मुहान बन्द भए।'  सहकालका देवता मच्छिन्द्रनाथले  खेतमा धान नफलाए पनि घरमा पैसा (घरभाडा ) फलाउन भने नछाडेको उनले सुनाए।

भगवानले पानी पार्दा पनि  जमिनमुनि छिर्न नपाएका कारण ढुंगे धारा सुकेको हुनसक्ने उनको बुझाइ छ। 'सबैतिर ढलाने छत र अँागन छ,' उनले भने, 'जमिनभित्र पानी नछिरेकाले इनार सुके।'

उनको जस्तै धारणा राख्छन्,  ७२ वर्षीय बाबुकाजी महर्जन। विगतमा १२ रोपनीमा खेतीपाती गर्दै आएका महर्जनले अहिले ती सबैमा घर बनेको सुनाउँछन्। 'कोदालो बोकेर खेतमा बाउसे गरेको अब  कथाजस्तो भयो,' पुल्चोकको दक्षितर्फका अग्ला भवन देखाउँदै उनले भने, 'घर बनेका ठाउँमा हामी बाउसे गरेर भोज खान्थ्यौ।' घुम ओढेर खेतमा पुगेको अनि घुम ओढेरै फर्केको अस्तिजस्तो लागेकेा उनले सुनाए। 'पानी र अन्न  पर्याप्त थियो,' उनले सुनाए, 'त्यही  खुसीमा मच्छिन्द्रनाथकोे जात्रा झनै जीवन्त हुन्थ्यो।'

६३ वर्षीय जगनाथ महर्जनले समयसँगै किसानको जीवनशैली  फेरिएको सुनाए। 'अब किसानले भकारीको धान कुटाएर होइन, बोराको चामल किनेर खान्छन,' उनले थपे, 'इनार सुकेपछि जारको पानी पिउन बाध्य छन्।' यति हुँदाहुँदै पनि जात्राप्रतिको मोह भने नघटेको उनले सुनाए। 'यो श्रद्धाको जात्रा हो,' उनले भने, 'यसप्रति मानिसको विश्वास घटेको छैन।'

उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने रातो मच्छिनरद्रनाथको रथजात्रा सोमबार देखि सुरु हुँदैछ । रथ तान्ने परम्पराअनुसार सोमबार  अपराह्न ललितपुरको पुल्चोकमा राखिएको रथ नटोल हुँदै गावहालमा पुर्‍याइनेछ।  स्थानीय गुठियार तथा दाफा भजनका परम्परागत धिमेबाजा, गुरुजु पल्टन र भक्तजनको लावालस्करका साथ रथ तानिन्छ। रथयात्रा सुरु गर्न गत शुक्रबार  मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो। करिब १ हजार ६ सय वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।

चाल्नाखेलमा ढुंगाका सबै घर ध्वस्त

काठमाडौं–राजधानीको दक्षिणी भेगमा पर्ने चाल्नाखेल गाउँका ढुंगाका घर प्रायः ध्वस्त भएका छन्। हाल दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने यो गाउँको बोसन नामक स्थानमा मात्र करिब ७० वटा ढुंगाका घर भत्किएका स्थानीय देवकृष्ण...

फोहोर बढ्दा माहामारीको खतरा, यसरी बच्न सकिन्छ

काठमाडौं- विध्वंशकारी भूकम्पका कारण काठमाडौंमा पिउने पानीको समस्या देखिएको छ । भूकम्प आएसँगै विद्युत सेवासमेत अवरुद्ध छ । विधुतका कारण संचारमा समेत समस्या भएको छ । मोबालइ चार्ज गर्न नपाउँदा...

वर्षाले बिचल्ली : मर्नु न बाँच्नु भइयो

वर्षाले बिचल्ली : मर्नु न बाँच्नु भइयो

काठमाडौं-भूकम्प जाने क्रम नरोकिएपछि खुला आकाशमुनि सेल्टर लिइरहेका लाखौं सर्वसाधारणको बिजोग भएको छ। वर्षापछि चिसो बढेको छ। सेल्टरमा अभिभावकसँग बसेका बालबालिका बिरामी पर्न थालेका छन्।आइतबार राति पानी परेपछि टुँडिखेल र...

अहिलेसम्म कतिवटा भूकम्प गए?

अहिलेसम्म कतिवटा भूकम्प गए?

काठमाडौं-नेपालीले गत शनिबार ११:५५ बजे शक्तिशाली भूकम्पको धक्का महसुस गरे। त्यो ७.८ रेक्टस्केलको थियो। विं सं. १९९० सालपछिको यो नै सबैभन्दा भयानक भूकम्प हो।

भूकम्पको पूर्वानुमान सम्भव छ?

के भूकम्पको पूर्वानुमान गर्न सम्भव छ ? के वैज्ञानिकहरुले कहाँ भूकम्प जाँदैछ भनेर पूर्व जानकारी लिन सक्छन्? विज्ञानको तमाम विकास र आधुनिकतापछि पनि भूकम्पको पूर्वानुमान सम्भव छैन। तर भूकम्प आइसकेपछि...

नागरिक र रिपब्लिका सोमबार प्रकाशित नहुने

काठमाडौं- नेपाल रिपब्लिक मिडिया प्रालिले सोमबार नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिक प्रकाशन नगर्ने भएको छ । काठमाडौंमा भूकम्प जानेक्रम नरोकिएपछि प्रकाशन बन्द गर्ने निर्णय गर्नुपरेको व्यवस्थापनले जनाएको छ ।  

भूकम्पका कारण अनाथ भएका बालबालिकालाई रामदेवले पढाउने

काठमाडौं- योग शिविरमा नेपाल आएका बाबा रामदेव र आचार्य बालकृष्णले भूकम्पका कारण अनाथ बनेका बालवालिकाहरुलाई आफूले संरक्षण दिने बताएका छन् । टुँडिखेलमा बोल्दै उनीहरुले अनाथ बालबालिकाको शिक्षाका लागि पतन्जलीले सहयोग...

सगरमाथामा हिमपहिरोमा पन्ध्र पर्यटकको मृत्यु

काठमाडौँ-भूकम्पको कम्पनका कारण सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हिमपहिरो जाँदा १५ जना विदेशी पर्यटकको मृत्यु भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले दिएको जानकारीअनुसार सगरमाथाको आधारशिविरतर्फ फर्कंदै...