15 Kartik, 2071 |
Menu

समाज

छोरा बुहारीद्वारा फालिएकी आमाले साहारा पाइन्

  • आइतबार २९ बैशाख, २०७०
  • रुबि रौनियार
  • DISQUS_COMMENTS
(1 Vote)
छ महिनअघि छोरा बुहारीले ल्याएर सडकमा छाडिदिएकी आमा (बाँयाँ)लाई आइतबार आफ्नै आश्रममा लगि नुहाइदिएर नयाँ लुगा लगाइदिएकी समाजसेवी दीक्षा चपागाईँ। तस्बिर : रुबि रौनियार छ महिनअघि छोरा बुहारीले ल्याएर सडकमा छाडिदिएकी आमा (बाँयाँ)लाई आइतबार आफ्नै आश्रममा लगि नुहाइदिएर नयाँ लुगा लगाइदिएकी समाजसेवी दीक्षा चपागाईँ। तस्बिर : रुबि रौनियार
काठमाडौं- छोराबुहारीद्धारा ६ महिनाअघि सडकमा फालिएकी आमाले आइतबार घर पाएकी छन्। धापासी, बसुनधारामा रहेको पवित्र समाज सेवा नेपालकी अध्यक्ष दीक्षा चापागाईँले आइतबार बिहान कालिमाटी प्रहरीको सहयोगमा कालिमाटी माली आयल स्टोरअघिको सडक पेटिकी बेवारिसे आमालाई आफूसँगै लगेकी हुन्।
वैशाख २७ मा नागरिक दैनिकमा प्रकाशित 'छोराबुहारीले नै ल्याएर छाडिदिए सडकमा' शीर्षक समाचार पढेपछि आमाले पाएको दुःखले दीक्षालाई पिरोलेकाले ती आमालाई आफ्नो आश्रममा लगेर पाल्ने सोचसहित आइतबार लगेको सुनाइन्। 'पहिले त आमा बोल्न र जान्न मान्नुभएको थिएन,' दीक्षाले नागरिकसँग भनिन्, 'जब आमाअघि बसेर कुरा गर्दा मेरो आँखाभरि आँसु आयो।' 'अनि मैले भने आमा म तपाईँकी छोरीजस्तै हुँ, हिन्नुस् म तपाईँको सेवा गर्छु। अनि बल्ल आमा तयार भइन्,' उनले भनिन्।

आश्रममा ल्याउनसाथ आमालाई पहिले दीक्षाले कालो चिया पिउन दिइन्। त्यसपछि आमाले डेढ वर्षदेखि आफू ननुहाएको दुखेसो गरिन्। अनि दीक्षाले आमालाई नुहाइदिएर कपाल र हातखुट्टाको नङ काटिदिइन्।

आमालाई नयाँ सारी पहिराएपछि त उनको अनुहार र भेषभुषानै नयाँ देखियो। विगत १० वर्षदेखि दीक्षाले ३२ असाहय बालबालिकाको पवित्र समाजमा पालनपोषण, स्याहार सुसार र शिक्षा दिक्षाको ब्यवस्था गर्दै आएकी छन्।
२० वर्षको उमेरमै समाज सेवामा लागेकी दीक्षाले आमाको नाम भगवानभन्दा पहिले आउने भएकाले कुनै पनि सन्तानले आमालाई यस्तो पीडा नदिउन् भन्ने कामना गरिन्। 'आमासँग कुरा गर्दै जाँदा उनको मानसिक सन्तुलन समान्य मानिसजस्तै रहेको पाएँ,' दीक्षाले भनिन्, 'उनी सन्तानको पीडाले असमान्य ब्यवहारमात्र गरेकी रहिछन्।'

'सरकारी निकायमा संस्थागत भ्रष्टाचार'

काठमाडौं- बेलायतको वैदेशिक सहयोग विभाग (डिएफआइडी) को सहयोगमा निगरानी गर्न गठित इन्डिपेन्डेन्ट कमिसन फर एड इम्प्याक्ट (आइसिएआई) ले नेपालको न्यायपालिका, प्रशासन, प्रहरी, राजनीतिक दल र निजामती सेवाजस्ता निकाय भ्रष्टाचारको अखडा...

विज्ञको सुझाव – विपद् हेर्न छुट्टै मन्त्रालय

विज्ञको सुझाव – विपद् हेर्न छुट्टै मन्त्रालय

सिन्धुपाल्चोक– नेपालमा विपद् व्यवस्थापनका लागि छुट्टै स्वतन्त्र निकायको आवश्यकता विज्ञले औंल्याएका छन्। कान्ले पहिरोको स्थलगत अध्ययनपछि सरकारलाई बुझाइएको प्रतिवेदनमा भूगर्भविद्ले प्रधानमन्त्रीको अध्यक्षतामा विपद् व्यवस्थापन मन्त्रालय वा निकाय गठन गर्न सुझाएका...

जर्मनी जाने विद्यार्थी बढे

काठमाडौं– नेपालबाट जर्मनीका विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बर्सेनि बढ्दै गएको छ। अघिल्लो वर्ष ९ सयभन्दा बढी नेपाली विद्यार्थी भित्र्याएको जर्मनीले यस वर्ष (सन् २०१४) १...

सकियो रारा सम्मेलन, ९ बुँदे घोषणापत्र जारी

सकियो रारा सम्मेलन, ९ बुँदे घोषणापत्र जारी

राराताल (मुगु)– जलवायु परिवर्तनसम्बन्धी रारा सम्मेलनले जलवायु परिवर्तनबाट सिर्जित समस्याबाट हिमाली र पहाडी क्षेत्रका समुदाय आक्रान्त भएको स्वीकार गर्दै विश्वका विकसित र शक्तिशाली मुलुकलाई समस्या तत्काल सम्बोधन गर्न आग्रह गरेको...

क्रेडिट कार्ड दुरुपयोग गरी ८ हजार डलर निकाल्ने पक्राउ

काठमाडौं—अरुको क्रेडिट कार्ड दुरुपयोग गरी रकम निकालेको अभियोगमा प्रहरीले प्रल्हाद पौडेललाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक मांखा घर भएका पौडेलले जमलमा ल्याण्ड लक ट्राभल एजेन्सी संचालन गर्दै आएका थिए।

काठमाडौंबाट अन्तरीक्ष केन्द्र देखिने

काठमाडौं— काठमाडौंको मौसम सफा रहे आज साँझ ५ बजेर ४३ मिनेट जाँदा अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र देखिनेछ। ४१ डिग्रीबाट हेर्दा पश्चिम उत्तर (डब्लुएनडब्लु) देखिने केन्द्र ६ मिनेटमा दक्षिण पूर्वी (एसएसइ) दिशामा...

घुम्नेलाई मौसमको साथ

घुम्नेलाई मौसमको साथ

इलाम-'तिहारपछि चाहिँ परिवारै आउने' अन्तुडाँडामा भेटिएका झापा जयपुरका सुवास खतिवडा झुल्केघाम नियालिसकेपछि भन्दैथिए, 'गज्जबकै ठाउँ रहेछ नि!' पूर्व–पश्चिम राजमार्गको झापास्थित चारआलीबाट ५५ किमी दूरीमा अवस्थित अन्तुडाँडा सूर्योदयको दृश्यावलोकननिम्ति मुलुक प्रसिद्ध...

पुस्तकालयमा पाठकै छैनन्

पुस्तकालयमा पाठकै छैनन्

काठमाडौं-सरकारलाई हस्तान्तरण गरिएको लाजिम्पाटस्थित डा. डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयमा ३० हजारभन्दा बढी पुस्तक छन्। त्यहाँ इतिहास, धर्म–संस्कृति, राजनीति, जीवनी, साहित्य, दर्शन लगायत विधाका विश्वप्रसिद्ध पुस्तक राखिए पनि थोरैले मात्र चासो...