तीन घाइते-
तौलिहवा (कपिलवस्तु), माघ १५- दाजु-भाइका केटाकेटीबीचको सामान्य झगडाले उग्र रुप लिँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ६५ वर्षीय पराग रैदास छन्। सोही घटनामा ३ जना घाइतेसमेत भएका छन्।
दोहनी गाविस-४ मैनिहवामा केटाकेटीहरु क्रिकेट खेल्दा क्रिकेटको बलले चोट लागेको विषयमा विवाद भएको थियो। उक्त विवादले ठूलो रुप लिँदा झडपमा घाइते भएका ६५ वर्षीय पराग रैदासको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो।
सोही घटनामा २५ वर्षीय बलेश्वर रैदास, ५५ वर्षीय रामविलास रैदास, २५ वर्षीय रामअचल रैदास सामान्य घाइते भएका छन्। प्रहरीले कुटपिटमा संलग्न रहेको भन्दै मृतकका भतिजा २५ वर्षीय रामअचल रैदासलाई पक्राउ गरेको जनाएको छ।
- गोपाल भण्डारी

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook