पर्वत, माघ १३- सरकारी विद्यालयको गुणस्तर सुधार्न यहाँको एक संस्थाले उत्कृष्ट शिक्षकलाई जापान भ्रमण गराउने घोषणा गरेको छ। यो घोषणाअनुसार सामुदायिक विद्यालयमा अध्यापनरत् जिल्लाका उत्कृष्ट शिक्षकमध्ये यसै वर्ष ५ जनालाई त्यहाँ पठाइनेछ।
पर्वतमा स्थापना भएको सामाजिक परिवर्तन तथा कल्याण प्रतिष्ठान नेपालले निजीको तुलनामा पछि परेकाले सामुदायिक विद्यालयहरुको गुणस्तरमा वृद्धि गराउन यस्तो कदम चालेको हो। जापान भ्रमणका लागि भए पनि शिक्षकबीच प्रतिष्पर्धा हुने र यसबाट स्तर सुध्रने विश्वासका साथ यस्तो घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष वसन्तबहादुर सिकेले बताए।
सरकारले ल्याएको शैक्षिक स्तरीकरणमा छुट्न गएका बुँदालाई पनि थपेर बनाइने निर्देशिकाअनुसार जिल्लाका सामुदायिक विद्यालयहरुबाट सर्वोत्कृष्ट शिक्षकलाई संस्थाले जापानको भ्रमण गराउने निर्णय गरेको सिकेले बताए।
'समाज परिवर्तनका लागि पहिलो केन्द्र नै शिक्षा भएकाले शैक्षिक गुणस्तर बढाउन संस्थाले अभियान चलाएको हो', अध्यक्ष सिकेले भने– उत्कृष्ट शिक्षकलाई यस्ता अवसर उपलब्ध गराउँदा अन्य शिक्षकले पनि पढाउन मेहनत गर्नेछन्।
प्रतिष्ठानले यसअघि जापानमा बस्दै आएका संस्थाका संरक्षक महेशकुमार श्रेष्ठको सहयोगमा जिल्लाका ५ विद्यालयमा ८ वटा कम्प्युटर तथा प्रिन्टरसमेत वितरण गरिसकेको छ।
- छविलाल तिवारी

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook