मोटरसाइकललाई ठक्कर दिएर भाग्दै गरेको भारतीय कार पल्ट्यो

smaller text tool iconmedium text tool iconlarger text tool icon
सुरुङ्गा (झापा), माघ २- दुई वटा मोटरसाइकललाई ठक्कर दिएर भागेको भारतीय कार पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गाको जुके भन्ने स्थानमा पल्टँदा चालकको मृत्यु भएको छ। माईधारमा सङ्क्रान्ति मेला भरेर फर्कंदै गरेका दुई वटा मोटरसाइकलाई ठक्कर दिएपछि त्यसमा सवार चार जना र कारमा बसेका एक जना घाइते भएका छन्।

माईधारमा मोटरसाइकललाई ठक्कर दिएपछि उक्त कार भागेको थियो। दुर्घटनामा कार चालक भारतीय नागरिक बालकृष्ण दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज