Nepal Republic Media Pvt. Ltd.

epaper
Thursday
Mar 11th

सहस्राब्दीको लामो सूर्यग्रहण

smaller text tool iconmedium text tool iconlarger text tool icon
रुबी रौनियार, काठमाडौं, माघ १- सहस्राब्दीकै सबैभन्दा लामो बलयम् सूर्यग्रहण आज लाग्दैछ। सूर्यग्रहण अफ्रिकाबाट सुरु भई कंगो, युगान्डा, केन्या, सोमालिया हुँदै इन्डियन महासागरमा आइपुग्नेछ। यहाँबाट बलयम् सूर्यग्रहण अधिकतम ११ मिनेट ८ सेकेन्डसम्म देख्न सकिन्छ। त्यसैगरी भारत, चीन, बंगलादेश, नेपाल, बर्मा लगायतका देशबाट खण्डग्रास सूर्यग्रहण देख्नसकिन्छ। अमेरिका र क्यानडाबाट ग्रहण नदेखिने विज्ञहरू बताउँछन्।

माघेसंक्रान्तिको दिन लाग्ने सूर्यग्रहण नेपालमा १२ बजेर २४ मिनेटमा महेन्द्रनगरबाट देखिनेछ भने ३ बजेर ४२ मिनेटमा इलाममा सकिने छ नेपालका प्राय सबै ठाउँबाट देखिने अनुमान गरिए पनि काठमाडौं र इलामबाट मात्र राम्ररी देखिने छ।

काठमाडौंबाट ५९ प्रतिशतसम्म चन्द्रमाको छायाँले सूर्य ढाकिएको देखिने छ भने इलामबाट ६४ प्रतिशत सूर्य ढाकिएको देखिनेछ।

सन् २०१० को पहिलो सूर्यग्रहण नेपालबाट ३ घण्टा १८ मिनेटसम्म देखिने छ। नेपालबाट खण्डग्रासका रूपमा देखिए पनि कतिपय देशबाट बाला आकारको देखिने भएकाले यो ग्रहणलाई बलयम् सूर्य ग्रहण भनिएको हो।

यो ग्रहण मकर राशिमा लागेको छ। फलित ज्योतिषअनुसार वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर र कुम्भ राशि भएका व्यक्तिहरुले ग्रहण हेर्न नहुने उल्लेख छ।
बाल्मीकि विद्यापीठका उपप्रध्यापक जयन्त आचार्यले सूर्यलाई जुनसुकै समयमा पनि नांगो आँखाले हेर्न नहुने बताउँछन्। आचार्यले भने, 'सूर्यग्रहण विशेष प्रकारको चस्मा लगाई वा सूर्यलाई परावर्तन गरी सुरक्षित तरिकाबाट हेर्नुपर्छ अन्यथा सूर्यको किरणले हाम्रो आँखा नदेखिने हुन्छ।'

यस्तो ग्रहण विरलै लाग्ने हुनाले यसको विशेष महŒव छ। अर्को बलयम् सूर्यग्रहण अब सन् ३०४३ डिसेम्बरमा लाग्ने आचार्यले जनाए।

फलत ज्योतिषका विज्ञ शिवराज सुवेदीका अनुसार ग्रहणका समयमा शुभकार्य आरम्भ गर्न नहुने तथा पकाएको खाना सकेसम्म खान नहुने बताए। चन्द्रमाको मन र पाचनसँग ठूलो सम्बन्ध भएकाले ग्रहणको समयमा चन्द्रमा गति मन्द हुन गई प्राणीको पचन शक्ति पनि मन्द हुने भएकाले तरल र हल्का चिज मात्र खानु पर्ने सुझाव दिए।

२० हजार किमीको दूरी तय गर्ने यो ग्रहण विद्यार्थी र अनुसन्धानकर्ताका लागि निकै उपयोगी हुने विज्ञहरू बताउँछन्।

उपत्यकामा बाल्मीकि विद्यापीठ र नेपाल विज्ञान प्रविधि प्रतिष्ठानबाट ग्रहण अवलोकन र अध्ययनको व्यवस्था मिलाइएको छ।

ग्रहण हेर्ने तयारीमा यस वर्ष वाल्मीकि विद्यापीठका विद्यार्थी जुटेका छन्। स्वतन्त्र विद्यार्थी युनियन तथा ज्योतिष विभागको संयुक्त आयोजनामा उपप्रध्यापक जयन्त आचार्यले २ वटा टेलिस्कोप र २० वटा विशेष चश्माको माध्यमबाट अवलोकन गराउने छन्। विद्यार्थी र अन्य गरी करिब २ हजारलाई ग्रहण अवलोकन गराउने लक्ष्य रहेको स्ववियु सभापति रमेश रिजालले जनाए।

ज्योतिषतर्फ शास्त्री तेश्रो वर्षका विद्यार्थी अच्यूत लोहनी अध्ययनलाई व्यवहारमा प्रयोग गर्न पाउँदा खुशी लागेको बताउँछन्। ग्रहणको अवसर पारी शुक्रबार बाल्मीकिका विद्यार्थीले सूर्य, चन्द्रमा र पृथ्वीको दूरी तथा सूर्यको तहबारे विशेष अध्ययन गर्ने छन्।

विद्यार्थीलाई २५ र अन्यलाई ५० रुपियाँ लिएर ग्रहण हेर्ने विशेष चश्माद्वारा ३० सेकेन्ड ग्रहणको अवलोकन गराइने छ। नास्टले भने शुक्रबार निःशुल्क ग्रहण अवलोकन गराउने प्राज्ञ ऋषि शाहले जनाए।

शाहले विद्यार्थी तथा खगोलसँग रुचि राख्ने अनुसन्धानकर्ताका लािग यो ग्रहण वैज्ञानिक दृष्टिले महŒवपूर्ण भएको जनाए।

नास्टमा विज्ञान तथा प्रविधिमन्त्री इन्द्र ढुंगेलले पनि ग्रहण अवलोकन गर्नेछन्। वाल्मीकि विद्यापीठ र नास्टमा १२ बजे देखि चार बजेसम्म ग्रहण अवलोकन गराइने छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

समाज

onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली