Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

ब्राह्मण समुदायद्वारा छुट्टै राज्यको माग

smaller text tool iconmedium text tool iconlarger text tool icon
रत्ननगर (चितवन), मंसिर २१- चितवन जिल्लालगायत आसपास क्षेत्रका ब्राह्मण जातिले छुट्टै प्रान्तीय राज्यको माग गरेका छन्।

ब्राम्हण जातिको उल्लेख्य उपस्थिति हुँदाहुँदै चितवनलाई विभिन्न जातिले आफ्नै राज्यको माग राख्न थालेपछि ब्राम्हण समाज, चितवनले भरतपुरमा एक कार्यक्रमको आयोजना गरी छुट्टै राज्यको माग गरेको हो।

चितवन, नवलपरासी र मकवानपुरका केही क्षेत्रसहित समेटेर छुट्टै राज्य हुनुपर्नेमा उनीहरुले जोड दिए।

समाजले नवलपरासीको दाउन्ने डाँडादेखि चितवनसहित पूर्वी मकवानपुरको गढीसम्म नारायणी प्रान्त्ाको माग गरेको हो।

ब्राह्मणलगायत क्षेत्री र ठकुरी जातिको आवाज हालसम्म कुनै तर्फबाट नआएको भन्दै समाजले आफूहरु सङ्गठित भएर हकअधिकारका लागि अगाडि आउनु परेको समाजका अध्यक्ष काशिराम पौडेलले बताउनुभयो।

समाजले कुनै जातिविशेषको प्रदेश हुन नहुने समेत स्पष्ट पारेको छ। समाजले आफूहरु जातीय सद्भावमा दृढ रहेको र समानुपातिक हिसाबमा सङ्घीय हुनपर्नेमा जोड दिएको छ।

जिल्ला विकास समिति, चितवनले दिएको जानकारीअनुसार चितवनमा ब्राम्हण समुदायको सङ्ख्या दुईलाखको हाराहारीमा रहेको छ। समाजले ब्राम्हण समुदायबाहेक उल्लेख्य जनसङ्ख्या रहेको क्षेत्री र ठकुरी समुदाय पनि एक रहेको बताएको छ। चितवनमा करिब पाँचलाख जनसङ्ख्या रहेको छ। (रासस)

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज

Nagarik Offer