Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

पञ्चेश्वर फिर्ता नगरे आन्दोलन

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, मंसिर १८ (नागरिक)- जनमोर्चा नेपालले पञ्चेश्वर परियोजना राष्ट्र हितविरुद्ध भएको दाबी गर्दै भारतसँग सम्झौता नगर्न सरकारलाई आग्रह गरेको छ।

जनमोर्चाले बुधबार विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता एवं भौगोलिक अस्तित्व नै खतरामा पर्ने उक्त योजना फिर्ता नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

'राष्ट्रघाती एवं कथित एकीकृत महाकाली विकास सन्धि नेपाल तथा नेपाली जनताको हितमा नभएको र यसले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र हाम्रो प्राकृतिक स्रोतको बाँडफाँट तथा उपयोग सम्बन्धमा गम्भीर आँच पुर्‍याएकाले यसको सर्वाङ्ग पक्ष असमान एवं राष्ट्र्रघाती रहेको छ,' विज्ञप्तिमा भनिएको छ।

२०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हस्ताक्षर भई २०५३ असोज ४ गते संसदबाट महाकाली सन्धि पारित भएको थियो। यही मंसिर ५-७ गतेसम्म पोखरामा सम्पन्न नेपाल-भारत संयुक्त जलस्रोत समितिको बैठकले पुनः 'पञ्चेश्वर विकास प्राधिकरण' गठन गरी आयोजना अघि बढाउने निर्णय गरेको थियो। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज

Nagarik Offer