शिक्षकले नै ठप्प पारे मुलुकभरिका विद्यालय

smaller text tool iconmedium text tool iconlarger text tool icon
६५ लाख विद्यार्थी पढाइबाट बञ्चित
दीपक दाहाल, काठमाडौं, साउन १४- शैक्षिक गणतान्त्रिक मञ्चले आज बुधबारदेखि देशभरका निजी तथा सामुदायिक विद्यालय तीन दिनसम्म बन्द गराएको छ।  बन्दका कारण देशभरका निजी तथा सार्वजनिक विद्यालयमा अध्ययनरत ६५ लाख विद्याथार्थी पढाईबाट बञ्चित भएका छन्।

विगतमा शिक्षा मन्त्रालयले गरेका सहमतिको कार्यन्वयको माग गदै मञ्चले साउन १४ १५ र १६ गते बन्द आव्हान बन्द आह्वान गरेको हो।

मञ्चले निजी विद्यालयमा कार्यरत शिक्षकको तलब सरकारी सरह बनाउनुपर्ने विद्यालयलाई कम्पनी ऐन अन्तर्गत दर्ता गर्नुपर्ने प्रावधान खारेजी, सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण अस्थायी शिक्षकको स्थायी राहत दरवन्दीमा कार्यरत सम्पूर्ण शिक्षकलाई उमेरको हदबन्दी नलाग्नेगरी दरबन्दीमा रुपान्तरण, निजी स्रोतमा कार्यरत शिक्षकहरुलाई दरबन्दी उपलब्ध गराइ सेवा अवधी समेत गणना गर्नुपर्ने लगायतका मागहरु अगाडी सारेको छ।

सरकारले यी अधिकांश मागहरुमा कुनै न कुनै संगठनसँग सहमति गरिसकेको छ।
बन्दलाई रोक्न विभिन्न शिक्षक संगठन मानवअधिकारकर्मी र अविभावक संघ संस्थालले साँझसम्म प्रयास गरेको भएपनि सहमति हुन सकेन्। आन्दोलनरत संगठनका प्रतिनिधिसँग शिक्षा मन्त्री रामचन्द्र कुसवाहाले आफू एक्लैले ती माग पूरा गर्न नसक्ने बताएका थिए। 'माग पूरा गर्ने काम बुता बाहिरको हो भने प्रधानमन्त्री र अर्थ मन्त्रीसँग छलफल गरेर खवर गर्छु भनेका थिए तर अहिलेसम्म कुनै खवर आएको छैन्।' मञ्चका उपाध्यक्ष होमकुमार थापाले मंगलबार साँझ नागरिकलाइ भने - 'हामीले बन्दको आह्वान फिर्ता लिन सकेनौं।'

अपरान्ह चार बजे वार्ताको लागि मन्त्रालयमा बोलाइएको भएपनि प्रधानमन्त्री र अर्थमन्त्रीको सहमति लिने भन्दै शिक्षा मन्त्री रामचन्द्र कुसवाहा बाहिरिएका थिए। 'एउटै ढोकाबाट छिरेर पढाउने शिक्षक १४ थरी छन् उही तहमा उही कुरा पढाउने शिक्षकलाई यतिधेरै विवेध छ र पनि राज्य त्यसलाई पूरा गर्न लाग्दैन्'- थापाले भने- 'आन्दोलन बाध्यता हो रहर होइन्।'

माचले गत साउन ९ गते पाँर्चै विकास क्षेत्रका क्षेत्रीय शिक्षा निर्देशनालयमा धर्ना ११ गते माचसँग आवद्ध संस्थाहरुका घटकसँग आन्दोलनको सान्दर्भिकता बारेमा अन्तरक्रिया साउन १३ देखि शिक्षा विभाग धर्ना १५ र १६ मा मन्त्रालय घेराऊ गरिसकेका छन्। मञ्चमा अखिल नेपाल शिक्षक संगठन नेपाल विद्यालय कर्मचारी परिषद् अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समिति नेपाल संस्थागत विद्यालय शिक्षक यूनियनलगायतका संस्था आवद्ध छन्।

निजी विद्यालयको संगठन प्याप्सनका अध्यक्ष भोजबहादुर शाहले बन्द 'सस्कृति' बन्दै गएको भन्दै चिन्ता व्याक्त गरे। शिक्षा पत्रकार समूले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाहले बन्दले विद्यार्थीमा अन्यौल निरासा घट्दै गएको र भविष्य प्रतिको चासो विस्तारै हराउन थालेको बताए। उनले विद्यालयलाई शान्ति क्षेत्र घोषण गर्नुपर्ने माग दोहोर्याए।

प्याप्सनकाअनुसार २०६६ बैशाखदेखि साडे १२ दिन पूर्ण रुपमा र ३ दिन आंशिक रुपमा विद्यालय बन्द भइसकेको छ। बिद्यालयमा दैनिक ६ घण्टा पढाई हुने आधारमा तीन दिनको बन्दले देशभरका ६५ लाख विद्यार्थीको ११ करोड ७० लाख शैक्षिक घण्टा ४८ लाख ७५ हजार शैक्षिक दिन १३ हजार ५ सय ४१ शैक्षिक वर्ष खेरा जान्छ । ुनारामा नयाँ नेपाल बनाउने कुरा छ एकदिन पनि पढाई बन्द गराएर त्यो संभव छैन् ।ु मानव अधिकारकर्मी सुदिप पाठकले बताए।

सरकारले तत्कालै शिक्षकहरुका सवै माग पूरा गर्न २ अर्व भन्दा बढी रकम आवाश्यक लगायत नयाँ रुपमा असन्तुष्टि जन्मिने बताएको छ।

शिक्षा विभागका निर्देशक विष्णुकुमार देवकोटाले सरकारले क्रमशः शिक्षकहरुको माग पूरा गदै जाने भन्दै बन्द त्यागेर वार्तामा आउन आग्रह गरे। अविभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षाको मागप्रति असंवेदनशील सरकार र विद्यार्थी प्रति गैरजिम्मेवार आन्दोलनकारीको मारमा विद्यार्थी परेको बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज