काठमाडौं, साउन १३ (नागरिक)- ५ सय ५५ ग्राम सेतो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसरको टोलीले ४६ वर्षका शुक्र गुरुङ र ३६ वर्षको हरि कार्कीलाई कोटेश्वरबाट पक्राउ गरेको हो। गुरुङ काभ्रेका हुन भने कार्की दोलखाका हुन। बरामद हेरोइनको बजार मूल्य ५० लाख रुपैयाँ रहेको जानकार प्रहरी अधिकारी बताउँछन्।
प्रारम्भिक अनुसन्धानबाट दुवै अभियुक्त हेरोइन कारोबारमा संलग्न रहेको परिसर अधिकारीले बताएका छन्।
प्रतिक्रियाहरू (2)



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





