Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

पूर्वराजा ज्ञानेन्द्र दुःखी

smaller text tool iconmedium text tool iconlarger text tool icon
महायज्ञमा दुई लाख दान-
काठमाडौँ, साउन १२ (नागरिक)- पूर्वराजा ज्ञानेन्द्र शाहले आफू सहभागी कार्यक्रममा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गरेका छन्। उनका निजी सचिव फणी पाठकले विज्ञप्ति जारी गरेर दुःख व्यक्त गरेका हुन्।

भक्तपुरको चित्तपोल- ७ भंगालमा आयोजित महायज्ञ समापनमा गएका बेला पूर्वराजाका सुरक्षाकर्मीले सोमबार सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका थिए।

'लटरम्मेश्वर शिव मन्दिर निर्माणार्थ सञ्चालन गरिएको महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भई फिर्ता हुने क्रममा आयोजक, सञ्चारकर्मी र सुरक्षाकर्मी बीच घटेको दुःखद घटना प्रति दुख व्यक्त गरेको छ,' पूर्व राजाका स्वकीय सचिव पाठकद्वारा जारी विज्ञप्तिमा छ।

दुई लाख दान-
सो महायज्ञमा पूर्वराजाले दुईलाख रूपैयाँ दान गरेको श्रीमदभागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिलाई उद्‍धृत गर्दे राससले जनाएको छ। हिजो सम्पन्न भएको महायज्ञमा कूल ४५ लाख रुपैयाँ संकलन भएको छ।

स्थानीय चित्तपोल गाउँ विकास समिति-७ भङ्गालमा लटरम्मेश्वर महादेव तथा सतिदेवीमाता मन्दिर निर्माण र काभ्रेको महेन्द्र माध्यमिक विद्यालयलाई उच्चमाध्यमिक विद्यालयमा परिणत गर्न महायज्ञ गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रियाहरू (1)Add Comment
0
binaya sitoula
July 28, 2010
202.79.35.88
भोट: +3
...

उनले गरेको सहयोग धेरै राम्रो छ।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज