ताप्लेजुङ, चैत ५- ताप्लेजुङको नाङखोल्याङलगायतका क्षेत्रमा भएको आगलागीमा ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। आगलागीबाट १४ घर ध्वस्त भएका छन् भने ८ कटेरा पनि जलेका छन्। साथै भैंसी, कुखुरा, बाख्रा र गाईसमेत मरेका छन्।
हिजो र आज गरी भएको आगलागीमा १४ घर ध्वस्त भएका हुन। नाङखोल्याङमा मात्र हिजो भएको आगलागीमा परी ५६ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। उता ताप्लेजुङकै चाङ्गे गाविसमा आज भएको आगलागीमा २ वटा घर जलेर नष्ट भएका छन् भने थुम्बेदिनमा समेत थप २ जलेर नष्ट भएका छन्।
नाङखोल्याङमा हिजो भएको आगलागीमा परी १० वटा घर, ८ वटा कटेरा र पशु चौपायासमेत क्षति भएको छ। जिल्ला रेडक्रस सोसाइटीका अनुसार आगलागीमा परी १ गाई, २३ बाख्रा, ६२ कुखुरा, ३ भैंसी, १ गोरु तथा ३ मौरी घारसमेत गरी ५५ लाख ८६ हजार बराबर क्षति भएको प्रारम्भिक अनुमान छ।
उता चाङ्गे गाविसमा आज दिउसो भएको आगलागीमा परी स्थानीय दीननाथ कोइरालाका २ वटै घर जलेर ध्वस्त भएका छन्। यसैबीच थुम्दिनमा समेत २ वटा घर जलेर नष्ट भएका छन्। योसमेत गरी ताप्लेजुङमा भएका दुई आगलागीका घटनामा ८० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।
- खगेन्द्र अधिकारी

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook