रुद्र खड्का, नेपालगन्ज, चैत ३- बाँकेको महादेवपुरी-२ बुचनापुर की ३० वर्षीया चन्द्रमाया ओलीले २ वर्षका छोरा र ५ वर्षीय छोरीलाई विष खुवाइ आफूले पनि आत्महत्या गरेकी छन्।
श्रीमान् टेकबहादुर ओलीसँग औषधी उपचार गर्ने कुरामा विवाद भएपछि आइतबार घर छाडेकी चन्द्रमाया मङ्गलबार घरनजिकैको झिंझरी सामुदायिक वनमा छोराछोरी काखीमा च्यापेर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन्।
इलाका प्रहरीका कार्यालय कोहलपुरका प्रमुख प्रहरी निरीक्षक रुपेश रावलका अनुसार आत्महत्या गर्नुअघि चन्द्रमायाले छोरा रनदीप र छोरी विजयाशान्तिलाई चाउचाउमा विषाक्त औषधी थायोडिन मिसाएर खुवाएको पाइएको छ।
चन्द्रमाया लामो समयदेखि हड्डीसम्बन्धी रोगबाट ग्रसित भएको श्रीमान् टेकबहादुरले बताए। 'चैत १ गते पनि औषधी गर्ने कुरामा झगडा भएको थियो', श्रीमानले भने- 'त्यसपछि हराएकी श्रीमती र छोराछोरी मृत भेटिए।'
गाउँमा अन्यको तुलनामा टेकबहादुरको आर्थिक अवस्था कमजोर भएका कारण गरिबीका कारण आत्महत्या गरिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook