Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

सुरक्षा माग्दै विराटनगर बन्द

smaller text tool iconmedium text tool iconlarger text tool icon
पेटको गोली झिक्न साढे चार घण्टा लाग्यो
अजित तिवारी, विराटनगर, फागुन २८- मोरङ जिल्ला इन्चार्ज परशुराम बस्नेतलाई हतियारधारी समूहले हानेको विरोधमा युथफोर्सले शुक्रबार विराटनगर बजार बन्द गराएको छ। बजार बन्दको क्रममा केही सवारी साधन तोडफोड भएका छन्। बजारमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ।

अपराधीलाई कारवाही गर्न र सुरक्षाको माग गर्दै युथफोर्सका कार्यकर्ताहरुले बिराटनगरको जनआन्दोलन चोकमा विरोध प्रदर्शन गरेका छन्। सुरक्षाको माग गर्दै निस्केको युवाहरुको र्‍यालीले बिराटनगरको विभिन्नभागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर ज्ञापनपत्र बुझाएका छन्।

हिजो प्रहार गरिएको गोली गोली तल्लो पेटबाट भित्र पसेर ‘स्याकरुम' हड्डीलाई टुक्राटुक्रा पार्दै आन्द्रा र पिसाव थैलीमा समेत चोट पुर्‍याएको चिकित्सकहरुले बताएका छन्।

विहीवार साँझ मोटरसाईकल चढेर आएका हतियारधारीको समूहले बस्नेतमाथि विराटनगरको जनपथटोलमा गोली प्रहार गरेका थिए। ढाड र खुट्टामा दुई गोली लागेको बस्नेतको राती नै साढे चारघण्टा लगाएर नोवेल मेडिकल कलेजमा शल्यक्रिया गरी गोली झिकिएको छ।

अस्पतालले बस्नेतको स्वास्थ्यस्थितिका विषयमा जानकारी दिन शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनको दाँहिने खुट्टामा लागेको गोली भित्र पसेर मासुलाई मात्र चोट पुर्‍याएर बाहिर निस्केको जनाएको छ। गोली लाग्नेबित्तिकै उपचारका लागि न्यूरो अस्पतालमा लगिएको बस्नेतको उपचार त्यहाँ सम्भव नभएपछि नोवेलमा रेफर गरिएको थियो।

‘जनरल सर्जन र अर्थोपेडिक सर्जनहरुको टोलीले बस्नेतलाई लागेको गोली साढे चारघण्टासम्मको शल्यक्रियापछि झिकेको छ'-नोवेल अस्पतालद्वारा जारी स्वास्थ्य बुलेटिनमा भनिएको छ,‘शल्यक्रिया प्राविधिक हिसावले अत्यन्तै जटिल र खतरापूर्ण थियो।' बस्नेतलाई ४८ घण्टा अझ सघन चिकित्साको आवश्यकता रहेको नोवेलले जनाएको छ। बस्नेतसँगै गोली लागेका युथफोर्सका अर्का कार्यकर्ता परशुराम राईको पनि उपचार भइरहेको छ।

बस्नेतमाथि गोली प्रहार गरिएको घटनाको जिम्मेवारी तराईमा सशस्त्र गतिबिधि गर्दै आएको दुईवटा संगठनले लिएको छ। स्थानीय पत्रिकामा फोन गरेर जयकृष्ण गोइतको नेतृत्वमा रहेको अखिल तराई मुक्ति मोर्चा र राजन मुक्तिको नेतृत्वमा रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले घटनाको जिम्मेवारी लिएको छ।
मोरङ एमालेको जिल्ला सदस्यसमेत रहेका बस्नेतलाई दुई वर्षअघि पिपुल्स भोलेन्टीयर्सको नगरइन्चार्ज हुँदा हातको पाखुँरामा गोली हानिएको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज

Nagarik Offer