छोटा राजनले जिम्मा लियो-
काठमाडौं, माघ २५ (नागरिक)- जमिम शाह हत्या प्रकरण छानबिन गर्न गठन भएका समितिको सङ्ख्या ३ पुगेको छ। सरकारले शाह हत्याको न्यायिक छानबिन गर्न पूर्व न्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि समितिको सङ्ख्या ३ पुगेको हो ।
सरकारले गठन गरेको आचार्य समितिका सदस्यहरुमा राष्ट्रिय राष्ट्रिय अनुसन्धान विभाग प्रतिनिधि, नेपाल प्रहरीका एआइजी, महान्यायाधिवक्ताको कार्यालय प्रतिनिधि र एकजना सुरक्षाविज्ञ छन्।
त्यसअघि नै प्रहरी प्रधान कार्यालयले डीआइजी राजेन्द्रमान सिंह भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन भइसकेको थियो। भण्डारी समितिमा एसएसपी रणबहादुर चन्द, एसपी जीवन बस्नेत, डीएसपी जगतमान श्रेष्ठ र दिवस उदास छन्। समितिका अधिकांश सदस्यहरु मिर्जा दिलसाद बेग हत्याकाण्डमा अनुसन्धान गरेका अधिकृत हुन्। ११ वर्षअघि मिर्जाको हत्या भारतीय अन्डर वर्ल्ड अपराधी छोटा राजन समूहले गरेको थियो।
सोमबार नै महानगरीय प्रहरी आयुक्तको कार्यालयले एसएसपी माधव नेपालको संयोजकत्वमा पाँचै सदस्य अनुसन्धान समिति गठन गरी घटनाको अनुसन्धान अघि बढाएको छ। समितिमा एसपी शिव लामिछाने, दिनेश अमात्य सहितका प्रहरी अधिकृत छन्।
छोटा राजनले लियो जिम्मा
जमिम शाहको हत्याको जिम्मा छोटा राजन समूहले लिएको छ। एभिन्युज टेलिभिजनलाई फोन गर्दै समूहका सदस्य बताउने भरत नेपाली नामका व्यक्तिले भारतविरोधी कार्य गरेकोले शाहको हत्या गरेको बताएका हुन्। अपराधीले खुल्लमखुल्ला सञ्चारमाध्यमलाई फोन गर्दै जिम्मा स्वीकार्दै गर्दा प्रहरीले घटनाको अनुसन्धान गर्न डीआईजी राजेन्द्रमान सिंह भण्डारीको नेतृत्वमा स्पेसल टास्क फोर्स गठन गरेको छ।
छोटा राजन भारतका अण्डरवर्ल्ड डन दाउद इब्राहिमका प्रतिस्पर्धी हुन्।
प्रहरी चुकेको हो : गृह राज्य मन्त्री
त्यसैगरी गृह राज्य मन्त्री रिजवन अन्सारीले हिजोको घटनामा प्रहरी चुकेको स्वीकार्दै अनुसन्धानले धेरै कुरा खुलाइसकेकोले छिट्टै अपराधी पक्राउ पर्ने दावी गरेको। हत्यामा राष्ट्रिय,अन्तर्राष्ट्रिय अपराधी संलग्न रहेको उनले बताए।
जमिम निवासमा नेताहरु
सोमबार प्रधानमन्त्री माधवकुमार नेपाल जमिम शाहको निवासमा पुगी शोकाकूल आफन्तजनलाई भेटेका छन्। त्यसैगरी सोमबार बिहान एनेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई पानीपोखरीस्थित जमिम निवास पुगेका थिए।
शाहको अन्त्येष्टी मुस्लिम परम्परा अनुसार पर्सि हुने पारिवारिक स्रोतले जनाएको छ। पोस्टमार्टमपछि उनको शवलाई हाल जमिम निवास पानीपोखरीमा नै राखिएको छ।

बुकमार्क
यसलाई ई-मेल गर्नुस्
प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook