जनतान्त्रिक केन्द्रीय सदस्य पक्राउ

smaller text tool iconmedium text tool iconlarger text tool icon
कपिलबस्तु, माघ २४ (नागरिक)- प्रहरीले संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा(पवन समूह)का केन्द्रीय सदस्य राज गुरु भनिने रविदत्ता मिश्रालाई आइतबार सार्वजनिक गरेको छ।

मिश्रालाई शनिबार कपिलबस्तुको सोमडी गाबिस १ तौलिहवा मजोरपुर-तौलिहवा सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनी सो समूहको पश्चिम तथा सुदुर पश्चिम कमाण्डको प्रमुख रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनका साथबाट इटालीयन पेस्तोल एक थान, एउटा म्यागेजिन र २ राउण्ड गोली पनि बरामद भएको जनाएको छ।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज