काठमाडौं, माघ २४ (नागरिक)- सरकारले निजामती अस्पतालका कार्यकारी निर्देशक डा. बिमलकुमार थापालाई बर्खास्त गरेको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले माओवादी नेतृत्वको सरकारका पालामा चार वर्षका लागि नियुक्त थापालाई डेढ वर्षमै हटाएको हो।
सरकारले थापालाई हटाए पनि उक्त अस्पतालमा नयाँ कार्यकारी निर्देशक भने नियुक्त गरेको छैन। उनी तत्कालीन सामान्य प्रशासनमन्त्री पम्फा भुषालको पालामा कार्यकारी निर्देशक नियुक्त भएका हुन्। निजामती अस्पताल सामान्य प्रशासन मन्त्रालय मातहतको अस्पताल हो।
बुकमार्क
यसलाई ई-मेल गर्नुस्
प्रतिक्रियाहरू (0)


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



