Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

दुर्व्यवहार गरेको भन्दै परीक्षा बहिष्कार

smaller text tool iconmedium text tool iconlarger text tool icon
बर्दिया, माघ २४- उच्च माध्यमिक शिक्षा परिषदद्वारा सञ्चालित कक्षा १२ को विशेष परीक्षा बर्दियाका परिक्षार्थीले बहिष्कार गरेका छन्। आफूहरूमाथि दुर्व्यवहार भएको, परिक्षार्थीलाई जिल्ला शिक्षा कार्यालयले काजको व्यवस्था गर्नुपर्ने मागसहित उनीहरूले नेपालगन्जको मङ्गलप्रसाद माविमा सञ्चालित सो परीक्षा बर्दियाका ३ सय ८१ जना शिक्षक परिक्षार्थीले बहिष्कार गरेका हुन्।

एउटै विद्यालयका एकदेखि चार जनासम्म शिक्षक परीक्षा दिन जाँदा विद्यालय नै बन्द हुने अवस्था र परिक्षार्थीका रूपमा रहेका महिला शिक्षक स–साना काखे बालक च्यापेर नेपालगन्जस्थित परीक्षा केन्द्रमा परीक्षा दिन जान असमर्थ रहेको बताउँदै उनीहरूले परीक्षा केन्द्र सदरमुकाम गुलरियामा नै कायम हुनुपर्ने मागअघि सार्दै आन्दोलन गर्दै आएका थिए।

आर्थिक अवस्था कमजोर भएका अधिकांश शिक्षकहरू नेपालगन्जमा होटल वा डेरा लिइ बस्नसक्ने अवस्था नरहेकाले बर्दिया सदरमुकाम गुलरियास्थित कुनै पनि विद्यालय वा क्याम्पसमा परीक्षा केन्द्र कायम हुनुपर्छ- सर्ङ्घष समितिका अध्यक्ष लिला भाटले भने।

माग पूरा नभएकाले अब कडा सर्ङ्घषमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज

Nagarik Offer