Wednesday 12 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

जिल्ला प्रहरी कार्यालय भित्रै गरे प्रहरी जवानले आत्म हत्या

  • आइतबार ९ फागुन, २०७२
  • हीराबहादुर घर्तीमगर
  • Be the first to comment!
(0 votes)
रोल्पा–जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत एक प्रहरी जवानले कार्यालय परिसर भित्रै आत्म हत्या गरेका छन्। राधापुर–४ बाँकेका ३४ वर्षीय होमबहादुर थापाले आत्म हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय भित्रै सुत्ने कोठाको रुपमा प्रयोगमा रहेको व्यारेकको कोठा भित्र उनले शनिबार आत्महत्या गरेका हुन्।
nepali-patro-may
थापाले जुत्ताको तुनाको सहाराले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनायो। वेलुका रोलकालमा नगएका थापाको खोजी गर्दा कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए।

थापा सुत्ने कोठामा ढोकामा चुकुल लगाएर झुण्डिएका थिए। थापासँग एउटै कोठामा सुत्ने महेश भण्डारीले बाहिरबाट ढोका ढक्ढकाउँदा नखोलेपछि प्रहरीले ढोका फुटाएर भित्र पसेका थिए। प्रत्यक्षदर्शीका अनुसार उनी जुत्ताको सेतो तुनालाई दोहोरो पारेर झुण्डिएका थिए।

जिप्रकाका अनुसार २०६२ फागुन २५ गतेबाट प्रहरी सेवामा प्रवेश गरेका थापा दुई वर्ष अघिदेखि जिल्लामा कार्यरत थिए। जनतालाई सेवा दिने प्रहरी नै झुण्डिएर आत्महत्या गरेको थाहा पाए पछि जिल्ला प्रहरी कार्यालय वरीपरी सर्वसाधारणको भिड लागेको थियो।

कार्यालयका अन्य प्रहरीहरु डिउटीमा गएको मौका छोपी उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ। थापाले आत्म हत्या गर्नुको कारण भने अझैं खुल्न सकेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ । पछिल्लो समय जिल्लामा आत्म हत्या घटनामा अत्यधिक मात्रामा वृद्धि हुँदै गएको प्रहरीको अभिलेखबाट देखिन्छ । प्रहरीले आत्म हत्या बढ्नुको खास कारण भने पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया

तीन महिनामा ६० जना जेल चलान

उदयपुर-वर्षाैंदेखि अदालतले दोषी ठहर गरी दण्ड, जरिवाना र कैद तोकिएका प्रहरी नजरका 'फरार' पाँच दर्जन अभियुक्त पक्राउ परेका छन् । प्रहरीले चालेको 'भिगरस अप्रेसन' अन्तरगत तीन महिनामा ६० अपराधी पक्राउ...

एक किलो सुनसहित दुई भारतीय पक्राउ

लुम्बिनी (रुपन्देही)-एक किलो सुनसहित दुई भारतीय नागरिक भैरहवाबाट पक्राउ परेका छन् ।

२६ दलाल पक्राउ परेकै रात यातायात कार्यालयमा तोडफोड

काठमाडौं– यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमतीको ललितपुर एकान्तकुनास्थित कार्यालयमा तोडफोड भएको छ।

घर–घरमै सामाजिक सुरक्षा भत्ता

घर–घरमै सामाजिक सुरक्षा भत्ता

इटहरी–सुनसरी इटहरी–३ की ७९ वर्षीया चन्द्रमाया विश्वकर्माका श्रीमान थुप्रै वर्षअघि बिते। छोराछोरी छैनन्। श्रवणशक्ति कमजोर भएकी उनलाई पाँच महिना अघिसम्म सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सुनेपनि त्यो कसरी पाउने...

छोरी बेच्ने र बलात्कार गर्न खोज्ने पक्राउ

मलेखु (धादिङ),- आफ्नै छोरीलाई ललाइफकाइ दलालको हातमा बिक्री गर्न लागेका नुवाकोट जिल्ला उर्लेनी बस्ने ४८ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरी मङ्गलबार साँझ जिल्ला अदालतमा पेस गरेको छ ।

अज्ञात राेगले दुई बालककाे मृत्यु

जुम्ला– अज्ञात रोगका कारण तातोपानी ६ जर्मी गाउँका दुई जना बालबालिकाको मृत्यु भएपछि गाउभरी त्रास फैलिएको छ। अइताबार जिल्लाको तातोपानी ६ जर्मीगाँउमा अज्ञात रोगका कारण २ बालकको मृत्यु भएपछि गाउँमा...

दाइजोले जेलिएको मधेस

वीरगन्ज–बाराको महागढीमाई नगरपालिकाको बरियारपुरबाट २४ वर्षीया राधादेवी साह गत फागुन १० मा वीरगन्ज –१५ मुर्ली बगौचा बस्ने इन्जिनियर सुभाषप्रसाद साहसँग बिहे भएर आइन्। गत शुक्रबार साँझ उनी श्रीमानको घरमा आफू...

बाढीले बगाउँदा दुईको मृत्यु, चार घाइते

बाजुरा-बाजुरा जिल्लाको रुगिन गाविस–६ मा गएराति आएको बाढीले बगाएर दुई बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।