Wednesday 22 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

दुर्व्यसनीको साउण्ड बक्स खोल्दा...

(0 votes)
दुर्व्यसनीको साउण्ड बक्स खोल्दा...
ललितपुर–ललितपुर प्रहरीले लामो समयदेखि लागूऔषधको बेचबिखनमा संलग्न दुईजनालाई पक्राउ गरेको छ।
nepalipatr-april

महानगरीय प्रहरी परिसर ललितपुरले सातसय १५  थान डाईजापाम, नुफिन, लोकोजेसिक, एभिल फेनारगन, नाईट्राजेपाम ट्याब्लेट र नगद ९८ हजारसहित काभ्रेका कृतन लामा र सरोज शिवभक्तीलाई पक्राउ गरेको हो।

परिसरका एसएसपी पीताम्बर अधिकारीले ललितपुरका विभिन्न स्थानमा सम्पर्कमा रहेका दुर्व्यसनीलाई लामा र शिवभक्तीले १५ सय रुपैयाँमा चारथान एम्पल बेच्दै आएको बताए। उनका अनुसार दुबै लागूऔषधका नियमित प्रयोगकर्ता समेत हुन। 

प्रहरीका अनुसार झोलामा केही थान एम्पल भेटेपछि सोधपुछ गर्दा ललितपुरको नःवहालमा रहेको कोठाबाट साउण्ड बक्समा लुकाएर राखेको अवस्थामा थप लागूऔषध बरामद भएको हो। प्रहरीले दुबैलाई लागूऔषध कारोबार मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

Culprits 2

प्रतिक्रिया

नक्कली प्रमाणपत्रधारी को–पाइलट पक्राउ

काठमाडौं–नक्कली शैक्षिक प्रमाणपत्रका अाधारमा  विमान चालक अनुमति पत्र लिइ विमान उडाउँदै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। गोमा एयरको को–पाइलटमा कार्यरत नक्कली प्रमाणपत्रधारी धनुषाको भरतपुर–१ स्थायी घर भएका ३६...

कालिकोटमा भूकम्पको धक्का

काठमाडौं– बुधबार विहान कालिकोटमा भूकम्पको झड्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार विहान ११ बजेर १७ मिनेटमा कालिकोट केन्द्रविन्दु भएर  ४ रेक्टरस्केलकाे भूकम्प गएको हो।

बन्दले विद्यार्थीमा तनाव

बन्दले विद्यार्थीमा तनाव

काठमाडौं- बिहान घरको सबैथोक मिलाएर कालिमाटीको निलवाराही स्कुल पुगेकी मनिका राई एक्कासि स्कुल बन्द भएको देख्दा दिक्क बनिन् । कक्षा ८ की छात्रा राईलाई मंगलबार किन स्कुल बन्द भएको थाहा...

डेढ किलो सुनसहित पक्राउ

चितवन–मकवानपुर प्रहरीले अवैध रुपमा डेढ किलो सुन ल्याएको आशंकामा बुधबार बिहान सवेरै एक जनालाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैया जाँदै गरेको बा ३ ख ४७४६ नम्बरको यात्रु बस चेक...

अभिभावकले चलाए बालशिक्षा

खोटाङ– दिक्तेल नगरपालिका ६ सोल्मास्थित बन्द विद्यालयमा अभिभावकले बालविकास केन्द्र सञ्चालन गरेका छन् । कार्यरत शिक्षकको अनियमितता र अभिभावककै वेवास्ताका कारण दुई वर्षअघि बन्द भएको बालकन्या प्राविमा अभिभावकले बालविकास केन्द्र...

मानव तस्करीमा नेपालगन्ज नाका, भूकम्पयता ७३७ महिलाको उद्धार

कोहलपुर— मानव तस्करीमा संलग्न गिरोहले सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, नुवाकोट, सिन्धुली, खोटाङ, धादिङलगायत भूकम्पप्रभावित जिल्लाका महिलालाई भारत हुँदै खाडीलगायत मुलक पठाउन नेपालगन्ज नाका प्रयोग गर्दै आएको छ।

पानी अभावमा भक्तपुरवासी काकाकुल

भक्तपुर— खानेपानी अभावमा पिल्सिएका भूकम्पपीडित भक्तपुरवासी यतिखेर भूकम्पमा भत्केका घरको भग्नावशेष हटाएर घर बनाउनु भन्दा पनि खानेपानी कसरी जोहो गर्ने चिन्तित छन् । खडेरीसँगै पानीको हाहाकारले भूकम्पपीडित अझ पीडित भएका...

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

काठमाडौं— अमेरिका स्थायी बसोबासका लागि सबैभन्दा सजिलो उपाय मानिएको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०१७ को नतिजा सार्वजनिक भएको छ।