Monday 3 Falgun, 2072 |
Menu

समाज

istl

ज्याद्रो जीव

(0 votes)
ज्याद्रो जीव
अहिले अमेरिकीहरूको सामाजिक सञ्जालमा बिरालो प्रजातिको एउटा जीवको तस्बिर भाइरल भइरहेको छ। यो जनावरको टाउको र पेटमा दुईवटा तीर वारपार भएका छन् । यति हुँदाहुँदै पनि जीव नमरेको र अहिले उसले स्वास्थ्य लाभ गरिरहेको समाचारमा जनाइएको छ।
nepalipatro-nagarik
गत साता अमेरिकी राज्य क्यालिफोर्नियाको एउटा नदीमा यो जीव फेला परेको थियो। रक्ताम्य अवस्थामा फेला परेको यो जीवको टाउको र पेटबाट तीर वारपार भएको देखेपछि धेरैले अनुमान गरेका थिए– अब यो बाँच्दैन। तर, क्यालिफोनिर्यास्थित एनिमल सर्भिस डिपार्टमेन्टले अन्ततः यसको ज्यान जोगाइछोड्यो।

उपचारका लागि जनावरलाई अनेक ठाउँमा शल्यक्रिया गर्नुपरेको एनिमल सर्भिसले जनाएको छ। कसले त्यसरी निर्ममतापूर्वक तीर प्रहार गरेर जनावरलाई घाइते बनाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

'एक अज्ञात व्यक्तिले टेलिफोन गरेर हामीलाई घाइते जनावरबारे जानकारी दिए । घटनास्थलमा पुगेपछि उसको अवस्था निकै दुःखलाग्दो थियो । तर, पनि हामीले उसलाई बचाउन सक्यौँ, जुन खुशीको कुरो हो,' एनिमल सर्भिसका एक अधिकरीले भने ।

प्रतिक्रिया

भाडादर लागू नगर्ने चालकलाई विभागको कारबाही सुरु

काठमाडौँ-यातायात व्यवस्था विभागले माघ २४ गते घटाएको भाडादर यातायात व्यवसायीले लागू नगरेको भन्दै शनिबारबाट निर्णय कार्यान्वयनका लागि कारबाही तीव्ररुपमा अगाडि बढाएको छ।

रेडपान्डा तस्करीमा गिरोह नै संलग्न

इलाम– जिल्लाका उत्तरी 'संवेदनशील' वनबाट विश्वकै दुर्लभ रेडपान्डा हराउने गरेको आशंका भइरहेका बेला प्रहरी रेडपान्डा तस्करीमा संलग्न 'गिरोह नजिक' पुगेको छ।

शिवरात्रीमा शिवासन क्षेत्रमा विशेष धार्मिक कार्यक्रम हुने

शिवरात्रीमा शिवासन क्षेत्रमा विशेष धार्मिक कार्यक्रम हुने

पाल्पा–यो बर्ष नेपालले भूकम्प र नाकाबन्दीजस्ता ठूला संकट भोग्नु परेकोभन्दै संकटमोचन विशेष पूजा अायोजना हुनेभएकाे छ। संकटमोचन कामना गर्दै शिवमूर्तिको महास्नान, हेलिकोप्टरबाट पुष्पवृष्टी, एक करोड दीप प्रज्वलन, होमन गरिने महामृत्युञ्जय...

इन्धन ओसार्ने ठोरीको अवैध नाका अझै चालु

इन्धन ओसार्ने ठोरीको अवैध नाका अझै चालु

चितवन–भारतको अघोषित नाकाबन्दी सकिएर मुख्य नाका बीरगञ्जसमेत पुरानै अवस्थामा सञ्चालन हुँदापनि ठोरी नाकाबाट अवैध रुपमा डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासका सिलिन्डर ल्याउने क्रम अझै रोकिएको छैन।

प्रहरीको मृत्यु

सुरुङ्गा(झापा)-काममा खटिएका सशस्त्र प्रहरीका एक जवानको गएराति मृत्यु भएको छ।

प्रणय दिवस: तन्नेरीको आकर्षण र पाकाको चिन्ता

काठमाडौँ-आइतबार प्रणय दिवस। खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन्। प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । सहरी...

झाडापखालाबाट २ बालकको मृत्यु

दैलेख–जिल्लाको पश्चिमी क्षेत्र तोलीजैसीमा ३ दिनदेखि फैलिएको झाडापखालाबाट २ जना बालकको मृत्यु भएको छ भने २१ बालबालिका बिरामी परेका छन्।

सात वर्ष कतारमा 'कोमा'

सात वर्ष कतारमा 'कोमा'

काठमाडौं- उनी बोल्न, चल्न सक्दैनन्। ह्विलचियरमा बसेर एक टहले हेरिरहेका विष्णुबहादुर सुवेदी सात वर्षपछि नेपाल फर्किएका छन्। स्वदेश फर्कन पाउँदा पनि उनमा कुनै उत्साहउमंगको अनुभूति छैन। सात वर्षदेखि कतारस्थित अस्पतालमा...