18 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

अस्पतालमा मैनवत्तीको भर

(0 votes)
अस्पतालमा मैनवत्तीको भर
जाजरकोट-विद्युत अभावमा जिल्लाको एक मात्र अस्पताल जाजरकोट अस्पतालमा अँध्यारोमै विरामीको उपचार गर्ने गरिएको छ। जिल्ला सदरमुकाम खलंगाको थाप्लेचौरमा रहेको १५ सैयाको जिल्ला अस्पतालमा विजुलीको नियमित र भरपर्दा सुविधा नहुँदा रातिको समयमा विरामीको उपचार मैनवत्तीको भरमा हुने गरेको हो।
nepalipatr-april
अस्प्तालमा भर्ना भएका विरामीहरुको उपचार मैनवत्तीको भरमा गर्दा निकै समस्या हुने गरेको अस्पतालमा कार्यरत अनमी नारायणी शाहले वताइन्। उनले एक जनाले मैनवत्ती देखाउने र अर्कोले विरामीलाई औषधी र उपचारको व्यवस्था गर्नु पर्ने अवस्था रहेको बताइन् । अस्पतालमा भर्ना भएका विरामीहरुलाई रातिमा उपचार गर्दा कहिले काँहि गल्ती पनि हुन सक्ने र यसले विरामीहरु र स्वास्थ्यकर्मी दुवैलाइ समस्या परेको अनमी शाहको भनाई छ।

अस्पतालमा भएका व्याट्रीहरुले विरामी कक्षमा रातको समयमा आवस्यक पावर दिन नसकेका कारण अस्पतालको रात्रीकालीन सेवा प्रभावित भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । केन्द्रिय विद्यूत लाइन नपुगेको सदरमुकाम खलंगा स्थित जिल्ला अस्पतालमा स्थानीय साङट रिसाङ खोला लघु विद्युत आयोजनावाट वितरित विजुलीले नियमित सेवा दिन नसकेपछि अस्पताल प्रशासनले खरिद गरेको ६२.५ केवी क्षमता भएको जेनेरेटर आपतकालीन समयमा मात्र प्रयोग हुन थालेपछि रातमा विरामीको उपचार अँध्यरोमै हुने गरेको हो । प्रति घण्टा ७ लिटर डिजल खर्च हुने उक्त जेनेरेटर भारतीय नाकावन्दीका कारण तेल अभाव हुँदा नियमित रुपमा चल्न नसकेको जिल्ला अस्पतालका डाक्टर दिपक पुनले बताए। जेनेरेटर चलाएर वार्डमा वत्ती बाल्न सक्ने अवस्था जिल्ला अस्पतालसँग नभएको डा.दिपक पुनले बताए । आपतकालीन सेवा वाहेक अन्य काममा जेनेरेटर प्रयोग गर्न नसकिने उनको भनाई छ ।

भुर ६ वाट एक वर्षे छोराको उपचार गराउन जिल्ला अस्पतालमा भर्ना भएकी सीता कुसारीले मैनवत्तीको उज्यालोमा अस्पताल वस्दा निकै समस्या भोग्नु परेको वताइन् । रातको समयमा चर्पी जाने वेला होस या औषधी उपचार गर्ने वेला गतिलो उज्यालो नभएर विरामीहरुले निकै दुख पाउने गरेको कुसारीले वताइन् । उता अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाह स्थानीय खोलावाट उत्पादित विजुलीले अस्पतालमा आवश्यकता अनुसारको पावर दिन नसकेका कारण समस्या परेको बताउँछन् ।

प्रतिक्रिया

बूढापाका लुट्ने गिरोह पक्राउ

बूढापाका लुट्ने गिरोह पक्राउ

ललितपुर- काठमाडौं उपत्यकामा भएका पचासभन्दा बढी एकैप्रकारको लुटको घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। एकआपसमा संकेत र एउटा फलामको टुक्राका भरमा काठमाडौं उपत्यकामा तीन वर्षदेखि लुटमा संलग्न तीन जनासहित...

भूकम्पपीडितलाई थप ११ अर्ब

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई पहिलो किस्ता अनुदान दिन ११ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ थप रकम निकासा गरेको छ। प्राधिकरणले गोरखा, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, दोलखा,...

स्कुल भवन पाउँदा फुरुंग

स्कुल भवन पाउँदा फुरुंग

माल्टा (ललितपुर)- गाउँमुन्तिर राजधानी 'निचोरिएको' कालो पानी (बागमती) खोल्सैखोल्सा तराईतिर लम्कँदैछ। माथितिर खडेरीले फुंग उडेको अग्लो भट्टे डाँडो। ललितपुरको 'कर्णाली' मानिने विकट माल्टा गाविसस्थित ज्ञानज्योति प्राविका विद्यार्थी र अभिभावक अनुहारमा...

सरोगेसीका नाममा लुट्यो ग्रान्डीले

सरोगेसीका नाममा लुट्यो ग्रान्डीले

काठमाडौं- भाडाको कोख (सरोगेसी) सेवा दिने काठमाडौंका केही अस्पतालले भारी शुल्क असुल्दै समय पुग्नुअघि 'जानाजान' सर्जरी गरी नवजात शिशु निकालिरहेको खुलासा भएको छ। नागरिकले गरेको अनुसन्धानबाट समय नै नपुगेका सरोगेट...

पहिले भवन बलियो बनाउनुस्

पहिले भवन बलियो बनाउनुस्

काठमाडौं- गत वर्ष सुरुमै शक्तिशाली भूकम्पबाट सात लाखभन्दा धेरै निजी घरमा क्षति पुग्यो। झन्डै नौ हजारको मृत्यु भयो। २२ हजारभन्दा धेरै घाइते भए। अझै पनि अनुकम्प गइरहेका छन्। पश्चिम नेपालमा...

कागजी ढर्रामा प्रशासन

कागजी ढर्रामा प्रशासन

काठमाडौं- देशमा लोकतन्त्र आएको एक दशक भयो। बर्सेनिजसो सरकार फेरिन्छन्। नयाँ सरकारसँगै नयाँ नयाँ आश्वासन आउँछन्। नयाँ सरकारले नयाँ कार्यक्रम सार्वजनिक गर्छ। जनतालाई आशा र सपना देखाइन्छ। तर, सरकार र...

ट्राफिक जरिवाना बीस गुणासम्म वृद्धि

काठमाडौं- सरकारले सडकमा ट्राफिक नियमविपरीत सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको रकम २० गुणासम्म बढाएको छ। नियम विपरीत सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका...

जेष्ठ नागरिक लुट्ने गिरोह पक्राउ

जेष्ठ नागरिक लुट्ने गिरोह पक्राउ

ललितपुर-काठमाडौं उपत्यकामा भएका पचास भन्दा बढि एकैप्रकारको लुटको घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। एकआपसमा संकेत र एउटा फलामको टुक्राका भरमा काठमाडौं उपत्यकामा तीनवर्षदेखि एकै प्रकारको लुटमा संलग्न तीनजना...