Monday 25 Magh, 2072 |
Menu

समाज

istl

मापदण्डबिनै विशिष्टलाई तीन अर्ब

(0 votes)
काठमाडौं- मुलुकका प्रमुख पाँच पदको जिम्मेवारीमा रहेका बहालवाला र भूतपूर्वसहित ३२ जना विशिष्ट व्यक्तिका लागि मापदण्डबिनै वार्षिक ३ अर्ब बराबर रकम राज्य कोषबाट खर्च हुने गरेको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश र सभामुखको जिम्मेवारीमा रहेका बहालवाला र भूतपूर्व २७ जनासहित ३२ विशिष्टका लागि राज्य कोषबाट उक्त रकम खर्च हुँदै आएको हो।

nepalipatro-nagarik
विशिष्टका नाममा मनलाग्दी खर्च गरेको पाइएपछि बेरुजु फर्स्योट समितिले उक्त विषयमा चासो व्यक्त गरेको संयोजक रामहरि खतिवडाले बताए। 'बहालवाला र भूतपूर्वसहित ३२ जना 'बिग फाइभ' लाई सुविधाका नाउँमा कुनै पनि मापदण्ड नबनाई वार्षिक ३ अर्ब बराबर रकम खर्च हुने गरेको देखियो,' खतिवडाले नागरिकसँग भने, 'उक्त रकमलाई महालेखाले बेरुजुमा देखाएको रहेछ, जुन विवरण अहिले समितिसमक्ष आइपुगेको छ।' यस अघिदेखि नै कुनै पनि मापदण्ड नबनाई विशिष्टलाई उक्त सुविधा दिइने गरेकाले बेरुजुमा चढ्ने र फर्स्योटका लागि समितिसमक्ष निवेदन आउने गरेको उनले जानकारी दिए।

यता, प्रत्येकपटक प्रमुख पाँच पदमा नियुक्ति र निर्वाचित हँुदा पनि कुनै पनि मापदण्ड तय नगरी फर्निचर, किचेन, धारा, बिजुली र पर्दाका लागि समेत राज्य कोषबाट करोडौं रुपैयाँ खर्च हुने गरेको देखिएको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत विशेष भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयबाट उक्त चार शीर्षकका लागि मात्र २ करोड ६९ लाख खर्च गरेको विवरण समितिसमक्ष पुगेको छ।

'विशिष्ट व्यक्तिका लागि फर्निचर, किचेन, धारा, बिजुली, पर्दा आदि सामान उपलब्ध गराउने गरेको पाइयो,' समितिसमक्ष आएको विवरणमा उल्लेख छ, 'विशेष भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयले यस वर्ष सामान खरिदका लागि २ करोड ६९ लाख खर्च गरेको छ।' तर, कुन मापदण्डका आधारमा उक्त रकम खर्च गरियो, त्यसको जवाफ भने सरकारी कार्यालयसँग छैन।

मापदण्डबिनै अबर्ौं रकम खर्च गर्ने र वर्षैपिच्छे बेरुजुमा जाने गरेपछि सरकारले त्यसलाई रोक्नका लागि मापदण्ड बनाएर रकम निकासा गराउने प्रयास भने गरेको देखिएको छ। सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषदले 'बहालवाला विशिष्ट पदाधिकारीको निवासमा उपलब्ध गराइने सेवा–सुविधासम्बन्धी निर्देशिका–२०७०' तयार गरे पनि कार्यान्वयनमा आउन सकेको छैन।

मन्त्रिपरिषद कार्यालयअन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिले सिफारिस गरेको मापदण्डअनुसार मात्र विशिष्टलाई सेवा–सुविधा प्रदान गर्ने भनिए पनि समितिले अझै मापदण्ड बनाएर दिन सकेको छैन। 'मन्त्रिपरिषद आर्थिक तथा पूर्वाधार समितिमा छलफल गरी समितिको निर्णयबमोजिम गर्ने २०७१ माघ २३ को मन्त्रिपरिषद बैठकबाट आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय भएको तर उक्त समितिबाट निर्णय हुन बाँकी रहेको अनुरोध गर्दछु,' समितिसमक्ष आएको पत्रमा भनिएको छ।

विशिष्टका लागि मापदण्डबिनै अर्बौं खर्च गरिएको पाइएपछि समितिले मापदण्ड बनाएर मात्र त्यस्तो सेवा–सुविधा दिन र रकम निकासा गर्न निर्देशन दिइसकेको संयोजक खतिवडाले जनाए। 'मापदण्डबिना यसरी राज्य कोषबाट अर्बौं रकम निकासा दिन पाइँदैन, पहिला मापदण्ड बनाउनुहोस् भनेर सम्बन्धित निकायलाई समितिले निर्देशन दिइसकेको छ,' खतिवडाले भने।

मापदण्ड तयार नभएसम्म विशिष्टको सुविधामा भएको खर्चको बेरुजु फर्स्योट गर्ने पक्षमा समिति नरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

पाटन दरबार क्षेत्रमा मानव अतिक्रमण

ललितपुर- शनिबार ,विहान ११ बजेदेखि बेलुका पाँच बजेसम्म पाटन दरबार क्षेत्रमा विभिन्न बिद्यालयका विद्यार्थीले आफ्ना प्रतिभा देखाए। कार्यक्रम ललितपुर उपमहानगरपालिकाले आयोजना गरेको थियो। उत्साहीत विद्यार्थीले कविता सुनाए, गित,नृत्य, बाद्यबादन देखि...

गाउँकै चेलीलाई मुम्बईमा बिक्री गर्ने अख्तर पक्राउ

रौतहट-मानव बेचविखन तथा ओसार पसार मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। २०६९ सालमा आफ्नै गाउँको चेलीलाई भारतको मुम्बईमा बिक्री गरी फरार रहेका रौतहटको राजपुर तुलसी गाविस...

जाजरकोट अस्पताललाई सोलार

जाजरकोट- सधै विद्युत अभाव भइरहने जाजरकोट अस्पताललाई चीनमा बस्ने एक नेपालीले सोलार पावर सहयोग गरेका छन्। 'मैन बत्तिमा उपचार' भन्ने समाचार नागरिक दैनिकमा छापिएपछि नेपाली काँग्रेस जनसम्पर्क समिति चीनका सभापति...

रोमीको गहिरो कुकुर प्रेम

रोमीको गहिरो कुकुर प्रेम

काठमाडौं- उनको जीवनमा कुकुरले जति साथ दिए, त्यतिको साथ मान्छे जातिले कहिल्यै दिएनन्। त्यसैले हुनु पर्छ उनको मनमा कुकुरप्रति गहिरो पे्रम छ। कुकुर सुखी हुँदा उनी सुखी हुन्छिन्, कुकुर दुःखी...

सिरहा सप्तरीमा यातायात सञ्चालन

सिरहा सप्तरीमा यातायात सञ्चालन

लहान–शुक्रबारबाट वीरगञ्ज नाका खुलेसँगै सिरहा र सप्तरीमा सार्वजनिक यातायात आइतबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । सगरमाथा यातायात व्यवसायी संघ सिरहाले औपचारिक निर्णय गर्दै सगरमाथा अञ्चलभर सार्वजनिक बस सञ्चालन गरेको...

उदयपुरमा 'महिनावारी शिक्षा' चलाइने

उदयपुर- विद्यालयमा छात्राको अनुपस्थिति शून्य गराउन 'महिनावारी शिक्षा' सञ्चालन गरिने भएको छ। महिनावारीको समस्यालाई ध्यानमा राखेर किशोरी लक्ष्ति कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रमको लागि जिल्लाका दुईवटा गाविस छनौट गरिएको...

चितुवा पीडितलाई सोलार

चितुवा पीडितलाई सोलार

बैतडी- चितुवाको आक्रमणबाट घाइते परिवारलाई जिल्ला वन कार्यालयले सोलार वितरण गरेको छ। जिल्लाको विशालपुर, उदयदेव, रोडिदेवल र गुजर गाबिसका ८ जना घाइते परिवारलाई ३० वाट क्षमताको सोलार वितरण गरेको हो।

स्कुलको छतबाट खसेर एक बालिकाको मृत्यु

महोत्तरी- रामगोपालपुर-१ स्थित ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुलको छतबाट खस्दा एक बालिकाको मृत्यु भएको छ। हतिसर्वा देनपट्टीटोल बस्ने शम्भु चौधरीको १० वर्षीया छोरी समिक्षा चौधरीको विद्यालयकै छतबाट खस्दा मृत्यु भएको जिल्ला...