Friday 24 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

४ हजार लिटर डिजेल बरामद

(0 votes)
विराटनगर–विराटनगर–२२ स्थित मटेरुवा हुँदै तस्करी गरी ल्याएको ४ हजार लिटर डिजेलसहित मोरङ प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
nepalipatr-april
अस्थायी प्रहरी पोष्ट मटेरुवाले मंगलबार राति भारतबाट तस्करी गरी ल्याँउदै गरेको अवस्थामा २४ जर्किन डिजेलसहित को१ त ३०५८ र को १ त ९९१८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । गस्तीमा रहेको प्रहरी टोलीले दुई वटा ट्याक्टरमा २४ वटा जर्किन भित्र २–२ सय लिटरका दरले डिजेल बरामद गरेका हुन् ।

बरामद डिजेलसहित ट्याक्टर र चालकलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यसैबीच इटहरीमा लागुऔषध कोरेक्स र नाइट्रोजनसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङ बुधनगर–१ का २१ वर्षीय जयकृष्ण साह र सोही ठाँउ बस्ने १८ वर्षीय सुनिल साह छन्। उनीहरुलाई प्रहरीले भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा इटहरी–३ स्थित साथी पेट्रोल पम्प नजिकबाट पक्राउ गरेको हो । दुबैको साथबाट १० बोतल कोरेक्स र दुईसय पिस नाइट्रोजन ट्याब्लेट बरामद भएको छ ।

प्रतिक्रिया

सडकमा टिपर र ट्याङ्करको दादागिरी

काठमाडौं- राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ। बिहीबार बिहान राजधानीको दक्षिणढोका र नयाँबानेश्वरमा पानी ट्यांकर र टिपरले स्कुटर र पैदलयात्रीलाई ठक्कर दिएका थिए।

अझै हटेन भक्तपुरमा भग्नावशेष

भक्तपुर- भक्तपुरको पुरानो मुख्य बजार सुकुलढोकाबाट चासुखेल निस्कने सानो गल्ली पस्नासाथ भूकम्पमा ध्वस्त घर पुनर्निर्माणका लागि जग हाल्ने काम भइरहेको छ। जग हाल्दै गरेको घरबाट अगाडि बढेपछि कुनामा रहेको भूकम्पबाट...

गुणस्तर अनुगमन गर्न समिति

काठमाडौं- पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणमा आवश्यक पर्ने सामग्रीको गुणस्तर अनुगमन गर्न प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ।

शुक्रबार आमाको मुख हेर्ने दिन

काठमाडौं– नाै महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीकाे दिनलार्इ आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ। यस वर्ष वैशाख २४ गते याे दिन मनार्इंदै छ।

ट्यूमरले मुखै बन्द भएकी रेबिकाको उपचार खर्च जुट्दै

ट्यूमरले मुखै बन्द भएकी रेबिकाको उपचार खर्च जुट्दै

खोटाङ– ट्युमर बढ्दा मुखै बन्द भएकी खोटाङको बाँझेच्यानडाँडा–८ की १४ वर्षीया रेबिका राईको उपचारका लागि १० लाख रुपैयाँभन्दा बढी सहयोग रकम जुटेको छ।

श्रीमतीको बञ्चरो प्रहारबाट श्रीमानको मृत्यु

कोहलपुर–बाँके कचनापुर–९ राजपुरकी ३७ वर्षीय गीता मगरले बञ्चरो प्रहार गरी पतिको हत्या गरेकी छन्। श्रीमती गीताको बञ्चरो प्रहारबाट ४० वर्षीय पति रामबहादुर मगरको मृत्यु भएको हो। बुधबार विहान घरायसी विवादपछि...

चट्याङ लागेर १ मजदुरको मृत्यु, २ घाइते

गोलबजार (सिरहा)– सिरहाको गोलबजारमा चट्याङ लागेर बिहीबार १ जना मजदुरको मृत्यु भएको छ।  २ जना घाइते भएका छन्।

खोप लगाउन निम्ताे पत्र !

जाजरकोट– जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जापानिज इन्सेफ्लाइटिसविरूद्धकाे खोप लगाउन घरघरमा निमन्त्रणा पत्र पठाएको छ।