Tuesday 26 Magh, 2072 |
Menu

समाज

istl

सभापति सुशील कोइरालाको मलाई समर्थन छ: पौडेल

(0 votes)
काठमाडौं–नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको १३ औं महाधिवेशनमा आफ्नो उम्मेदवारीलाई सिंगो पार्टी र वर्तमान सभापतिसुशील कोइरालाकोसमेत समर्थन रहेको दावी गरेका छन्।
nepalipatro-nagarik
सोमबार रिपोर्टस क्लबको ज्ञापनपत्र बुझ्दै उपसभापति पौडेलले देशभरीका कार्यकर्ताले आफूबाट अपेक्षा गरेको दाबी गर्दै भने,' मेरो निष्ठा,योगदान, आवश्यकता र पार्टीलाई जिवन्त बनाउन मलाई सभापति बन्नुपर्छ भनेर सुझाव दिएका छन्।'

उनले थपे,' गिरिजाबाबुले पनि उहाँलाई प्रस्ताव गर्दा किसुनजी हुनुहुन्छ भनेर छाड्नु भएको थियो । पार्टीमा यो परम्परा बीपी कोइरालाले सुरु गर्नु भएको हो । यसलाई सबै स्मरण गर्नु पर्छ।'
पौडेलले अहिले ब्यक्तिको भन्दा पनि नेपाली काग्रेसको समग्र ब्यवस्थापनको कुरा भएको दावी गर्दै भने,'मलाई चित्त बुझाएर मात्रै हुँदैन । भागबण्डाको अन्त्य गरेर पार्टीमा मुल्याङकनको पद्धतिको विकास गर्नु पर्छ।'

संघीयता अनुसार संगठन विस्तार गर्न विद्यानमै ब्यवस्था हुनु पर्ने भएकोले विद्यमान संशोधनको आवश्यकता औल्याउँदै पौडेलले २००७ सालमा आएको संविधानको कुरा अहिले आएर साकार भएकोले अबको परिवर्तनको नेतृत्व पनि काग्रेसले लिनु पर्ने बताए। उनले भने,'अरुले गरेको नेतृत्वले मुलुकलाई सही ठाँउमा पुर्याउँदैन।'

प्रतिक्रिया

वीरगन्ज नाकाबाट ९५ ट्याङ्कर इन्धन भित्रियो

वीरगन्ज नाकाबाट ९५ ट्याङ्कर इन्धन भित्रियो

काठमाडौं– वीरगन्ज नाकाबाट सोमबारको तुलनामा मंगलबार ४ गुणा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ।

डेढलाख रुपैयाँ घुससहित सइ पक्राउ

बर्दिया– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले डेढ लाख रुपैयाँ घुससहित प्रहरी नायब निरीक्षक(सइ) नरबहादुर विकलाई मंगलबार पक्राउ गरेको छ।

बुद्ध भारतमा जन्मिएका हुन्ः भारतीय फिल्म निर्देशक भट्ट

काठमाडौं—संयुक्त राष्ट्रसंघ सहित अन्तर्राष्ट्रिय निकायले बुद्ध नेपालमा जन्मिएको प्रमाणित गरिसकेको अवस्थामा भारतीय फिल्म निर्देशक महेश भट्टले भगवान् गौतम बुद्धको जन्म भारतमा भएको दाबी गरेका छन्।

कोइरालाको अन्त्येष्टि विद्युतीय शवदाहगृहमा गर्ने तयारी

काठमाडौं- गए राति निधन भएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको दाहसंस्कार विद्युतीय शवदाहगृहमा गर्ने तयारी गरिएको छ। पशुपतिमा माघ १० गतेदेखि सञ्चालनमा आएको गृहमा अन्त्योष्टी गर्ने पार्टीले तयारी...

आगलागीमा परी ताप्लेजुङमा दुई बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङको सावादिन गाविसमा गएराति आगलागीमा परी दुई बालकको मृत्यु भएको छ। दुई बालिका घाईते भएका छन्। खाना पकाएर ननिभाएको आगो घरमा सल्कँदा सावादिन आठका पेमादावा शेर्पाका पाँच वर्षीय छोरा...

उनन्तीस वर्षदेखि फरार अभियुक्त पक्राउ

लहान-अदालतबाट कैद सजाय पाएर २९ वर्षदेखि फरार दुई जना अभियुक्तलाई आज बिहान प्रहरीले सिरहाको अयोध्यानगर गाविसबाट पक्राउ गरेको छ।

ग्यासको बुलेटले च्यापिएर मृत्यु

चितवन-दारेचोक गाविस– ३ स्थित पृथ्वी राजमार्गमा काठमाडाैंतर्फ जाँदै गरेको ग्यासको बुलेट मंगलबार बिहान नालामा पल्टिँदा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

छापामा छैन कोइराला निधनको खबर

छापामा छैन कोइराला निधनको खबर

काठमाडौं– मध्यरातमा भएको सुशील कोइराला निधनको समाचार कांग्रेसजन र सर्वसाधारणले निकै ढिलामात्र थाहा पाउन सके। कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री कोइरालाको निधनबारे मंगलबारले छापाले समाचार प्रकाशन गरेका छैनन्।