Wednesday 27 Magh, 2072 |
Menu

समाज

istl

अन्तर्राष्ट्रिय बजारमा तेल मूल्य घट्यो, उपभोक्तालाई लाभ छैन

  • २५ पुष, २०७२
  • सुजन ढुंगाना
  • DISQUS_COMMENTS
(0 votes)
अन्तर्राष्ट्रिय बजारमा तेल मूल्य घट्यो, उपभोक्तालाई लाभ छैन
काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य १२ वर्षयताकै सबैभन्दा कम प्रतिब्यारल ३३ अमेरिकी डलर (करिब ३५ सय रुपैयाँ) कायम हुँदा संसारभरिका अन्य उपभोक्तासरह नेपालीले भने लाभ लिन पाएका छैनन्।

nepalipatro-nagarik
कच्चा तेलको यो मूल्य सन् २००३ यताकै सबैभन्दा कम हो। यो मूल्य अरु ओरालो लाग्ने अनुमान भइरहेको छ।

नेपाली उपभोक्ताले कहिले यो मूल्य गिरावटको लाभ लिन पाउने भन्ने निश्चित छैन। इन्धन संकट र सरकारको गतिहीनताका कारण यसको सहज आपूर्ति हुन नसक्दा तेलको मूल्य बढिरहेको छ। त्यति मात्र होइन, उपभोक्ताले सिर्जित यो अभावको सामना गर्न 'कालो बजार'बाट खरिद गरिरहनु परेको छ।

सरकारले सन् २०१४ मा लागु स्वचालित इन्धन मूल्य कार्यान्वयन गरेको भए अहिले सरकारी संस्थान नेपाल आयल निगमले बिक्री गर्ने तेलको मूल्य पनि उल्लेख्य रुपमा ओर्लिने थियो। यसले मूल्यवृद्धिबाट आक्रान्त उपभोक्तालाई ठूलो राहत मिल्ने थियो। तर, नेपाली उपभोक्तालाई यो लाभ लिन कर्मचारीतन्त्रले ध्यान दिन सकेको छैन।

'हिसाब गर्ने हो भने नेपालमा पेट्रोल र डिजेलको मूल्य कम्तीमा २० रुपैयाँले घट्नुपर्थ्यो,' निगमका पूर्व महानिर्देशक चण्डिकाप्रसाद भट्टले भने।

निगमले अहिले बजारमा पेट्रोल र डिजेल क्रमशः १०४ र ८२ रूपैयाँमा बिक्री गर्दै आएको छ। स्वचालित मूल्यसम्बन्धी व्यवस्था अनुसार निगमले यसको एकमात्र आपूर्तिकर्ता भारतीय आयल निगमले पठाएको दरका आधारमा प्रत्येक १५ दिनमा मूल्य पुनरावलोकन गर्नुपर्थ्यो। निगमले सेप्टेम्बर २०१५ देखि मूल्य पुनरावलोकन गर्न थालेको हो।

सर्वसाधारण सरकारले आपूर्ति व्यवस्था सहज बनाउने दिनको व्यग्र प्रतीक्षा गरिरहेका छन्। संकटका बेला देश र सरकारलाई सहयोग गर्दै केही उपभोक्ताले आफ्नो इन्धन उपभोग घटाए भने केहीले 'कालो बजारी'बाट पेट्रोल र डिजेल किनेर चलाए। स्वचालित मूल्यअनुसार पेट्रोल ८४ रूपैयाँ र डिजेल ६२ रुपैयाँ प्रति लिटरमा पाउनुपर्ने भए पनि 'कालो बजारी'बाट औसत २ सय रुपैयाँमा भए पनि किन्नुपरेको छ। कालो बजारीमा आपूर्ति बढेका कारण यो मूल्यलाई समेत उपभोक्ताले 'सस्तो' मान्नुपर्ने स्थिति छ।

दुुर्भाग्य, नेपाली उपभोक्ताले पछिल्ला महिनामा सबैभन्दा महँगो इन्धन खरिद गर्नुपरेको छ। कालो बजारीलाई सरकारकै प्रोत्साहन भएका कारण अरु फस्टाएको छ। सरकार र यसको कमजोर संयन्त्रका कारण न उपभोक्ताले सहज आपूर्तिको महसुस गर्न पाएका छन् न त कालो बजारी नै नियन्त्रणमा छ।

निगम भने आफ्नो ध्यान आपूर्ति व्यवस्था मिलाउनमै लगाउनु परेको भन्दै मूल्य घटाउने मुद्दाबाट पन्छिने गरेको छ। 'अहिले आपूर्ति केही बढे पनि नाकाबन्दीको सुरुमा आइओसीबाट धेरै कम मात्र आपूर्ति भएका कारण हाम्रो ध्यान मूल्य पुनरावलोकन भन्दा आपूर्तिमै केन्द्रित रह्यो,' निगम प्रवक्ता मुकुन्द घिमिरेले भने, 'तथापि हामी मूल्य पुनरावलोकनको तयारीमा छौं। केही दिनमै मूल्य पुनरावलोकन हुनेछ,' उनले भने।

तर, मूल्य घटाउनुभन्दा पनि सरकारले भने विराट पेट्रोल नामको निजी कम्पनीलाई प्रतिलिटर १९० रूपैयाँमा बिक्री गर्न अनुमति दिएर 'वैधानिक कालोबजारी'को बाटो खोलिदिएको छ।

प्रतिक्रिया

मधेस आन्दोलनताका अपहरण र असुलीमा संलग्न पक्राउ

बारा–प्रहरीले व्यापारीको अपहरण,रिलायन्स चिनी मिलको चिनी लोड गरेको ट्रकमा गरेको आगजनी र मोटरसाईकल चोरी अभियोगमा बुधबार उमेश यादवलाई पक्राउ गरेको छ।

वर्ष बित्यो तर मिटर आएन, अँध्यारोमै बस्न बाध्य

कपिलवस्तु– आवेदनसहित शुल्क बुझाएको एक वर्ष बित्दा पनि जिल्लाका सर्वसाधारणहरुको घरमा अझै मिटर जडान भएको छैन।

झापामा तीन सातादेखि खोप सेवा ठप्प

झापा– बालबालिका तथा गर्भवतीलाई अनिवार्य गरिएको खोप सेवा झापामा तीन सातादेखि ठप्प भएको छ।

सात वर्षीय बालकको घाँटी रेटी हत्या

कोहलपुर– चारदिन अघिदेखि बेपत्ता रहेका सात वर्षीय बालकको कोहलपुरमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

चितवन– चितवनमा जंगली हात्तीको आक्रमणमा परेर एकजना महिलाको ज्यान गएको छ।

पाटे बाघको छाला र हड्डीसहित ८ पक्राउ

धनगढी– प्रहरीले पाटे बाघका २ छाला र हड्डीसहित ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुले पेशा नै बनाएर बाघ मार्ने काम गरेको प्रहरीको भनाइ छ।

पानी खानजाँदा मृत्यु

महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका– १० निगौलमा एक युवकको मृत्यु भएको छ। गौशाला नगरपालिका– १० का ३६ वर्षीय रामसृष्ठ महतोको मृत्यु भएको छ।

काेइरालाकाे चीर शान्तिकाे कामना गर्दै शान्ति पाठ

काठमाडौँ-नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको आत्माको चिरशान्तिको कामना गर्दै सेतो गुम्बाका बौद्ध गुरुले बौद्ध परम्पराअनुसार शान्ति पाठ गरेका छन् ।