15 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

बसले ट्रकलाई ठक्कर दिँदा एक जनाको मृत्यु, १२ जना घाइते

(0 votes)
रौतहट- पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसार पुल नजिक दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ। मृत्यु हुनेमा रामेछाप चिसापानी-२, का २८ वर्षीया मीना तामाङ छन्।
nepali-patro-may
सुनसरी इटहरीका गणेश पण्डित गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि हेटौंडा लगिएको छ। अन्य घाइतेको चन्द्रपुरमै उपचार भइरहेको चन्द्रपुरका डीएसपी मनोज यादवले बताए।

धनसार पुल नजिक रोकिराखेको ना४ख १०५९ नम्बरको ट्रकमा बिराटनगरबाट काठमाडौं जाँदै गरेको ना५ख २७२ नम्बरको अग्नि बसले आज बिहान ठक्कर दिएको डीएसपी यादवले बताए। बसमा सवार सबै जना इन्धन ओसार्नेहरु भएको उनले बताए। बसमा पाँच हजार लिटरभन्दा बढी पेट्रोलियम पदार्थ रहेको उनले बताए।

बसका चालक फरार छन्।
Last modified onFriday, 08 January 2016 12:41
मदन ठाकुर

मदन ठाकुर नागरिक दैनिकका रौतहट संबाददाता हुन्। उनी विगत एक दसकदेखि मोफसल पत्रकारितामा सक्रिय छन्। ठाकुरलाई फेसबुकमा पछ्यानुस्।

प्रतिक्रिया

जिविसको काम अब अनलाइनबाट

खोटाङ–जिल्ला विकास समिति खोटाङले अनलाइनबाटै कार्यालयको कार्य सम्पादन सुरु गरेको छ। कागजबाट हुने अधिकांश कामलाई जिविसले 'डिडिसि स्ल्याक' नामक अनलाइनमार्फत सम्पादन सुरु गरेको हो।

पासाङलामु राजमार्ग अवरुद्ध

धुन्चे (रसुवा)-आज बिहानको वर्षाका कारण पासाङलामु राजमार्ग अन्तर्गत रसुवाको मूलखर्क क्षेत्रमा सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत रोकिएका छन् ।

सरकारी कर्मचारीको तलब पाँच सय !

कञ्चनपुर-सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो।

प्रहरी प्रशासनबाट व्यापारीलाई दुर्व्यवहार भएको भन्दै बन्द

सर्लाही–सदरमुकाम मलंगवा बजार जिल्ला उद्योग बाणिज्य संघले बन्द गराएको छ । स्थानीय प्रशासनको गैरजिम्मेरीपूर्ण व्यवहारको बिरोध गर्दै संघले बजार बन्दको आव्हान गरेको हो ।

धारिलो हतियार रोपेर मुक्तकमैयाको हत्या

बर्दिया–धारिलो हतियार रोपेर शुक्रबार राति एक जनाको मुत्तकमैयाको हत्या भएको छ। कालिका ४ टेसनपुरमा बस्ने ३३ वर्षीय अनन्त थारुलाई धारिलो हतियार रोपेर हत्या गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिदास...

खोलाले बगाएर बृद्धाको मृत्यु

उदयपुर–उदयपुरको पश्चिम कटारीमा खोलाले बगाएर एक बृद्धाको मृत्यु भएको छ। कटारी नगरपालिका ११ स्थित तावा खोलाले बगाउँदा रिस्कु गाविस २ की ७८ वर्षीया देवकुमारी तिम्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ...

६५ हजार घुस लिँदालिँदै पक्राउ

विराटनगर–६५ हजार घुस लिँदालिँदै जनता उच्चमावि अमाही वरियातीका प्रिन्सिपल रुद्रानन्द चौधरी पक्राउ परेका छन्।

अनुदानका लागि बैंकसँग सम्झौता

काठमाडौं- भूकम्पपीडितलाई अनुदान वितरण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र तीन बैंकर्स एसोसिएसनबीच शुक्रबार समझदारी भएको छ।