25 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

कांग्रेसमा पाँचसहित ११ जनाले दर्ता गराए संशोधन प्रस्ताव

(0 votes)
काठमाडौं–प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका पाँच नेताले संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका छन्। कांग्रेस नेताहरु मिनेन्द्र रिजाल, विमलेन्द्र निधी, फर्मुला मन्सुर, रोमी गौचन र संजय गौतमले संविधान संशोधनमाथि संशोधन दर्ता गराएका हुन्।
nepalipatr-april
उनीहरुले पार्टीको निर्णय नभइ व्यक्तिगत रुपमा संशोधन दर्ता गराएको बताएका छन्। योसँगै संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराउनेको संख्या ११ पुगेको छ। यसअघि सांसदहरु श्याम श्रेष्ठ, रामकुमार राई, हरिचरण शाह, प्रेम सुवाललगायतले संशोधन प्रस्ताव दर्ता गराइसकेका छन्। संसद सचिवालयले संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन ७२ घण्टाको समय तोकेको थियो । सो समय बिहीबार नै सकिँदैछ।

प्रतिक्रिया

नक्कली सवारी चालक अनुमति पत्र बनाउने फरार दाेषी पक्राउ

नक्कली सवारी चालक अनुमति पत्र बनाउने फरार दाेषी पक्राउ

काठमाडौं– अर्काको सवारी चालक अनुमति पत्रमा आफ्नो नामको सवारी चालक अनुमति पत्रको नम्बर राखेर नक्कली सवारीचालक अनुमति पत्र प्रयोग गर्ने कार्यमा दोषी प्रमाणित भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ...

ढुङ्गाले लागेर किशोरीको मृत्यु

बाजुरा-ढुङ्गाले च्यापिएर बाँधुमा शुक्रबार एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा कोल्टी ९ नुरीकी १६ बर्षीय सरना रोकाया रहेकी छन्। बाँधु ९ पीपलडाली स्थित मित बुबाको घरमा बस्दै आएकी रोकायाको...

१२ दिनदेखि बालिकाको शव अस्पतालमै

रुकुम - मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित रुकुमको चौरजहारी अस्पतालमा मृत्यु भएकी एक बालिकाको शव १० दिनदेखि उठ्न सकेको छैन। बायाँ हात भाँच्चिएको उपचार गर्न उक्त अस्पतालमा भर्ना भएकी भेरीमालिका–११,...

२२ लाखकाे औषधि जमीनमुनि गाडियाे

नवलपरासी– जिल्लामा कार्यालयको लापरबाहीका कारण जिल्ला जनस्वास्थ्य कार्यालय परिसरमा रु. २२ लाख बरारबरको औषधि जमीनमुनि गाडिएको छ।

पोखरीमा डुबेर बालिकाको मृत्यु

गौशाला– महोत्तरीको धमौरा गाविसमा शुक्रबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

सवारी ज्यान अंगभंग मुद्दाका फरार दोषी पक्राउ

सवारी ज्यान अंगभंग मुद्दाका फरार दोषी पक्राउ

काठमाडौं– सवारी ज्यान अंगभंग मुद्दामा २ वर्षको जेल सजाय तथा २ हजार रुपैयाँ जरिवाना तोकिएका फरार दोषी पक्राउ परेका छन्।

ढुंगाले लागेर दुई जनाको मृत्यु

काठमाडौं-जेसिविले सडक खन्ने क्रममा खसेको ढुंगा लागेर सल्यान गर्पा–२ बस्ने ७५ बर्षीय जगतबहादुर घर्तीको मृत्यु भएको छ । गर्पा–२ स्थित झाग्री बनेरामा धनथाना गर्पा गाविस भवन जोड्ने सडक निर्माणाधिन छ।

पति-पत्नी दुबैको रहस्यमय मृत्यु

बारा-गढीमाई नगरपालिका–१४ डुमरवाना बस्ने ४८ बर्षीय शम्भुप्रसाद रिजाल झुन्डिएर तथा उनकी ४५ बर्षीया श्रीमती दुर्गादेवी रिजाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।