Monday 17 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

आहा रारा गोल्डकपमा १४ टोली

(0 votes)
पोखरा- पोखरामा अर्को महिना हुने आहा रारा गोल्डकपको १४ औं संस्करणमा शहिद स्मारक 'ए' डिभिजन लिगका ६ सहित १४ टोलीको सहभागिता रहने भएको छ।
nepali-patro-may
माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा 'ए' डिभिजनका टोलीमध्ये राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार, लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी, सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब तथा जावलाखेल युथ क्लबको सहभागिता रहने आयोजक सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी गराए। यसैगरी असोजमा सम्पन्न राष्ट्रिय लिगमा सनसनीपूर्ण प्रदर्शन गरेको रमपम झापा ११ को पनि सहभागिता रहनेछ।

प्रतियोगिताका सहभागि अन्य टोलीमा आयोजक, मध्यमाञ्चल र पूर्वाञ्चल तथा केही विदेशी क्लब पनि हुने आचार्यले आइतबार पत्रकार सम्मेलनमा जानकारी गराए।

अध्यक्ष आचार्यले विदेशी टोलीलाई सहभागि गराउन पत्रचार भइरहेको जानकारी दिए। 'भारत, भुटान र बंगलादेशका क्लबहरुलाई सहभागी गराउने प्रयास भइरहेको छ,' उनले भने, 'केही दिनमा यो विषयमा टुंगो लाग्नेछ।' विदेशी क्लबलाई ल्याउँदा फुटबलको माहोल बढ्ने आचार्यले विश्वास व्यक्त गरे।

प्रतियोगिताको पुरस्कार राशी बढाउने तयारी भइरहे पनि अन्तिम निर्णय गरिनसकेको अध्यक्ष आचार्यले बताए। 'कति बढाउने भन्ने अझै यकिन भएको छैन,' उनले भने,' खेलाडीको मनोबल बढाउन पनि पुरस्कार राशी बढाउने पक्षमा छौं।'

गत वर्ष आहाको विजेताले ३ लाख ५१ हजार तथा उपविजेताले २ लाख १ हजार रुपैयाँ प्राप्त गरेका थिए।

नाकावन्दी र त्यसले उत्पन्न गरेको अभावबीच प्रतियोगिता गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले भने, 'कठीन अवस्थामा पनि प्रतियोगिता गर्दैछौं। त्यति बेला सम्म समस्या समाधान हुनेछ भन्ने आशा गरौं। संकट टरे पनि असर रहिरहन्छ। तर पनि प्रतियोगिता गर्नेछौ।'

'क्लवले चलाएको एकेडेमीको खर्च धान्नका लागि पनि प्रतियोगिता गर्न जरुरी छ। यही प्रतियोगिताको आम्दानीले एकेडेमी चलाउने हो,' उनले थपे, 'एकेडेमीमा रहेका २६ जना वालकको भविष्य प्रतियोगितासँग जोडिएको छ।' विगतमा द्वन्द्वको बेला पनि प्रतियोगिता गरेको स्मरण गर्दै आचार्यले प्रतियोगिता जुनै हालतमा पनि गर्नुपर्नेमा जोड दिए।

खेलमिलेमतो प्रकरणले पछिल्लो समय फुटबलप्रति नकारात्मक भावना मौलाएकोले त्यसलाई कम गराउन प्रतियोगिताले सघाउने आयोजकको विश्वास छ। 'दर्शक र खेलाडीमा पनि केही निराशा पक्कै छ। तर, हामी फुटबलमा अझै भविष्य छ, निराश हुनुपर्ने अवस्था छैन भन्ने सन्देश दिन चाहन्छौं,' आचार्यले भने, 'राजधानीमा यति बेला कुनै प्रतियोगिता छैन। त्यसैले पनि आहा रारा गर्नुपर्छ।'

दर्शकलाई सुनको सिक्का

प्रतियोगितामा बढी संख्यामा दर्शक भिœयाउन यो संस्करणमा पहिलो पटक एकतोला सुनको सिक्का पनि पुरस्कार राखिएको छ। प्रतियोगिता अवधिमा टिकट काटेर फुटबल हेर्न आएका मध्ये गोलाप्रथाबाट एकजना दर्शकले सुनको सिक्का पाउनेछन्। त्यस्तै टिभी, लगायतका पुरस्कार पनि राखिने अध्यक्ष आचार्यले बताए।

प्रतिक्रिया

पूर्वमन्त्री कार्कीलाई पत्नी शोक

काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकी धर्मपत्नी आवु राणा कार्कीको निधन भएको छ। लामो समय देखि क्यान्सरबाट पीडित ५० बर्षिय कार्कीको सोमबार हात्तिगौंडा स्थित घरमा निधन भएको...

चिनियाँ लामा शेरब दोर्जेको निधन

काठमाडौँ-विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धस्थित ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण बौद्ध घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा शेरब दोर्जेको आइतबार निधन भएको छ।

जाजरकोटका चार गाउँबाट बस्ती सार्न सरकारसँग माग

जाजरकोट– वर्षासुरु भएसँगै पहिरोको उच्च जोखिमका कारण गाउँ नै बग्ने खतरा बढेको भन्दै जाजरकोटका ४ गाउँका बस्ती अन्यत्रै सार्ने व्यवस्थाका लागि सरकारसँग माग गरिएको छ।

अपहरणमुक्त हुन केडियाले १० करोड फिरौती बुझाए!

काठमाडौं— नेपाल र भारतका प्रहरीले उद्योगपति सुरेश केडियालाई अपहरणकारीबाट सकुशल उद्धार गरेको दाबी गरे पनि भारतीय मिडियाहरुले उनी फिरौती बुझाएर मुक्त भएको उल्लेख गरेका छन्।

जंगली च्याउ खाँदा पाँचको मृत्यु, १६ बिरामी

पाँचथर–विषाक्त जंगली च्याउ खाएर पाँच दिनमा पाँच जनाको ज्यान जाँदा पनि यसको प्रयोग रोकिएको छैन। आइतबार राति जंगलबाट ल्याएको च्याउ खाँदा याङनाम– २ का तीन जना विरामी परेका छन्। याङनामका...

सजिलै छक्किन्छ त्रिभुवन विमानस्थल

सजिलै छक्किन्छ त्रिभुवन विमानस्थल

काठमाडौं- एउटी महिला अस्वाभाविक देखिने गरी माछा मार्न प्रयोग हुने नाइलनको डोरी लिएर दक्षिण अमेरिकी देश हुँदै नेपाल आइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कसैले शंका गरेन। लागुऔषध नियन्त्रण ब्युरोले जेठ...

जरिबाना बढेपछि सवारीचालक अनुशासित

जरिबाना बढेपछि सवारीचालक अनुशासित

काठमाडौं- गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरीत सवारी चलाउने १ हजार ६ सय १७ चालक ट्राफिक प्रहरीको कारबाहीमा परे। तर त्यसको ठिक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा...

काठमाडौं जिविसद्वारा छात्रवृत्ति

काठमाडौं- काठमाडौं जिल्ला विकास समितिले जिल्लाका १५ वटा सामुदायिक क्याम्पसमा अध्ययनरत १ सय ८९ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। कक्षा ११ तर्फ १ सय १७ र स्नातक प्रथम वर्षमा अध्ययनरत...