Wednesday 19 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

नाकाबन्दीले भारतलाई पनि घाटा

(0 votes)
काठमाडौं- भारतको नाकाबन्दीले नेपाललाई दैनिक जीवन कष्टकर भएको त छ नै, भारत स्वयंलाई पनि फाइदा भएको भने देखिन्न किनकि नेपालको वैदेशिक व्यापारमा भारत आफ्नो हिस्सा गुमाउँदै गएको छ। नेपालको भारतसँग व्यापारमा भारतबाट आयात धेरै र नेपालको निर्यात कम रहेकोमा समग्र व्यापार घट्दा भारतलाई घाटा हुन्छ।

nepali-patro-may
भन्सार विभागको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारमा तेस्रो मुलुकको हिस्सा करिब तेब्बर भएको छ। वैदेशिक व्यापारमा भारत तथा चीनबाहेकका मुलुकलाई तेस्रो मुलुक भनिन्छ। गत आर्थिक वर्ष २०७१–७२ को मंसिर महिनासम्ममा ११ प्रतिशतमात्र रहेको तेस्रो मुलुकसँगको व्यापार चालु आर्थिक वर्षको मंसिर मसान्तमा ३१ प्रतिशत भएको हो।

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाका अनुसार समग्रमा वैदेशिक व्यापार कम भएकाले भारतको हिस्सा घटेको हो।

भारतले नेपालको संविधान जारी भएपछि आफ्नो असहमति जाहेर गर्न नेपालमाथि आर्थिक नाकाबन्दी लगाएपछि नेपालमा दैनिक उपभोग्य सामग्री विशेषतः पेट्रोलियम पदार्थकोे चरम अभाव भएकाले उद्योगधन्दा, कलकारखाना सञ्चालन हुन नसकेपछि वैदेशिक व्यापारमा, विशेषतः भारतसँगको व्यापार घट्नु स्वाभाविक हो। तर तेस्रो मुलुकसँगको व्यापार बढ्नुको श्रेय ढुंगाना सुख्खा बन्दरगाहलाई दिन्छन्।

'हामीले कात्तिक १५ देखि सुख्खा बन्दरगाहमा तेस्रो देश निर्यातका लागि तयार रहेका १४,००० लोडेड ट्रक बाहिर पठाउन सफल भयौं,' उनले भने, 'जसका कारण पनि मुलुकसँगको व्यापारमा तीव्रता आयो।' यस्तै, तराई–मधेस आन्दोलनले त्रिभुवन अन्तर्राष्ट्रिय विमान भन्सार अछुतो रहेकाले पनि तेस्रो मुलुकको निर्यात बढेको ढुंगानाको भनाइ छ।

तर, तराई–मधेस केन्द्रित राजनीतिक दलको आन्दोलन तथा भारतको नाकाबन्दीले भारतसँगको व्यापार हिस्सा भने घटेर ५४ प्रतिशतमा झरेको छ। गत आर्थिक वर्षको मंसिर मसान्तमा ६५ प्रतिशत रहेको भारतसँगको व्यापारको हिस्सा चालु आर्थिक वर्षको मंसिर समान्तमा झरेर ५४ प्रतिशत भएको हो।

तराई–मधेस केन्द्रित राजनीतिक दलको आन्दोलन तथा भारतको नाकाबन्दीले नेपालको प्रमुख व्यापारिक नाका वीरगन्ज सञ्चालनमा आउन सकेको छैन। नेपालको ७० प्रतिशत वैदेशिक व्यापार हुने वीरगन्ज भन्सार नाका पूर्णरूपमा सञ्चालनमा नआउन्जेल नेपालको वैदेशिक व्यापार विशेषतः भारतसँग सुधार नहुने पनि भन्सार विभागले जनाएको छ।

यस्तै, नेपालको चीनसँगको व्यापारको हिस्सा पनि घटेको छ। वैशाखको महाभूकम्पपछि चीनसँगको व्यापारको एकमात्र मार्ग तातोपानी सञ्चालनमा आउन नसकेको तथा दोस्रो नाका केरुङ पनि पूर्णरूपमा सञ्चालनमा नआइसकेकाले चीनसँगको व्यापार हिस्सा घटेको हो। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको मंसिर मसान्तमा नेपालको चीनसँगको व्यापार हिस्सा २४ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा घटेर १५ प्रतिशतमात्र भएको छ।

अर्थ मन्त्रालयका अनुसार चीन तथा भारतसँग व्यापार सहज नहुँदा सरकारले मंसिर मसान्तसम्ममा ५० अर्ब राजस्व गुमाएको छ।

प्रतिक्रिया

तलेजुका मूलपुजारीको तलब ५० रुपैयाँ

तलेजुका मूलपुजारीको तलब ५० रुपैयाँ

भक्तपुर— सरकारले निजामति कर्मचारीको तलब २५ प्रतिशत बढाएको घोषणा बजेट वक्तव्यबाट गर्दा तलेजु मन्दिरका मूलपुजारीको दैनिक तलब सय रुपैयाँ पनि छैन भन्दा आश्चर्य लाग्न सक्छ । तर भक्तपुरस्थित तलेजु भवानी...

छिमेकी मारेर फरार

दोलखा— दक्षिणी मिर्गेका एक व्यक्तिले सामान्य झगडामा खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेका छन्। मिर्गे–५, चिलाउनेखर्कका ५५ वर्षीय अम्बरबहादुर तामाङले मंगलबार बिहान छिमेकी ६० वर्षका केशव दाहालको खुकुरी प्रहार गरी...

पारिवारिक बेमेलले हराउने क्रम तीव्र

झापा— पारिवारिक बेमेल, सानै उमेरमा धेरै पैसा कमाउने उत्कट चाहना, तस्करको प्रलोभन र पढाइमा सफलता हात नपर्दा घरै छाडेर बेपत्ता हुने क्रम झापामा तीव्र छ । हराउनेमा पाको उमेरका पुरुषको...

गैसस अाफूखुसी चले बन्देज लगाइने

गोरखा— भूकम्पपीडितलाई सहयोग गर्न भन्दै जिल्ला भित्रिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारी निकायसँग समन्वयबिना मनखुसी काम गरे जिल्ला छाड्नुपर्ने भएको छ। अटेरी गर्ने यस्ता संस्थालाई एक साताभित्र काममा रोग...

सूचीमा नपारिएपछि पीडित आक्रोशित

नुवाकोट— गेर्खु गाविसका ७० भन्दा बढी स्थानीय केही दिनअघि सदरमुकाम विदुरस्थित पुनर्निर्माण प्राधिकरण कार्यालय घेराउ गर्न पुगे । भूकम्पले घर भत्किए पनि आफूहरूलाई लाभग्राही सूचीमा नपारिएको उनीहरूको गुनासो छ।

भूकम्पपीडितका लागि सामूहिक आवास बनाउँदै सेना

काठमाडौं– नेपाली सेनाले भूकम्पपीडितका लागि अस्थायी सामूहिक आवास निर्माण सुरु गरेको छ। सेनाले भूकम्प प्रभावित गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र ओखलढुंगाका पीडितलाई बर्खाअघि नै...

यातायात व्यवसायीद्वारा दुर्घटनाका घाइते वा मृतकलाई दिनुपर्ने रकम घटाउन दवाब

काठमाडौं— सडक अनुशासनविरुद्ध अराजक माग राखेर देशव्यापी आन्दोलनमा उत्रेका यातायात व्यवसायीले दुर्घटनापछि घाइतेलाई तत्कालै उपलब्ध गराउनुपर्ने उपचार खर्च र मृतकका परिवारलाई दिनुपर्ने कृया खर्चलाई घटाएर न्यूनतम रकम कायम गर्न सरकारलाई...

प्रहरीले हवाई फायर गरेर पक्राउ गरेका विश्वकर्मा प्रहरी कार्यालयबाटै भागे

कञ्चनपुर—कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का मानव बेचबिखन मुद्दाका आरोपी वीरबहादुर सुनार मंगलबार प्रहरी नियन्त्रणबाट भागेका छन् ।