नवलपरासी, चैत ४- जिल्लाका विभिन्न गाउँ विकास समितिमा वर्डफ्लु भेटिएको पुष्टि भएको छ।मरेका हाँस, कुखुरा खोला र कुलोमा फालेका कारण रोग थप फैलन सक्ने आशङ्का गरिएको छ।
केही दिनअघि नवलपरासी जिल्लाको देउराली, द्यौवादी र तमसरीया गाविसमा एकपछि अर्कोगरी हाँस तथा कुखुरा मर्न थालेपछि परीक्षणका लागि बेलायत पठाएको थियो। परीक्षणको प्रतिवेदनमा बर्डफ्लुको पुष्टि भएको हो।
देउरालीको झ्यालवास, गुहेरी, बेलुवा, डिही, रुम्सीलगायतका ठाँउमा धमाधम कुखुरा र हाँस मरेका छन् भने छिमेकी गाविस द्यौवादी तमसरीयामा पनि पंक्षी मर्ने क्रम जारी छ।
प्रभावित क्षेत्रमा थप प्राविधिक टोली पठाउने नवलपरासीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिए। रासस
प्रतिक्रियाहरू (0)


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





