Thursday 6 Kartik, 2071 |
Menu

समाज

बहाराइनमा नेपाली युवाद्वारा आत्महत्या

  • आइतबार ९ भाद्र, २०७०
  • भानुभक्त निरौला
  • DISQUS_COMMENTS
(0 votes)

सोलुखुम्बु — वैदेशीक रोजगारका लागि बहाराइन पुगेका सोलुखुम्बुको मुक्ली ९ का २० वर्षे युवा देवराम राईले आत्महत्या गरेका छन्। अल्फा सिग्मा म्यानपावर धुम्बाराहीमार्फत् २५ दिन अघि उनी बहराइन पुगेका थिए।

आत्माहत्याको कारण खुल्न नसकेको उनका आफन्त दिनेश राईले बताए। मृतक राईको शवलाई नेपाल ल्याउने पहल भै रहेको आफन्त दिनेश राईले जानकारी दिए ।

'नेपाली भाषाका लागि देवकोटाको योगदान अतुलनीय'

काठमाडौं— राष्ट्रपति रामवरण यादवले नेपाली भाषा र साहित्यको विकासमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अतुलनीय योगदान रहेको बताएका छन्।

५९ वर्षीया श्रीमतीको हत्या

पाँचथर—पञ्चमी–१ गोपेटारका एक व्यक्तिले कुटपिट गरी आफ्नी श्रीमतीको आज हत्या गरेका छन्।

फेसबुकमा युवतीको नक्कली अकाउन्ट बनाएर अश्लिल फोटो राख्ने पक्राउ

काठमाडौं— सामाजिक सञ्जाल फेसबुकमा युवतीको नाउँमा नक्कली अकाउन्ट बनाएर चरित्र हत्या गर्न खोज्ने काठमाडौं जिल्ला रामकोट गाविस वडा नं १ का विकासराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरीले आफ्नै घर...

कुन कुन स्थानबाट निस्कँदैछ भिन्तुना र्‍याली?

काठमाडौं— नेपाल संवत ११३५ को उपलक्ष्यमा भिन्तुना मोटरसाइकल र्‍याली आयोजना हुने भएको छ । कात्तिक ७ गते स्थानीय युवाले उपत्यकाका तीनै जिल्लामा र्‍याली गर्न लागेका हुन्।

सरकारले सर्वसाधारणलाई भन्यो– घर सिँगार्नुस्

काठमाडौं— आगामी मंसिर दोस्रो साता हुन लागेको सार्क शिखर सम्मेलनलाई राजधानी सफा, सुन्दर र आकर्षक सहरको नमुना बनाउन सडक, सरकारी भवन, पुल लगायत संरचना सिँगारिरहेको सरकारले निजी घरधनीलाई समेत घर...

सिंहदरबार गेटमा नयाँ प्लास्टर

सिंहदरबार गेटमा नयाँ प्लास्टर

काठमाडौं— नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिमतर्फको मुख्य प्रवेशद्वारको मर्मतसम्भार गरिँदै। आसन्न १८ औं सार्क शिखर सम्मेलनलाई मध्यनजर गर्दै सिंहदरबारको मुख्य प्रवेशद्वारलाई आकर्षक र सुन्दर देखाउन मर्मत सुरु गरिएको हो।

भीमेश्वर मन्दिरका घन्ट र त्रिशुल कबाडीमा बेचिए

दोलखा— प्रसिद्ध दोलखा भीमेश्वरको मन्दिरमा भक्तजनले चढाएका वर्षौं पुराना घन्ट र त्रिशूल मन्दिर व्यवस्थापन समितिले नियमविपरीत कबाडीमा बेचेपछि समिति र स्थानीयबीच विवाद बढेको छ।

लुटपाट गर्ने पाँच जना पक्राउ

काठमाडौं– बटुवा लुटेको अभियोगमा प्रहरीले ५ जनालाई पक्रेको छ। प्रहरीले ऋषिराम कडेरिया, दिपेन्द्र तिमिल्सिना, रोजिन मार्पा र गोपाल मगरलाई पक्रेको हो। काठमाडौं महानगरपालिका–१ सोल्टिमोड बस्ने अजयकुमार शाहलाई उनीहरुले कुटपिट गरी...